ताँजाकोट गाउँपालिका वडा नम्बर ३ मा रहेको रामादेब आधारभुत बिद्यालयमा भुकम्प रहित भवन बनिरहेको छ । नेपालहिल्फे बाइलग्रिस नामक संस्थाको आर्थिक सहयोगमा पुरै भवन भुकम्परहित बनाउन लागेको विद्यालय ब्यबस्थापन समितिका अध्यष गोर्खबहादुर शाहीले बताउनु भयो ।
विद्यालय व्यबस्थापन समितिका सदस्य हेमबहादुर शाहीको पहलमा नेपालहिल्फे बाइलग्रिस इ.भि. जर्मनी नामक संस्थासँगको सहकार्यमा १२ वटा कोठा भुकम्परहित आर सि सि भवन बनाउन सुरु गरीएको स्थानीय मिम बहादुर शाहीको भनाइ छ ।
उनका अनुसार निर्माण समितिका सदस्य समेत रहेका हिमबहादुर शाहीले उक्त सस्थासँग समन्वय गरी करिब ९२ लाखमा,खानेपानी,ट्वाइलेट सहित ४ वटा कोठा गत बैशाख महिनाबाट सुरु भइ असोजमा सम्पन्न भएको र बाँकी ८ वटा कोठाहरुको लागि अहिले १ करोड ५० लाख सोहि सस्थाले बजेट विनियोजन गरेकाले अहिले धमाधम काम भैरहेको बताउनु भयो ।
यो सहित १ कोठामा १० सेट डेस्क बेन्च पनि बनाइदिने उक्त संस्थाले बचन दिएको निमार्ण समितिका अध्यक्ष हेमबहादुर शाहीको भनाइछ । उनका अनुसार निकै मेहनतका साथ यो बजेठको ब्यबस्था गरेका हौँ,यसमा नेपालहिल्फे संस्थाका कार्यक्रम संयोजक श्याम पण्डीतको ठुलो हात रहेका बताए ।
३ सय ८२ बिद्यार्थि रहेको उक्त विद्यालय गएको साउन भदौमा आएको बाढीले पुरै भत्काए पछि अहिले बिद्यार्थीहरु नजिकै रहेको आफ्नो जग्गामा अध्ययन गराइ रहेको विद्यालयका प्रधानाध्यापक कर्णबहादुर शाहीले बताए, उनका अनुसार यो विद्यालय निमार्णमा जो अहिले निमार्ण समितिका अध्यक्ष छन् हिमबहादुर शाहीले पहल गरेर बन्न लागेको छ,उनैले यो सबै पहल गरेकाले गाउँले सबैले पनि उनैलाई निमार्ण समितिको अध्यक्ष भई बिद्यालय सम्पन्न गर्ने जिम्मा दिएको बताउनु भयो ।
उनले भने ४ वटा कोठा बनि सकेको छ अब ८ वटा कोठा बन्न सुरु भएकाले यिनिहरु पनि छिट्टै बन्ने तरखरमा रहेको बताए । भुकम्परहित भबन बनाउनु पर्ने भएकाले १८ जना मिस्त्री शहरी क्षेत्रका ल्याएर काम गराइ रहेको बताउँदै अन्य काम भने गाउँका सबैलाई काम गराइ रहेको छ ।
(फोटाहरु फिचर)