अदानचुलीको श्रीनगर स्वास्थ्य चौकीमा ब्यबस्थापन समिति पुर्नगठन गरिएको छ ।
गत वैशख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित नयाँ नेतृत्वले एक वर्ष पश्चात स्वास्थ्य चौकीको व्यवस्थापन समिति पुर्नगठन गरेको हो । यस अघि ३ नम्बर वडा का पुर्व वडा अध्यक्ष दत्त विष्टको अध्यक्षतामा गठित ब्यबस्थापन समितिलाई खारेज गर्दै अहिलेका वडा अध्यक्ष डिलबहादुर फडेराको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको श्रीनगर स्वास्थ्य चौकी ईन्चार्ज रामशरण थापाले जानकारी दिनुभयो ।
स्थानीय स्वास्थ्य संस्था संचालन तथा ब्यबस्थापन निर्देशिका अनुसार समितिको संरक्षकमा गाउँपालिकाका अध्यक्ष रहने, स्वास्थ्य संस्था रहेको सम्बन्धीत वडाको अध्यक्ष समितिको अध्यक्ष रहने ब्यबस्था अनुसार नयाँ समिति गठन गरिएको स्वास्थ्य चौकीले जनाएको छ । समितिको उपाध्यक्षमा अध्यक्षले मनोनित गरेको ब्यक्ति रहने ब्यबस्था निर्देशिकाले गरेको छ ।
समितिको सदस्यमा स्वास्थ्य संस्था रहेको क्षेत्रको बिद्यालयको प्रमुख एक जना, स्थानीय ब्यापार संघको एक जना, संरक्षकबाट मनोनित स्थानीय लब्ध प्रतिष्ठीत स्वास्थ्य क्षेत्रको जानकार एक जना महिला सहित वडा कार्यालयको अधिकृत वा वडा सचिब गरी २ जना र स्वास्थ्य संस्थाको प्रमुख सदस्य सचिब रहने ब्यबस्था छ । तर बुधबार गठित समितमा संरक्षकको नाम राखीएको छैन ।
समितिको अध्यक्षमा वडा अध्यक्ष डिलबहादुर फडेरा, उपाध्यक्षमा सोही वडाकी वडा सदस्य किडी भण्डारी बुढा, स्वास्थ्य सँस्था रहेको क्षेत्रको बिद्यालयको प्रमुख एक जनामा छत्रपाल आधारभुत बिद्यालयकी शिक्षीका मञ्जु फडेरालाई मनोनित गरिएको छ ।
अन्य सदस्यमा भने वडा सचिब सञ्जा कुमारी थापा, बजार ब्याबसायीबाट बुद्धि महतारा, संरक्षकबाट मनोनित स्थानीय लब्ध प्रतिष्ठीत स्वास्थ्य क्षेत्रको जानकार सदस्यमा निर्मला बुढा र सदस्य सचिबमा स्वास्थ्य चौकी ईन्चार्ज रामशरण थापालाई राखीएको स्वास्थ्य चौकीले जनाएको छ ।