ती दिनहरु ज्यादै कठिन थिए । विं.सं. २०३० साल मंसिर ११ गते मोहनचन्द्र अधिकारी र म जेलको पनि महाजेल गोलघरमा हालियौं । काठमाडौं केन्द्रीय कारागारको गोलघर जेलको बिचमा छ । त्यहाँ ९ वटा स–साना कोठाहरु र एउटा फलामको पिँजडा छ । त्यो अरु बन्दीहरुबाट अलग्याएर एकान्तवासको सजाय दिने ठाउँ भएकाले प्रत्येक कोठामा त्यहाँ एक जनालाई मात्र थुनिन्छ ।
फलामका ठूला–ठूला चारपाटे डन्डाहरुले घेरिएको र भूईँ तथा छानो बाक्ला फलामका पाताहरु भएको त्यस पिँजडाको त आकार नै यति सानो हुन्छ कि एक जनाभन्दा बढी थुन्न सकिने हुँदैन । चौडाई डेड फिट जति, उचाइ र लम्बाई साढे तीन फिट जति भएको त्यो पिँजडामा थुनिनेले कहिल्यै पनि उँभिन र खुट्टा पसार्न पाउँदैनन् ।
हामी गोलघरमा हालिदाँ पूर्णबहादुर कुमाल पिँजडामा रहेछन् । उनी ज्यान मुद्धामा परेका र पागल भएर जेलमै दुइजना बन्दीहरुको हत्या गरेर पिँजडामा थुनिएका रहेछन् । जेलको नियम र प्रचलन अुनसार जेलभित्र कसैले ज्यान मारेमा गोलघरमा थुन्ने सजाय दिइन्छ र गोलघरमा बसेर कसैको ज्यान मारे उसलाई पिँजडावास सजाय दिइन्छ । जेलमा कुनै बन्दी पागल भयो भने उसलाई पनि अरु बन्दीहरुको सुरक्षार्थ गोलघरमा थुनिन्छ । जेलभित्र त्यहाँको हिसावले कुनै गम्भीर अपराध मानिन काम गरेमा पनि गोलघरमा थुनिने गरिदोँ रहेछ ।
तर मोहनचन्द्र अधिकारी र मलाई गोलघरमा हालेका बेला भने त्यहाँबाट सबै पागलहरुलाई बाहिर निकालेर हामी दुईजनाका लागि खाली गरिएको रहेछ ।
पहिले गोलघरमा म पुर्याइए । त्यस भन्दा अघि गोलघरको बारेमा नाम सुनिएको भए पनि, खासै जानकारी थिएन । मलाई भद्रगोल जेलबाट सेन्ट्रल जेल सार्ने भनी त्यहाँ ल्याइएको थियो । त्यहाँ आएपछि थाहा भयो । गोलघरमा हाल्न पो ल्याइएको रहेछ । मलाई त्यहाँ हुल्ने नायिके कामदारहरु कोही पनि मैले चिनेको मान्छेहरु हुने कुरै थिएन । र ती मध्ये कोही पनि मसँग मैत्रिपूर्ण देखिदैँनथे ।
तर मोहनचन्द्र अधिकारी र मलाई गोलघरमा हालेका बेला भने त्यहाँबाट सबै पागलहरुलाई बाहिर निकालेर हामी दुईजनाका लागि खाली गरिएको रहेछ । पहिले गोलघरमा म पुर्याइए । त्यस भन्दा अघि गोलघरको बारेमा नाम सुनिएको भए पनि, खासै जानकारी थिएन । मलाई भद्रगोल जेलबाट सेन्ट्रल जेल सार्ने भनी त्यहाँ ल्याइएको थियो । त्यहाँ आएपछि थाहा भयो
गोलघरमा पस्ने वित्तिकै म आश्चर्य चकित भएँ । त्यस्ता ठाउँमा र त्यसरी पनि मान्छे थुनिन्छन भन्ने मैले कल्पना पनि गरेको थिइन । सानो गोलघरको कुनामा खुला पाइखाना ढोकाबाट पस्ने वित्तिक्कै दुगन्र्धले बान्ता आउन खोज्यो । तर, अनिश्चित र लामो कालसम्मका लागि त्यहिँ बस्नु पर्ने थियो । पिँजडा र अरु कोठाहरुमा थुनिएका आठ जना पागलहरुले आ–आफ्नो पाराले मेरो स्वागत गरे । कसैले अश्लील गाली गरे । कसैले आफूले गरेको दिशाले झट्टी हाने । ढोका छेउकै कोठाका मिनराज पाण्डे जो विना मुद्धा पागल भएकाले परिवारको आग्रहमा सुरक्षार्थ भनी त्यहाँ थुनिएका थिए । उनले भने छुट्टै पाराले स्वागत गरे । उनी ठूलो आवाजमा कराए । ‘जोन्सन्स वार केनेडिज वार, कर्णाली आन्द्रेइ ग्रोमिक हो । थ्याङ्स भुट्टो यु ह्याव एलाउड थाई एयरलाइन्स टु कम टु अस भाया ढाका ।
कामदारी खुट्टो समात, पानी तता, यो एक मुठो घाँस हाल्ने ।’ उनले आफ्नै छेउमै राखेको रायको सागको मुठो उठाउँदै भने ‘मारचाँहि मै हान्छु ।’ बोकालाई यहाँ मार्न ल्याएको त हो नि । यति भन्दै उनी जोडले खिलखिलाएर हाँसे ।
एउटा भित्ताभरी दिशा पोतिएको भुँईभरी पनि दिशा छरिएको कोठा देखाएर मलाई त्यहाँ पस्न भनियो । कोठाको एउटा कुनामा खाल्टो रहेछ । त्यहि चर्पी रहेछ । त्यसबाट फोहोर निकालेर भूँईभरी छरिएको रहेछ । मैले के म यसै कोठामा बस्ने ? भनेर सोँधे । मलाई त्यहाँ पुर्याउने कामदारहरुले हो भने । मैले त्यस कोठमा बस्न अस्वीकार गर्दै भने ‘म यस कोठमा चाँहि पस्दिन र बस्दिन पनि । मान्छे थुन्ने ठाउँ कहिँ यस्तो हुन्छ ?’
