हुम्लाको दक्षिणी क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा शान्ती सुरक्षा र विकास निर्माण लगायतका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, प्रहरी नायव उपरिक्षक भिमलाल भटराइ, ससस्त्र प्रहरी नायव उपरिक्षक शंकरसिह धामी,प्रमुख अनुसन्धान अधिकृत सत्य नारायण रावत,इलाका प्रशासक भिमबहादुर रोकाया लगायत गाउँपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधिहरुको उपस्थितमा अन्त्रकृया गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीले बताउनु भयो।
गाउँपालिकामा शान्ती सुरक्षाको अवस्था कस्तो रहेको छ, स्थानियवासीले जिउ ज्यानको सुरक्षाको अनुभुती गर्न सकेका छन वा छैनन् गाउँपालिकामा अबैध कारोवार हुने गरेको छ वा छैन, मदिरा सेवन गरी गाउँ समाजमा हो हल्ला, घरेलु हिंसाजन्य कार्यहरु हुने गरेका छन् वा के छ भन्ने बारेमा अन्तरक्रिया गरिएको बताउनु भयो ।
अदानचुली गाउँपालिकाले संचालन गरेका योजनाहरु गुणस्तरिय ढंगले निर्माण भएका छन वा छैनन्, सेवा लिदा स्थानियले दुःख हैरानी खेप्नु परेको छ की छैन भन्ने विषयमा पनि छलफल भएको छ । यस अघि जिल्ला समन्वय समितिका प्रमुख शिवराज सर्मा नेतृत्वको टोलीले खार्पुनाथ र सर्केगाड गाउँपालिकामा पनि भेटघाट तथा अनुगमन, अन्त्रक्रिया गरेको वुझिएको छ ।
टोली गाउपालिकामा पुगे लगत्तै जनप्रतिनिधि र कर्मचारीले टसी खादाले स्वागत गरेका हुँन । बैठकमा अदानचुली गाउपालिका भित्रका वडा अध्यक्षहरुले जग्गाको बिषयमा नागरीकले धेरै सास्ती खेपेको भन्दै बर्षको एक पटक भए पनि गाउँमै नापी कार्यालयको टोली पठाईदिन,गाउपालिकामा रहेका शिक्षकका रित्त दरबन्दी छिटो पदपुर्ति गरिदिन,साबिकको कालीका गाबिसमा अस्थाई प्रहरी पोष्ट राखिदिन,गल्फागाडमा रहेको इलाका प्रहरी कार्यलयमा प्रहरी निरिक्षक राखिदिन प्रमुख जिल्ला अधिकारी पौडेल र प्रनाउ भटराईलाई अनुरोध गर्नु भएको छ ।