११औं हुम्ला जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रम सर्केगाडमा सुचारु भएको छ।
११ गतेबाट सुरु भएकाे प्रतियोगितामा सिमिकोट, खार्पुनथ, सर्केगाड, चङ्खेली, अदान्चुली र तँजाकोट गरि ६ ओटा गाउँपालिकाले भाग लिएका छन् जिल्लाका ७ वटा गाउँपालिका मध्ये नम्खा गाउँपालिकाले भाग लिएको छैन।
"स्वास्थ्यका लागि खेलकुद, रास्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद ।" भन्ने मुख्य नारा सहित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जिल्ला समन्वय समितिका सभापति शिबराज शर्माले उद्द्घाटन गर्नु भएको छ ।
खेलाडिहरुले मार्चपास गर्दै जिल्ला समन्वय समितिका सभापति शिबराज शर्मालाइ सलामी दिएर कार्यक्रमको उद्घाटन भएको छ। जिल्ला खेलकुद बिकास समितीको आयोजना र सर्केगाड गाउँपालिकाको सहकार्य रहेको उक्त उद्घाटन कार्यक्रमा जिल्ला प्रमुख अधिकारी श्रीनाथ पौडेल आफ्नो मन्तव्य राख्दै सर्केगाड गाउँपालिका शैक्षिक अग्रजहरुले भरिएको भन्दै प्रसंशा गर्नु भयो। उहाँले भन्नु भयो अनुशासित भएर खेले खेल हुन्छ नत्र झेल हुन्छ।
सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकायले आफ्नो सुभकामन मन्तव्य राख्दै "जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सफल पार्न आफ्नो पालिकाले कुनै कसुर बाँकी नराख्ने र खेलकुदको बिकासको लागि एक गाउँपालिका एक खेलकुद मैदानको अबधारणा तयार गरि निर्माण गर्न सम्पुर्ण गाउँपालिकालाइ आग्रह गर्नु भयो।"
सर्केगाड गाउँपालिका र जिल्ला खेलकुद बिकास समितीलाई दोस्रो सदरमुकाम सर्केगाडमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने जमर्को गरेकोमा चङ्खेली गाउँपालिका अध्यक्ष प्यारिलाल शाहीले आफ्नो पालिकाको तर्फबाट बधाई दिनु भयो।
खेलकुद, शैक्षिक र राजनैतिक बिरासत बोकेको सर्केगाड गाउँपालिका भएको जिकिर गर्दै खेल र राजनीति दुबै साम्नतर रहेकोे उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा हुम्ला जिल्ला समन्वय समितिका सभापति शिवराज शर्माको भनाइ छ ।
११औं हुम्ला जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रमका सभा अध्यक्ष तथा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिनोद बोहराले कचहरी डटकमसँग सम्बाद गर्दै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यबिधी र नियमानुसार खेलाइने र मर्यादित ढंगबाट सबैले सहयोग गर्न आग्रह गर्नु भयो।
हुम्ला जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, जिल्ला प्रमुख अधिकारी श्रीनाथ पौडेल , जिल्ला प्रहरी नायब उपरीक्षक , राष्ट्रिय अनुसन्धान प्रमुख, जिल्ला शसस्त्र प्रहरी बल प्रमुख नायब उपरीक्षक, सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकाय, चङ्खेली गाउँपालिका अध्यक्ष प्यारिलाल शाही , खार्पुनथ गाउँपालिका का. वा. अध्यक्ष चन्द्र रावल सोही पालिका प्रमुख प्रससाकिय अधिकृत बिष्णु बहादुर शाही, आगन्तुक वडा अध्यक्षहरु, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिनोद बोहरा तथा पदअधिकारि, सम्पुर्ण गाउँपालिका शिक्षा तथा खेलकुद सख प्रमुखहरु र विभिन्न खेलकुद संघका प्रतिनिधिहरु, खेलकुद प्रशिक्षक, सरकारी तथा गैरसरकारी संघ सँस्थाका प्रतिनिधिहरु, ६ ओटै गाउँपालिकाका खेलाडीहरु र सर्केगाड बासीहरुको बाक्लो उपस्थिति रहेको छ।
११औं हुम्ला जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता श्री हिमज्योती उच्च माध्यमिक बिधालयको चौर र रोयल गैरी साँय फुटबल क्लबको चौरमा खेलाइने छ। उक्त खेलकुद प्रतियोगिता कार्यक्रम लगातार तीन दिन सम्म संचालन रहने जिल्ला खेलकुद बिकास समितिका सचीव गणेश महताराले बताए । खेल अबधि भरी सर्केगाडले करिब ८०० जनसंख्यालाई धान्नु पर्ने अनुमान गरिएको छ।
(फोटाहरु सहित)