सर्केगाड गाउँपालिकाको वडा नं. ४ साँया स्वास्थ्य चौकिमा ग्रामीण अल्ट्रासाउन्डको सेवा सुचारु भएको छ ।
बिहिबार गाउँपालिकाका अध्यक्ष ठान बहादुर रोकायले आज देखी हाम्रो गाउँपालिकामा अल्ट्रासाउन्ड सेवा सुरु भएको बताउँदै मेसिन सानो देखीए पनि यसले गर्ने काम धेरै महत्त्वपूर्ण रहेको र अब चाडैं पालिकाद्वारा अँखा, पाठेघर र अपाङ्ग सम्बन्धि मोटिभेस्नल स्वास्थ शिबिर संचालन गर्ने दाबी गर्नु भयो।
सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीकाे बिशेष पहलमा र संघिय सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौंले अल्ट्रासाउन्ड मेसिन सहितका सामग्री उपलब्ध गराएको बताए । सेवा सञ्चालनकाे लागी भने तालिमको ब्यवस्था,स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र स्वास्थ्य सेवा कार्यालय सिमकाेटले गरेको हो।
ग्रामीण अल्ट्रासाउन्डको सेवा निशुल्क हुने र अल्ट्रासाउन्ड चाहिएको बेला प्रत्येक वडामा पुर्याउने सर्केगाड स्वास्थ्य शाखा प्रमुख किरण बुढाथोकीले कचहरी डटकमलाई बताउनु भयो।
उक्त सुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष ठान बहादुर रोकाय, २ नं. रिप वडा अध्यक्ष सिद्ध कार्की, सर्केगाड स्वास्थ्य शाखा प्रमुख किरण बुढाथोकी र साँया स्वास्थ्य चौकिका कर्मचारी लगायत चेक गर्न आउने गर्भवती महिलाहरु उपस्थिति थिए ।
सायाँ स्वास्थ्य चाैकीमा ग्रामिण अल्ट्रासाउण्ड सेवा सुभारम्भकाे दिनमा जम्मा ७ जना गर्भवति आमाहरुले ग्रामिण अल्ट्रासाउण्ड सेवा लियका छन् र अव दैनिक दिन निशुल्क सेवा उपलब्ध हुने साँया स्वास्थ्य चाैकी इन्चार्ज बबर जङ्ग पालले बताए।
पालिका केन्द्रमै गर्ववति चेक गर्न पाएकोमा आफू निकै खुशी भएको उनपानीकी गर्भवती सरिता फडेराको भनाई छ ।