उनीहरुले मलाई त्यहि कोठामा बस्न कर गरे तर, हात हालेर बल जफ्ती गरेनन् । मैले उनीहरुको हाकिम र मालिक जो छन् । तीनलाई म त्यस कोठमा बस्न नमानेको कुरा जानकारी गराउन भने । उनीहरु मध्ये दुई–तीन जना बाहिर गए । केहीबेर पछि एउटा ठूलो दलबलको नेतृत्व गर्दै एकजना पातलो तर सुकिलोमुकिलो मान्छे त्यहाँ आए । उनीहरुको सामुहिक नमस्कार सम्वोधनबाट थाहा पाएँ । ती मानिस जेलका भाई चौकिदार रहेछन् । उनले बढो ठाँटले के–हो ? के–भयो ? भन्दै जानकारी लिन खोजेको भान पथ्र्यो । उनका कामदारहरुले वृतान्त बताए । उनले अलिक निर्णायत्मक स्वरमा भने– ‘हेर्नुहोस् तपाईँलाई गोलघरमा राख्नु भन्ने आदेश छ । हामी त्यति जान्दछौँ । गोलघर यहि हो । अनि तपाईँ यहाँ नबसेर कहाँ बस्नुहुन्छ ?’ मैले जवाफ दिएँ । ‘मान्छे थुन्ने ठाउँ पनि यस्तो हुन्छ । यस कोठमा म बस्दिन ।’ उनले केहीबेर गलफ्ती गरेर अरु कोठाहरु हेरेर भने– ‘ल उहाँलाई यस कोठमा राखिदिनु । यो कोठाकालाई त्यसमा सारिदेउ ।’
त्यसपछि उनी सरासर बाहिरिए । मैले उनले भनेको कोठा हेरेँ । त्यो अलिक कम फोहोर रहेछ । र सार्वजनिक चर्पी भन्दा दुई कोठ पर्तिर पनि । आखिर उनीहरुले मलाई त्यहाँ राख्छन नै म स्पष्ट थिएँ । त्यसपछि म आफ्नो कपडाको सानो कुटुरो काखीमा च्यापेर त्यस कोठामा पसेँ । मलाई थुन्न गएको त्यो फलामे डण्डीहरुले बनेको ढोकामा साँचो ठोकेर बाहिर गयो ।
आखिर उनीहरुले मलाई त्यहाँ राख्छन नै म स्पष्ट थिएँ । त्यसपछि म आफ्नो कपडाको सानो कुटुरो काखीमा च्यापेर त्यस कोठामा पसेँ । मलाई थुन्न गएको त्यो फलामे डण्डीहरुले बनेको ढोकामा साँचो ठोकेर बाहिर गयो ।
त्यो एउटा छुट्टै संसार थियो । पागलहरु आफ्नै तरंगमा डुवेका हुन्थे । कोही हाँस्थे, कोही रुन्थे, कोही भुतभुताउँथे भने कोही चर्को आवजमा कराउँथे, चिच्याउँथे । कहिले कोही रुदैँरुदै हाँस्थे भने कहिले हाँस्दैहाँस्दै रुन्थे । १० जना मध्ये दुई जनलाई मोहनचन्द्र र मेरो लागि ठाउँ खाली गर्न बाहिर जेलमा निकालेपछि बाँकी रहेका ८ जना पागलहरु मध्ये ज्ञानेश्वरका मिनराज पाण्डे, काभ्रेका केदार उप्रेती र ज्यान मुद्धामा धेरै वर्ष सजाय भोगिसकेका भोजपुरका विरबहादुर कुमालको पागलपन अलिक बेग्लै प्रकारको थियो र उनीहरु फोहोर खेलाउनेसम्मको स्थितिमा भने थिएनन् ।
हाम्रो लागि कोठा ठिक गर्न बाहिर निकालिएका पागलहरुको स्थिति पनि ती तीन जनाको जस्तै रहेछ । तर, हामीलाई थप दुःख दिनका लागि पनि उनीहरु बसेका कोठाहरु नदिएर अवस्था ज्यादै विग्रिएको पागलहरुलाई ती कोठाहरुमा सारेर हाम्रा निम्ति फोहोर कोठाहरु तयार पारिएका रहेछन् । म बन्द कोठाको एउटा कुनामा कपडाको कुटुरो राखी फलामे डण्डीको बार समाउँदै उभिँए । अन्यमनस्क भावले गोलघरको आँगन र सामुन्ने कोठाका पागल थुनुवा र कैदीहरुलाई हेरिरहेको थिएँ । त्यसैबेला गोलघरको बाहिरी ढोका फेरि खुल्यो र एउटा हुल भित्र पस्यो । त्यस हुलले मोहनचन्द्रलाई लिएर आएको रहेछ ।
गोलघरका पागलहरुमा फेरि अघि जस्तै नयाँ तरंग आयो । उनीहरु आ–आफ्नो पारामा कोही कराए तर पहिलेको भन्दा कम । मिनराज पाण्डे भने उत्तिकै उत्साहका साथ उत्तिकै उच्चो स्वरले कराए । ‘जोन्सन्स वार केनेडिज वार’ पागलहरुको कोलाहल र मिनराज पाण्डेको ‘बोकालाई यहाँ काट्न ल्याएको’ जस्ता कुराले मोहनचन्द्रलाई मनोवैज्ञानिक असर पर्यो । उहाँले मलाई देख्नु भएको थिएन । उहाँले गोलघरको कोठातर्फ हेर्न भ्याउनु भएकै थिएन । मैले उहाँलाई बोलाएँ र पागलहरुका कुरातर्फ ध्यान नदिन भने ।
