शनिवार बिहान देखी बिभिन्न योजनाहरुको अनुगमन गर्ने भन्दै गाउँपालिकाका अध्यक्ष सहित गएको टोलीले कैलाशपुरी आधारभुत बिद्यालयको अनुगमन गरेको छ ।
पाम्स देखी काँखे सम्मको सडक अनुगमन देखी बिभिन्न बिद्यालय र स्वास्थ्य संस्थाहरुको अनुगमन गरेको छ भने सुपाखेत प्राथमीक विद्यालयको भबन सिलान्यास समेत गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीले बताउनु भयो ।
उहाँका अनुसार काँखे प्राथीमक विद्यालय,सल्लाघारी आधारभुत बिद्यालय,कैलाशपुरी माध्यामीक विद्यालय,हिमालचुली आधारभुत बिद्यालय र सर्किदेउ प्राथमीक बिद्यालयको अनुगमन गरेको बताउनु भयो साथै लौठी स्वास्थ्य चौकी ब्यबस्थापन समितिको बैठक सँगै त्यहाँ भएको औषधी र राखीएका उपकरणहरुको अनुगमन गरिएको बताए ।
गाउँपालिकाका अध्यक्ष सिंहले उता अदानचुली ५ बारीगाउँमा रहेको सुपाखेत प्राथमीक बिद्यालयमा नयाँ बन्न लागेको राष्टपती शैक्षिक कार्यक्रम मार्फतको भवन सिलान्यास गार्नु भएको छ ।
बिकास निमार्णका कामहरु गर्नु पुर्व सम्पुर्ण ठाउँको अनुगमन गरे पश्चात काँ के आवश्यक रहेछ त्यसको तथ्य बुझेर योजना बनाउन सजिलो हुँने भएकाले यती बेला सबै वडामा भएका भिौतिक संरचना देखी सरकारी तथा सामुदायीक कार्यालयहरुको अनुगमन गरेको गाउँपालिकाका अध्यक्ष सिंहको भनाइ छ ।
अनुगमन टोलीमा गाउँपालिकाका अध्यक्ष मोहनबिक्रम सिंह,निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाही,सामाजीक विकास शाँखाका प्रमुख समेत रहेका वडा नम्बर ५ का वडा अध्यक्ष कमल छत्याल,६ नम्बर वडा अध्यक्ष बृख बहादुर बुढा लगायत त्यहाँका वडा सदस्यहरु र राजनीतीक दलका प्रतिनिधिहरु र सामुदायीक बिद्यालय महाँसंघका केन्द्रीय सचिब रामबहादुर टमटा लगायतको टोली रहेको पनि बताउनु भएको छ ।
(फोटाहरु)