अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया सुधारले अहिलेको शिक्षा जिविकोपार्जनको लागि मात्र भएको बताउनु भएको छ । बिहिबार उपाध्यक्ष रोकायाले छत्रपाल आधारभुत बिद्यालयको बार्षिक उत्सब कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो ।
उनले भने “गएको शिक्षक सेवा आयोगमा हुम्ला जिल्लाबाट ३७ जनाको विज्ञापन भए पनि जिल्लामा जम्मा ७ जना उत्तीर्ण हुँनु बिडम्बना हो,डिग्री,ब्याच्लर पास गरेकाले पनि प्राथमिक बिद्यालयमा नाम निकाल्न नसक्नु भनेको बिडम्बना हो केही एक दुइ जना मात्र सफल हुँनु भनेको चामलमा बिया र बालुवामा सुन टिप्नु जस्तै हो ।”
दुनीय बुझ्ने र बदल्ने शिक्षा आवश्यक रहेको बताउँदै उपाध्यक्ष रोकायाले यसको पेचीलो बहस चलाउनु आवश्यक रहेको बताउनु भयो ।
गतवर्ष मात्रै अदानचुली गाउँपलिकाले उत्कृष्ट बिद्यालयको रुपमा घोषणा गरेको छत्रपाल आधारभुत बिद्यालयले आज २८ औ स्थापना दिबस मनाएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धनबहादुर बिष्टका अध्यक्षतामा तथा गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यमा बार्षिक उत्सब कार्यक्रम सम्पन्न गरिएको उक्त बिद्यालयका शिक्षक जमानसिंह परियारले जानकारी दिनु भएको छ । उहाँका अनुसार उत्तः कार्यक्रमको अवसर पारी बिद्यालयले गरेका अतिरिक्त कृयाकला सहित कक्षा बृद्धि भएका सम्पुर्ण बिद्यार्थीहरुलाइृ पुरस्कार बितरण गरीएको बताउनु भएको छ । बिद्यालयले यस शैक्षिक शत्रमा गरेका कृयाकलाप र आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै बिद्यालयका प्रधानाध्यापक परशुराम चौधरीले आफ्नो बिद्यालय घाटामा नरहेको र ३२ लाख रुपैया बैंक ब्यालेन्स रहेको बताउनु भयो ।
शुभकामना मन्तब्य दिनेक्रममा भुतपुर्व बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका स्थानीय देउले रोकायाले बिद्यालय कस्तो बनाउन्ने भन्ने कुरा अहिलेका जनप्रतिनिधिको रहेको बताए । बाहिर जनसमाजमा जुन लोकपृयता कमाएको छ त्यो लोकपृयता कायम राख्न नेकपा एमाले गाउँकमिटिका अध्यक्ष बुध भण्डारीले सुझाब भयो ।
शुभकामना मन्तब्य दिनेक्रममा २ नम्बरका वडा अध्यक्ष नन्द महतारा,३ नम्बरका वडा अध्यक्ष डिलबहादुर फडेरा शिक्षालाई अगाडिबढाउनको लागि हामी जनप्रतिनिधि मात्र नभएर सबै अबिभाबकको भुमिका महत्वपुर्ण रहेको बताउनु भएको छ । यस्तै सामाजीक बिकास शाँखाका संयोजक समेत रहेका ५ नम्बर वडाका वडा अध्यक्ष कमल छत्तयालले यस अघि उत्कृष्ट बिद्यालय छनौट गर्नेक्रममा मात्र कक्षा ८ को नतिजा मात्र हेरेकाले अब त्यस्तो नहुँने बताउदै बिभिन्न बिधा हेरेर उत्कृष्ट बिद्यालय घोषणा गरीने बताए ।
कार्यक्रममा बिशेष अतिथि समेत रहेका अदानचुली गाउँपलिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीले यती बेला अन्य ठाउँहरुमा लगानि गर्नु भन्दा शिक्षामा लगानि गर्न आग्रह गर्नु भयो ।
उक्त कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष बृखबहादुर बुढा,बिभिन्न राजनितिक दलका नेताहरु,शिक्षक,बिद्यार्थी र अबिभाबकहरुको समेत उपस्थिीती रहेको थियो ।
(फोटाहरु सहित)