उहाँले गोलघरको प्रवेश पस्ने वित्तिकै दाहिनेतर्फको अर्थात पूर्व लाइनको सबैभन्दा दक्षिणतर्फको कुनाको कोठामा थनेर उनीहरु बाहिरिए । पश्चिम लाइनको सबै भन्दा दक्षिणमा सार्वजनिक खुला चर्पी थियो र त्यो मोहनचन्द्रलाई थुनेको कोठाको सामुन्नेमा पर्थो । मोहनचन्द्रलाई थुनेको कोठा गोलघरभरीमा सबै भन्दा चिसो अध्यारो र साँगुरो थियो । हरेक कोठाका पल्लाछेउमा अलिक कुनातिर पाइखानाका लागि खाल्डा थिए । ती खाल्डाहरुको निकास गोलघरको बिचको सानु आँगनको बिचमा रहेको सेफ्टी ट्याङकीसम्म थियो । सेफ्टी ट्याङ्कीका ढकनीहरु राम्ररी बन्द नगरिएकाले पनि थप दुर्गन्धित आइरहन्थ्यो ।
गोलघर पस्ने बाहिरी ढोका र भित्रि ढोकाको बिचमा त्यसैदिनबाट पाले पहरा राख्ने आदेश भएको रहेछ । त्यसकारण सुुत्न–बस्नका लागि खाट जस्तो टाँड बनाउने कार्यमा कामदारहरु जुटे । प्रवेशद्वारको भित्रपट्टीका ढोकामा साँचो लगाएको थियो र बाहिरी ढोका खुला राखेर उनीहरु काम गर्दै थिए । मोहनचन्द्र र म आपसमा कुरा गर्न थाल्यौँ । पागलहरुले गाली पनि गर्दै थिए । खास गरी उनीहरुका हुलमा हामी दुइ जना सद्दे भएकोमा उनीहरुलाई इष्र्या पनि थियो ।
नाइके कामदारहरुले उनीहरुलाई तँ, तिमी भन्थे । तर, हामीहरुलाई उनीहरुले तपाईँ भनेकोबाट पागलहरु मध्ये धेरैले हामी उनीहरुको कोटीमा पर्दैनौँ भन्ने राम्ररी अनुमान गरेका थिए । पागलहरु मध्ये काभ्रेका केदार उप्रती जो गोविन्दनाथ उप्रेती भाइ हुन् । उनी अर्धपागल वा सिल्ली अवस्थामा थिए । विरबहादुर कुमाल पनि त्यस्तै अवस्थामा थिए । मोहनचन्द्र, मिनराज, विरबहादुर, केदार र अर्को एक जना पूर्वपट्टीको लाइनमा मेरो कोठाको अगाडितिर पर्थे ।
पागलहरु मध्ये काभ्रेका केदार उप्रती जो गोविन्दनाथ उप्रेती भाइ हुन् । उनी अर्धपागल वा सिल्ली अवस्थामा थिए । विरबहादुर कुमाल पनि त्यस्तै अवस्थामा थिए । मोहनचन्द्र, मिनराज, विरबहादुर, केदार र अर्को एक जना पूर्वपट्टीको लाइनमा मेरो कोठाको अगाडितिर पर्थे ।
अहिले नाम विर्सिएका एक जना पागल बिचको कोठमा बस्थे । उनको हालत पनि राम्रो थिएन । उनी होसमा थिएन । उनी अक्सर जोडले कराउँथे । अपरान्ह्तिर हामी दुबैजनाको ढोका खोल्न कामदारहरु आए । हामीलाई कोठाबाट निकालेर गोलघरको प्रवेद्वारको भित्री ढोकासम्म ल्याए । बाहिरी ढोकाबाट बाहिर पट्टी त्यसबेला त्यसै जेलमा थुनमा रहेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई, बोधराज उपाध्ययलगायतका केही मित्रहरु भेट्न आउनु भएको रहेछ । दुई–तीन मिनेटमै टाढैबाट देखादेख भयो । उनीहरुले सहानुभूति प्रकट गरी केही अप्ठा्यारो परे आफूहरलई खवर पठाउन आग्रह गर्नुभयो ।
केहीबेरपछि कामदारहरुले बाबुकाजी बासुकलाजीहरुको मेसबाट हामीलाई खाना आउने जानकारी गराए । केहीबेरपछि नै हाम्रो ढोका फेरि खोलिए । उही पाराले वल्लो ढोकापारी र पल्लोढोकापारी भएर हामीले गंगालाल श्रेष्ठ (लाल कम्युनिष्ट) काठमाडौं, बाबुकाजी, बासुकला भक्तपुर र अरु दुइतीन जना साथीहरुसँग देखभेट गर्यौ । उहाँहरुले हाम्रो लागि खानाको व्यवस्था आफूहरुले गर्ने र अन्य आवश्यक सहयोग पनि सकेसम्म पुर्याउने बताउनुभयो । देखभेट भएको दुइचार मिनेटमै सकियो। मोहनचन्द्र र म २०३० असोज २३ गते रौतहट जिल्लामा पक्राउ परेका थियौँ । पक्राउ पर्दा उहाँले खागी पाइन्ट, सट, चप्पल लगाउनु भएको थियो भने मैले पातलो पाइन्ट, सट र एकजोर पुरानो चप्पल लगाएको थिएँ । हाम्रो साथमा भएका झोला एकएक वटा लुङ्गी, एकएक जोर भित्रि कपडा केही कागजपत्र कलम, रौतहटका तत्कालिन प्रजिअ चन्द्रिकानन्द खरेलले गिरफ्तारको दुइ दिनपछि नै खोसिसकेका थिए ।
