मंसिर १९ हुम्ला । सिमकोट गाउँपालिका भित्रका रहेका चारवटा स्वास्थ्यचौकी सहित गाउँपालिकाको स्वास्थ्य शाखाले १९ औँ सामुदायीक महिला स्वास्थ्य स्वयंमसेविका दिवस मनाएको छ ।
अन्य गाउँपालिकाहरु सुनसान जस्तै देखीएको अबस्थामा सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको आर्थिक सहयोग र अन्य चारवटा स्वास्थ्यचौकीको आयोजनामा १९ औँ सामुदायीक महिला स्वास्थ्य स्वयंमसेविका दिवस मनाइएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक नर भण्डारीले बताए ।
संयोकज भण्डारीका अनुसार उक्त दिवसको अवसर पार्दै विभिन्न स्वास्थ्यचौकीका कार्यालय आसपासमा सरसफाई समेत गरि उक्त दिवस मनाइएको हो । महिला सामुदायीक स्वास्थ्य स्वयमसेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवद्धनमा हाम्रो एक्य वद्धता भन्ने मुल नाराका साथ स्वाथ्यर्मीहरुले र्याली समेत निकालेका थिए । उक्त दिवसको अवसर पार्दै साविकको वडाहरुबाट १५ जना महिला स्वयम सेविकाहरुलाई उत्कृष्ट स्वयमसेविकाको रुपमा घोषणा गरिएको थियो ।
उत्कृष्ट घोषित हुनेमा डाँडाफया स्वास्थ्यचौकीमा भाग्यस्वरी कुमारी शाही, वविता शाही, लक्ष्मी शाही भएको डाँडाफया स्वास्थ्यचौकीका इन्चार्ज सन्तोष बोहराले बताउनु भएको छ । त्यस्तै स्याँडा स्वास्थ्यचौकीमा इसरा रावल, केशरी बुढा, जयसरा शाही, ठेहे स्वास्थ्यचौकीमा विनिता बोहरा, विमला भण्डारी, रितु भण्डारी रहेका छन् ।
त्यस्तै बरगाउँ स्वास्थ्यचौकीमा जुम्वा लामा, तेन्जिन डोल्मा लामा,च्यामा लामा र सिमकोट गाउँपालिका स्वास्थ्य शाखाबाट कुसुम लामा, उर्मिला बोहरा र दिलमायाँ सिंह उत्कृष्ट स्वयमसेविका रुपमा घोसित भएको स्वास्थ्य संयोजक भण्डारीको भनाई रहेको छ ।उहाँका अनुसार उत्कृष्ट घोसित भएकी १५ जना स्वयमसेविकाहरुलाई हौसला स्वरुप दुई÷दुई हजार रुपैयाँ पुरुषकार वितरण गरिनुका साथै प्रमाणपत्र समेत प्रदान गरिएको थियो । उक्त गाउँपालिकामा करीव ४५ जना महिला स्वास्थ्य संयमसेविका रहेको पाइएको छ ।