आज(शुक्रबार)देखी सुरु भएको देशब्यापी घटना दर्ता सप्ताह कार्यक्रम अदानचुलीमा पनि सुरु भएको छ ।
आज राष्टिय परिचयपत्र तथा स्थानीय पञ्जीकरण शाखाले एक कार्यक्रमको आयोजना गरि कार्यक्रमको उद्धघाटन गरेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीको अध्यक्षतामा तथा गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यमा आज देखी सुरु भएको घटना दर्ता अभियान ७ दिन सम्म चल्ने भएको शाँखा प्रमुख अशोक भण्डारीले बताउनु भएको छ ।
६ वटा वडा भएको अदानचुली गाउँपालिकाका सबै वडाहरुमा उक्त कार्यक्रम गरी ७ गते समापन गर्ने भएको बताउनु भएको छ । दैनिक जसो वडा कार्यलयमा भैरहने जन्म,मृत्यु,बसाइ सराई देखी लिएर अन्य सामाजीक सुरक्षाका कामहरु बिषेश कारण छुटेकाहरुको यो अबधीमा गाउँमै गएर घटना दर्ता गर्नको लागि नेपाल सरकारले २०७६ सालदेखी हरेक बैशाख १ गते देखी ७ गते सम्म घटना दर्ता सप्ताहरु मनाउँदै आएको छ सो अबसरमा आयोजित कार्यक्रममा बोल्दै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीले राज्यमा नै क्रमचारीको समस्याले गर्दा त्यो मार अदानचुलीले पनि खेप्नु परेको बताउनु भयो ।
यसैगरी गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले हाम्रो गाउँपालिका कानुन अनुसार नचलेको जिकिर गर्नु भएको छ । हामीहरुनै कुशासन तिर गएकाले जनतालाई दोष दिन नमिल्ने भन्दै यहाँ आएका क्रमचारी र वडा अध्यक्षहरु शुसासनको प्रत्इाभुती दिलाउन आग्रह गर्नु भयो ।
६ नम्बर वडाका वडा अध्यक्ष विर्ष बुढाले घटना र्दामा जनप्रतिनिधि र क्रमचारी भन्दा जनता नै बैमानी भएको प्रतिकृया दिनु भएको छ उहाँका अनुसार नागरिता केरमेट गर्ने,दोहोरो नागरिता लिने लगायतका बैमानी काम गरी रहेको जिकिर गरे । वडा नम्बर २ का वडा अध्यक्ष नन्द महताराले भने यसलाई छुट्टै सप्ताह लगाउन आवश्यक नरहेको टिप्पोणी गर्नु भयो ।
सचिबहरु नयाँ आएको भए पनि सचिबहरु वडामा नखटीदा आफुहरुको काम नै स्पस्ट छैन,सचिब र कम्प्युटर अप्रेटरको काम समेत आफैले गर्नु पर्छ १ नम्बर वडाका वडा अध्यक्ष अके महताराको भनाइ छ ।
५ नम्बर वडाका वडा अध्यक्ष कमल छत्याल,३ नम्बरका वडा अध्यक्ष डिल बहादुर फडेराले पनि सबै भन्दा धेरै समस्या वडामा भएको प्रतिकृया दिदै नागरिकहरुले घरमा राखेको जन्म दर्ता खोज्न अल्क्षी मानेर १०,११ पटक नागरिता बनाउनु परेको बताउनु भएको छ । भने जातीय बिभेद,इन्टरनेटको समस्याले गर्दा धेरै बालबालीकाहरु छुट्नु परेको कार्यक्रममा बोल्ने बक्ताहरुको भनाइ रहेको छ ।