मंसिर ३ गतेसम्म रौटहटको प्रहरी हिरासतमा हामीलाई निर्मम यातना साथ चिसो भुँईमा थुनेको बेला मसँग भएको २० रुपैयाँ खर्च भैसकेको थियो । मंसिर ४ गते विरगञ्ज जेलमा हालेर ८ गते काठमाडौं सरुवा गरेपछि मोहनचन्द्रलाई सेन्ट्रल जेलमा र मलाई भद्रगोल जेलमा थुनिएको थियो । मंसिर ८ गते बेलुका म भद्रगोल जेलमा त्यहाँको आन्तरिक चौकि छेउको कोठमा दुइ जनान कामदारको कडा पहरा भित्र तोकिएको खाली भुँइमा बसे ।
मलाई एउटा सुकुल दिने सम्वन्धमा बन्दीहरुका बिचमा चर्चा चल्यो । कामदारहररुले सुकुल दिन हुने भए सरकारकारले दिन्थ्यो । यस्ता मान्छेलाई सुकुल दिएर झमेला नउठाउँ भनेर बन्दीहरुलाई तर्साए । तै पनि कपडा पनि छैन खाली भुँईमा कसरी रात काट्ने ? जेसुकै होस म त यो एउटा सकुल दिन्छु भनेर एकजना बन्दीले एउटा सुकुल मलाई दिए । बन्दीहरुमा म को हुँ ? कहाँबाट र किन ? के मुद्धामा यसरी लुगाफाटो विना ल्याइए र दुई जना कामदारका साथमा कसैसँग बोलचाल गर्न नदिन खटाइए भन्ने जस्ता जिज्ञासाहरु बन्दीहरुका आपसी कुराहरुबाट बुझिन्थ्यो । उनीहरु मसँग बोल्न नपाए पनि मैले आफ्नो बारेमा संक्षेपमा उनीहरुलाई बताएँ ।
मेरा खुट्टामा नेल ठोकिएका थिए र हातमा हतकडी । त्यसैबेला सेन्ट्रल जेलमा बाबुकाजी बासुकलाहरुले मलाई भद्रगोलमा राखिएको र मसँग कोही पनि नभएको थाहा पाएर एकएक ओटा ओड्ने ओछ्याउने भित्री कपडा, रात्री पहिरन दाँत माझ्ने ब्रस मञ्जन, लुगाधुने सावुन पठाई दिनु भएछ । त्यो मैले पाएँ । त्यसपछि म सुकुलमाथि ओछ्यान लगाएर नेल हतकडी बजाउँदै भए पनि आरामले सिरक ओढेर बसेँ ।
मेरा खुट्टामा नेल ठोकिएका थिए र हातमा हतकडी । त्यसैबेला सेन्ट्रल जेलमा बाबुकाजी बासुकलाहरुले मलाई भद्रगोलमा राखिएको र मसँग कोही पनि नभएको थाहा पाएर एकएक ओटा ओड्ने ओछ्याउने भित्री कपडा, रात्री पहिरन दाँत माझ्ने ब्रस मञ्जन, लुगाधुने सावुन पठाई दिनु भएछ । त्यो मैले पाएँ । त्यसपछि म सुकुलमाथि ओछ्यान लगाएर नेल हतकडी बजाउँदै भए पनि आरामले सिरक ओढेर बसेँ ।
खाना चौकिदारको भान्साबाट पठाइयो । मैले ११ गते गोलघर पस्दा बोकेर गएको कपडाको कुटुरो बाबुकाजी बासुकलाहरुले दिनुभएको त्यहि कपडाको कुटुरो थियो । त्यो दिन त्यसै वित्यो । साँझ पर्नु भन्दा पहिले गोलघरका ढोकाहरु बन्द गरिने हुँनाले साँढे ४ बजेतिर खाना खायौँ । पक्राउ परे यता मंसिर ४ गते बाटै हामीले भात खान पाउन थालेका थियौँ । तर, मंसिर ११ गते साँझ बाबुकाजी बाुकलाका भान्साको भात साह्रै स्वादिष्ट र स्नेह साथ पठाइएको बुझिने खालको थियो । लामो समयसम्म बेस्सरी कुटाइ खाएको र खाना खान नपाएकाले गर्दा हाम्रो भोक खुवै जागेको थियो ।
मेरी टेलरले लेखेको भारतीय कारागारहरुमा पाँच वर्ष नामक स्मरण पुुस्तिकाको एउटा मात्र धतिङ्गना जस्तै हामी पनि अघाएको थाहा नपाउने अवस्थामा पुगेका थियौँ । हुन त प्रहरी हिरासतको लामो यातना पार गरेर जेल पुगेका जोसुकैले पनि अरुको भन्दा दोब्बर खान मन गर्छ र सक्छ । हामीलाई पनि त्यस्तै भयो । उहाँहरुले मिठो मसिनु र स्वादिष्ट भोजन पठाउनु भयो । हामीलाई भने मिठोको भन्दा मात्राको मतलब थियो ।
