कर्णाली प्रदेश जडिबुटीको खानी हो । यहाँ राज्यले नदेखेको, नसुनेको, पहिचान गर्न नसकेका तमाम जडिबुटी छन् ।जडिबुटीको अधिकत्तम सम्भावना बोकेको यो प्रदेश अहिले पनि उहि जुम्बियाली मुखियाली परम्परागत सैलिमा अल्झिरहेको छ।
असिमित जडिबुटीको खोजी गरि प्रसोधन गर्न सके कर्णालीबासीको आर्थिक अवस्थामा निकै कायपलट हुने देखीएपनि राज्यबाट गरिने सौतेनी व्यबहारले गर्दा कर्णाली अझै लामो समय सम्म ओझेलमा पर्ने देखिन्छ। यर्सागुम्बा, पञ्चाऔले, जटामसी, गुच्चि च्याउ, अत्तिस, सुगन्धवाल, सेतो चिनी, सुवाकाटि, चिराइतो, कटुको, नुरिबिस, बनचुक (पदम चाल्नो) आदि जस्ता जडिबुटीहरु कर्णालीमा पाइन्छन् ।
कर्णाली प्रदेशमा अहिलेको सिजन भनेको गुच्छी च्याउको हो। माघ देखि जेठ सम्म ४ महिना लगातार गुच्छी खोज्ने समय हो। उच्च हिमाली तथा पहाडी क्षेत्रमा मात्र पाइने यो च्याउ भारतमा समेत पाइने गरेको छ। भारतीय सञ्चार माध्यमका अनुसार बिजुली चम्किएको बेला हिउँ पग्लिएपछि हिउँमुनिबाट यो च्याउ बाहिर निस्किन्छ। वैज्ञानिक नाम मार्कुला एस्क्यूपलेटा रहेको यो च्याउ औषधिय गुणले युक्त छ । यसलाई मानिसहरुले टिपेर जम्मा गरेर राख्ने तथा जाडोको मौसममा पकाएर खाने गर्दछन् । संसारका ठूला ठूला कम्पनी तथा होटेलहरुले यसलाई महंगोमा किन्ने गरेका छन् । नेपालमा यसको खासै चर्चा नभएपनि भारतमा भने यो च्याउ सुन बराबरकै मानिन्छ । कश्मीर, हिमाचल लगायतका क्षेत्रमा पाइने गुच्छी प्रति किलो ४० देखि ४५ हजार भारुमा बिक्दछ ।
पहाडमा बस्ने शाकाहारी मान्छेहरुलाई प्रोटीनको जरुरत पर्ने र त्यसको मात्रा पूरा गर्न उनीहरु उक्त च्याउ खाने गर्छन् । स्वास्थ्यको हिसाबले जति महत्वपूर्ण छ । त्यती नै स्वादिष्ट हुने भएकाले निकै महंगो हुन्छ । यसको प्रयोग जाडोमा बढी हुने भएका कारण पनि आजभोली यसको माग उच्च भएको छ ।
गुच्छी च्याउको लगातार सेवनले हृदयघात हुने सम्भावना कम भएर जान्छ । यसमा बी कम्प्लैक्ट भिटामिन, भिटामिन डी, र अन्य आवश्यक एमिनो एसीडहरु पाइन्छन् । यसको अन्तराष्ट्रिय बजारमा पनि निकै नै राम्रो रहेको पाइन्छ ।
यो च्याउ यतीबेला हुम्ला लगायत कर्णाली अञ्चलका बिभिन्न पहाडी इलाकाहरुमा सङ्कलन गर्ने काम भैरहेको छ ।