खना आधा पेट भयो चौथाइ पेट भयो भन्न सकिदैनथ्यो । तर, त्यहाँको वातावरण दुर्गन्ध एकान्तवास आदिले हाम्रो क्षुधालाई केही नियन्त्रण पनि गर्थो । तर पनि जीन्दगी त्यहि र त्यसरी नै विताउनु पर्ने बाध्यताले हामीलाई जीवन त्यति कठिन र बोझिलो अनुभव हुँदैनथ्ष्यो । रातभरी पागलहरुले कहिले सामूहिक त कहिले एकल कहिले पालैपालो त कहिले एकैचोटी हल्ला गरेर झिमिक्क हुन दिएनन् । त्यहाँ जीन्दगीभरी सुनेजति शब्द र जाने जति बिषयमा बोल्न बन्देज थिएन । मोहनचन्द्र र म बाहेक अरु कोही बन्देज बुझ्ने, सन्ने र थाहा पाउने स्थितिमा पनि थिएनन् ।
भेलिपल्टबाट हामीेले केही सुधारका काम थाल्यौँ । हामीसँग कागज कलम थिएन । हामीले मौखिकरुपमा खुला चर्पी बन्द गर्नुपर्ने, सेफ्टी ट्याङकी विर्को मिलाएर लगाउनु पर्ने ं, दिनमा दुई पटक बढारेर फिनेल छकिएनु पर्ने, थोत्रो कुवा जत्रो खल्डोलाई सफा र मर्मत गरेर पानी सञ्चित गर्नुपर्ने त्यो नभएसम्मका लागि ड्रम राखेर सफाईका लागि पानी उपलब्ध गराउनु पर्ने, थुनुवा कोठामा माटाका घैँटा वा सुरही राखेर पानी पिउन दिनुपर्ने आदि माग अघि सार्यौ । केहीबेरपछि चौकीदार आएर हामीसँग भेटेर हाम्रो कुरा सुने ।
तत्कालै सुधारका कामहरु थालनी नगरे अनशन सुरु गर्ने कुरा हामीले बतायौँ । उनी फर्के । केहीबेर पछि हामीले सुझाएका काम हुन थाल्यो । खुला चर्पी बन्द गरियो र त्यो ठाउँ सफा गरियो । सेफ्टी ट्याङ्कीका ढकनहरु मिलाएर बन्द गरिए । चुना र फिनेल छर्कियो । हरेक कोठाका कुनाका खाल्टाहरुमा पानी हालेर सफा गरियो । एउटा ड्रम ल्याएर त्यसमा पानी भर्न सुरु गरियो । त्यस प्रयोजनका लागि स–साना बाल्टी ल्याइयो र तिनलाई कामदारहरुको नियन्त्रणमा राख्ने गरियो । गोलघरको फोहोर र दुर्गन्ध ९० प्रतिशत घट्यो । केहीपछि कुनाको कुवालाई पनि सिमेन्ट लगाएर पानी राख्न योग्य बनाइयो ।
गोलघरको उत्तर भागमा अर्को एउटा फलामे डण्डीहरुको ढोका छ । त्यो ढोकाभित्र एउटा अध्याँरो कोठा छ । र त्यस कोठामा पुराना राणाकालिन फलामका साना–ठूला गोलाहरु फलामका विभिन्न तौलका गलबन्धीहरु प्रयोगमा नआएका नेल र हतकडीहरु केही पुराना नेल ठोक्ने घनहरु र अरु केही काम नलाग्ने सामानहरु थुपारिएका छन् । कालकोठरी पस्ने ढोकाको छेउमा पूर्वपट्टी पिँजडा राखिएको छ । जहाँ पूर्णबहादुर कुमाल कोचिएका छन् ।
सुग्गर–सफाइबाट गोलघरको दुर्गन्ध घटाउन सकिए पनि हटाउन भने सकिएन । पागलहरु मध्ये कतिको सफाइ चेतना नभएको मात्रै होइन । भोजन र फोहोरमा भेद गर्न नसक्ने स्थितिले पनि गोलघरलाई दुर्गनिधत बनाइ रहन्थ्यो । गोलघर र कालकोठरीको उपद्रयाहा मुसाका गिरोहहरुको बदमासीले गोलघरका हरेक कोठालाई फोहोर बनाउँथ्यो । गोलघरका मुसाहरुले रातपरेपछि मान्छेलाई पनि गन्दैनथे । राती कपाल तान्नु, कान टोक्नु र खुट्टाका नङ वा औँला टोक्नु, कपडा काट्नु र कोठैपिच्छेका पाइखानाहरुका खाल्डा र नालीहरुबाट फोहोर निकालेर सिरक–डस्ना र कोठाभरी छर्नु त्यहाँका मुसाहरुको दैनिकी क्रियाकलाप नै थियो ।
हुन त त्यहाँका मुसाहरुले दुःख मात्रै दिने होइन थुनिएकाहरुलाई मनोरञ्जन पनि दिने गर्छन् । त्यहाँ प्रायः मुसाहरुको पूर्व लाइनको गिरोह र पश्चिम लाइनको गिरोहबिच ठूलो ग्याङफाइट चल्ने गर्छ । लडाईँको कारण त थाहा पाउन सकिँदैन । तर, उनीहरुको गिरोह भिडन्त भने डरलाग्दो हुन्छ । गोलघरका मुसाहरु सप्रिएका लामा र ठूला खालका छन् । संख्यामा सयौँ छ । च्याँच्याँ चुँचुँ र टोकाइको ठूलो हल्लाखल्ला साथ लडाईँ सुरु हुन्छ । साना बञ्चाहरु लडाईँमा देखा पर्दैनन ।
गोलघरका मुसाहरु सप्रिएका लामा र ठूला खालका छन् । संख्यामा सयौँ छ । च्याँच्याँ चुँचुँ र टोकाइको ठूलो हल्लाखल्ला साथ लडाईँ सुरु हुन्छ । साना बञ्चाहरु लडाईँमा देखा पर्दैनन ।
अलिक ठूलाहरु गिरोहमा सामेल भएर भाग्न अनुकुल ठाउँमा बसेर कहिलेकाँही दौडिएर गएर अर्को पट्टीकोलाई टोकेर वा तर्साएर फर्किने र आम रुपमा हल्ला एवं दौडधुपबाट लडाईँलाई उर्जायुक्त बनाउँछन भने छिपिएकाहरु र खासगरी जवान लडाकुहरु अघि बढेर एकआपसमा भिड्दछन् । टोकाटोक हुन्छ । मानिसले कुस्ती खेले झैँ उभिँएर पनि लडाईँ गर्छन । कहिलेकाँहि उभिँएर अर्को पक्षको स्थितिको निगरानी पनि गर्छन । कहिलेकाँही लडाईँ भइरहेको बेला जवानहरु भिडिरहेको बेला एकतर्फबाट धुरिएर जाइलाग्दा अर्कोतर्फबाट भागाभाग मच्चिन्छ । यस्तो बेलामा दोहोरो कोकोहोलो मच्चिन्छ । घण्टौँ लडाईँ चल्छ र अन्त्यमा एउटा बलियो मुसाले अर्कोलाई समातेर मारेपछि सबै थर्कमान हुन्छन् । युद्धको अन्त्य हुन्छ । विजयी मुसाले पराजित मुसालाई काटेर मुटु–कलेजो खान्छ र दुइचार दिनको नियमित मुसायुद्ध समाप्त हुन्छ ।
पढ्न, लेख्न नदिए कसैसँग भेट्न नदिए कुनै समाचार सुन्न नदिए गोलघर जस्तो एकान्तबासमा थुनिएको बेला केही दिन विराएर हुने यो मुसायुद्ध मनोरञ्जन किन नहोस ?
म पेटको अल्सरको विरामी थिएँ । गोरघर परेको तीनचार दिनपछि म जेलको क्लीनिकमा स्वास्थ्य परिक्षणका लागि लगिएँ । त्यसका लागि निकै जोड गर्नु परेको थियो । स्वास्थ्य परीक्षणपछि फर्किदा जेल भित्र मैले एउटा पेन्सिलको टुक्रा फेला पारेँ र त्यसलाई टिपेँ ।
मेरो साथमा हुने कामदारले केही पनि भनेनन् । मैले त्यो टुक्रा साथमै लिएर आएँ । गोलघर पस्ने बेलामा ढोका बाहिर केही पर एउटा गोल्डफ्लेक चुरोटको खाली बट्टा फालेको पाएँ । त्यसबेला जेलमा त्यो चुरोट प्रचलित थियो र मैले त्यो पनि उठाएँ । वरीपरी हेर्ने बन्दीहरुले उदेक माने । कतिपयले त गोलघरबाट बाहिर आएको पागल होला । चुरोटको खाली बट्टा टिप्छ भन्ने पनि ठाने होलान । तर, मलाई कागजको न्यास्रा्े लागेको थियो ।
मैले भित्र गएपछि सिमेन्टमा घोटेर त्यो पेन्सिलको टुप्पो केही धारिलो बनाए र त्यो गोल्डफ्लेकको १० खिल्लीको बट्टाको सानो खोलमा एउटा ससानो कविता लेखेँ । त्यो सानो कविता मोहनचन्द्र र त्यहाँको कामदारहरुलाई बोलाएर सुनाएँ । कामदारहरुलाई मैले लेखेको कविता मन पर्यो । त्यसपछि उसले गोलफ्लेकको खोलहरु ल्याइदिने गर्यो र मैले पनि कविता लेख्ने गरेँ । उस्ले डरका कारणले कागज दिने आँट गर्दैनथ्यो । तर, पनि पेन्सिल छउन्जेल उसले गोल्डफ्लेकका खोलहरु ल्याइ दिने गर्यो र मेरो कविता लेख्ने क्रम पनि अघि बढ्यो ।
चुरोटका खोल चाहिए जति पाउने भने अवस्था थिएन । फारु गरेर विचार फुरेको कुरामा भन्नुपर्ने कुराहरु खाँदिएर खोलमा अट्ने गरी विभिन्न प्रकारका कविताहरु ल्ेख्नु पर्थो । प्राय जेलका मानिसहरु छन्दबद्ध कविता मन पराउँछन् । मैले पनि त्यसरी नै कतिपय कविताहरु छन्दमा लेखेँ । पछिपछि चुरोटका खोलहरु चाहिए जति प्राप्त गर्न सक्ने भएपछि भने गद्य कविता र लामा कविताहरु लेख्न थालेँ । त्यसो त म जेल पर्नु अघि पनि कविताहरु लेख्थेँ । तर, अनेक हिसावले जेलको लेखाई विशेष महत्व हुन्थ्यो । गोलघरमा विभिन्न किसिमका भोगाई र अनुभूतिहरु थिए । स्रोता थिएनन् र खोजिएकाहरु कमै बुझ्ने स्तरका थिए । समय विताउन सजिलो थिएन ।
लेख्ने कलम कागजको प्राप्ति अनौठो थियो । यी सबै कारणले त्यस बेलाको लेखाई मेरो लागि अनौठो अनुभूति र महत्वपूर्ण थियो । हामीले लेख्ने पढ्ने र कलम कागज राख्ने अनुमति थिएन । चुरोटको खोलमा पेन्सिलले लेख्दै सुनाउँदै जाँदा मेरा कविता प्रचारित हुँदै गए र डेढ दुई महिनापछि मैले कहिलेकाँही फुलस्केपकगज कामदारहरुबाट प्राप्त गर्न थालेँ । पेन्सिलको टुक्रा पनि पाएँ ।
कामदारले ल्याइदिएको कागजमा जीवनसँग सम्वन्धित उसमाथि गरिएको ज्यादति र उसलाई परेको पीरमार्काका सम्वन्धमा नै लयात्मक कविता लेखिदिएपछि उस्ले मलाई थप फुलस्केप कागजहरु ल्याइ दिने गर्थाृे । त्यसबेलाका सुरुसुरुका कविताहरु कामदारहरुले नै सन्थे । विशेष यातना दिने ठाउँ भएकोले गोलघरमा लेखाई पढाइको अनुमति दिइदैनथ्यो । त्यसमाथि आत्महत्याको डरले हतियारको प्रयोग हुने संभावना भएका कुनै पनि सामान गोलघरमा राख्ने अनुमति दिइदैन ।
पागलहरु बहेक हामी दुई जना लाई घैँटो वा सुरही राख्न दिने तर आफैँले किन्नुपर्ने भनी राख्ने अनुमति प्रदान भएको थियो । त्यो सुरही किन्न हामीसँग पैसा थिएन । हामीले अरु वामपन्थी राजबन्दीहरुसँग अनुरोध गरी दुई वटा सुरहीको बन्दोबस्त गराएका थियौँ । कलम नदिनका कारणहरु मध्ये दुःख दिने नियत र आत्महत्याको औजार बन्न नसकोस भन्ने दुबै हुनेगर्छ । तर, पनि मैले पेन्सिल पाउने गरेकाले लेख्ने का मभने अघि बढ्दै गयो ।
हामी गोलघरतिर हालिनु पूर्व गोलघरमा थुनिएकाहरुलाई कुटपिट गरिदोँ रहेछ । हामी त्यहाँ गएपछि पागलहरुलाई विभिन्न बाहनामा पिट्ने चलनलाई रोक लगायौँ । पागलहरु नचाहिँदो र गर्नै नहुने व्यवहार त गर्छन नै त्यसकारण त उनीहरु पागल हुन । तर, सद्देहरुले पनि रिसाउने आक्रोश र उत्तेजनामा आइ पागलहरुलाई निर्मम यातना दिने काम उचित हुन सक्दैन । पागलहरु किसिमकिसिमका हुन्छन र तीनिहरुको विभिन्न पारा तरिका र आफ्नै प्रकारको हिसाव किताव पनि हुने गर्छ । पागलहरुको साथमा बस्नु र समय विताउनु पर्ने भएपछि उनीहरुको मनोविज्ञान बुझ्नु र तद्अनुरुपकै व्यवहार उनीहरुसँग गर्नु पनि आवश्यक पर्थो । मैले पनि त्यसमा ध्यान दिएर उनीहरुसँग व्यवहार गरेँ ।
पागलहरु विभिन्न कारणले पागल भएका हुन्छन् । ती कारण वा पृष्ठभूमि अनुरुप नै आफ्ना संकेत र सांकेतिक भाषा र अर्थ बनाउँछन् । कसैले एउटा अर्को कुरा गर्दा एउटा पागलले आफूलाई मार्छु भनेको कुट्छु भनेको आफूलाई दागा धरेको वा आफ्नो हितमा बोलेको ठान्न सक्छ । पागलहरुमा प्राय अरुको श्रेष्ठताप्रतिको इष्र्या हुन्छ र अर्धपागलहरु यस्तोमा मनोवैज्ञानिक आक्रमणहरु पनि गर्दछन् । पागल अनेक तरंगका संसारमा हुन्छन् । पागल भएकाले मौका मिले खतरनाक पनि हुन सक्दछन् । मौका नमिले नराम्ररी मानुिसक यातनाको सिलसिला पनि सुरु हुन सक्दछ र सद्देलाई पनि कहिलेकाँहि लाग्छ म सद्दे नै छु ।
पागलहरुमा प्राय अरुको श्रेष्ठताप्रतिको इष्र्या हुन्छ र अर्धपागलहरु यस्तोमा मनोवैज्ञानिक आक्रमणहरु पनि गर्दछन् । पागल अनेक तरंगका संसारमा हुन्छन्
मोहनचन्द्रले यो सिलसिला थाम्न सक्नु भएन । केदारका र उनका जस्तै कुराहरुले उहाँलाई पनि तरंगित गरायो । गोलघर परेको केही दिन भित्र म झन गम्भीर त्रासदीपूर्ण स्थितिमा पुँगे । म पनि सद्दे नै रहन त सकुँला । एउटा प्रश्न भित्रभित्रै उब्जियो । साथीलाई बर्वाद हुनबाट कसरी जोगाउने ? अर्काे समस्या ।
न कसैलाई भेट्न पाइन्छ । न कुनै खवर वा चिठीपत्र नै पठाउन पाइन्छ । जेलको मुख्य डाक्टर पेशाले डाक्टर भए पनि व्यवहार डाक्टरको जस्तो विल्कुल थिएन । जेलका प्रमुख डाक्टर अच्युतबहादुर श्रेष्ठ प्रहरी सर्जन थिए । उनमा उपकार भाव र मानवता थियो भने पनि अत्यन्त न्युन थियो । हामी गोलघर परेको दुइचार दिनमै अर्को एक युवा गोलघरमा ल्याइए ।
गिरफ्तार भएपछि प्रहरीले उनलाई यति निर्मम यातना दिएको रहेछ कि ? उनी हिँडडुल गर्न, बोल्न र देख्न पनि नसक्ने गरी वेहोस अवस्थामा रहेका थिए । उनको त्यहि अवस्था लुकाउन पुलिसले जेलरसँग मिलेर उनलाई गोलघरमा राख्ने व्यवस्था मिलाएका रहेछ । एउटा पागललाई गोलघरबाट निकालेर त्यो वेहोस युवकलाई गोलघरमा हालियो । उनलाई गोलघरमा राख्नु पर्ने कारणमा पुलिसको वदमासी लुकाउनु बाहेका अर्को केही थिएन । भोलिपल्ट त्यस युवकलाई अच्युतबहादुर श्रेष्ठले परीक्षणका लागि झिकाए र ठग हो । थाहा नपाए झैँ गर्छ भनेर हातखुट्टाका विभिन्न ठाउँमा त लाइटरले पोले नै । अझ ठग हो आँखा नदेखेको भान पार्छ भनेर उसको नझिम्कि रहेको आँखाका सबै परेला डढाई दिए । त्यो युवक यातनाकै कारण दुईतिन दिनपछि मर्यो । के–हो भन्ने कुरा थाहा भएन । डाक्टर त्यस्ता थिए भने जेलर हरिप्रसाद घिमिरे लुब्ध, निर्धयी र निकृष्ट शोषक थिए । त्यस्ताहरुका शासनमा गोलघर जस्तो ठाउँमा स्वास्थ्य उपचार पाउनु र बाँचेर निस्किनु सजिलो थिएन ।
त्यस्तो परिस्थितिमा संगतमा आएकाहरुलाई हात लिएर मैले कागज र पेन्सिल हात पार्ने एवं कविता लेख्ने गर्दै गएँ । त्यसपछि मैले कम्तिमा गोरखापत्र पढ्न पाउनु पर्ने र जेल पुस्तकालयका पुस्तकहरु पढ्न पाउनु पर्ने माग राखेँ । माग पूरा नभएपछि म आन्दोलन गर्ने निधोमा पुँगे र उनीहरुलाई जानकारी दिएँ । त्यसपछि गोरखापत्र पढ्न पाउने व्यवस्था भयो । अरु कुरामा विचार हुँदैछ भन्ने कुरा आयो । मेरो आन्दोलन रोकियो तर पुस्तकालयका पुस्तकहरु पढ्न भने पाइएन । त्यसबेला मैले एउटा कापी र डटपेन भने प्राप्त गरेँ । सुटुक्क अखबार भन्ने एउटा गद्य कविता लेखे ।
त्यो कविता पछिसम्म कसरी–कसरी पछिसम्म सुरक्षित रहन सक्यो । मौका मिल्दा मैले थुप्रै कविता, कथा र निवन्धहरु बहिर पठाएँ । त्यसमध्ये त्यो कविता पनि थियो । पछि पार्टीले साहित्यिक पत्रिका युगदूत प्रकाशित गर्दा मेरो त्यो कविता समेत अन्य केही कविता र अर्को अंकमा कथा पनि छापिएछ । युगदूत गोप्यरुपमा जेलमा गयो । आफ्ना थुप्रै राम्रा रचनाहरु प्टकपटक लुटिएका र अन्य प्रकारले पनि सुरक्षित हुन नपाएकोमा दुःख लाग्यो ।
गोलघरमा तीनचार महिनामा अचानक सरकारी छापामारी चल्यो र उनीहरुले मेरा लिखितहरु सोरेर लान्थे फिर्ता गर्दैनथे । जेलमा लेखेका अनेक साहित्यिक रचनाहरु मध्ये केही युगदूतमा प्रकाशित भए । युगदूतमा नाम विना प्रकाशित मेरा कविता र कथा गोलघरका कठोर दिनहरुमा लेखिएका रचनाहरु हुन् । पटकपटक धेरै रचनाहरु लुटिएको र नलुटिएकोहरु पनि जस्ले भेट्छ उसले जिरा मरिच वा भटमाससँग साटेर पसलमा मसला बेच्ने कागज बनाइ लिएकाले पछिपछि त लेख्ने जाँगर पनि कम भयो ।
बहिर आएका कविताहरु पनि अलपत्र परेर हराए ।
बरु जेलमा हुँदा सागर पत्रिकाले होला एउटा लेख छाप्यो । झिसमिसेले र अरु केही साहित्यिक पत्रिकाले दुई वटा निवन्ध र मैले जेलबाट बनाएर पठाएको शुभकामना कार्डको चित्रलाई आवरणमा राख्यो । सायद झिसमिसेले नै होला ।
युगदूतमा प्रकाशित लेख