हुम्ला जिल्लाको मध्य भागमा रहेको सर्केगाड गाउँपालिका पुर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ ।
१५ महिना मुनीका र १६ महिना देखि २३ महिनाका बालबालिकालाई लक्षित गरी सर्केगाड गाउँपालिका भित्र रहेका स्वास्थ्य चौकीहरुले स्वास्थ्यकर्मीहरु खटाइ बालबालिकालाई लगाउनु पर्ने सम्पुर्ण खोप समयमै सकिएकोले पुर्ण खोप सुनिश्चित गाउँपालिका घोषण गरिएको प्रमुख प्रशासकिय अधिकृत नरबहादुर रावतले बताउनु भयो।
उनले बेलैमा पछि हुनसक्ने रोग विरुद्ध खोप लगाइ शरीरमा प्रतिरक्षात्मक शक्ति निर्माण गराएर रोकथाम गर्नु पर्दछ । सबै बालबालिकाले पूर्ण जीवन जिउनको लागि नेपाल सरकारले निःशुल्क खोप पाउने व्यवस्था गरेको हुनाले सबै आमाबाबुले आफ्नो शिशु बालबालिकालाई खोप लगाउन नजिकैको स्वास्थ्य चौकिमा सेवा सुबिधा उपलब्ध गराएको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रावतको भनाइ छ ।
बालघातक सरुवा रोग कुनै सरुवा विषाणु, जीवाणुको संक्रमणबाट बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर भएको अवस्था हो । सरुवा रोग हावा, पानी, माटो, दिसा, रगत आदिबाट एक अर्कामा सर्दछ । बालघातक रोग जस्तैः लहरे खोकी, भ्यागुते रोग, धनुषटंकार, क्षयरोग, पोलियो, दादुरा आदि हुन् । यी रोगहरू विरामी बालबालिकाको सास, खकार, दिसा आदिबाट संक्रमण भएमा शिशु विरामी हुन्छन यी रोगबाट बच्चनका लागी बालबालिकालाई लगाउनु पर्ने सम्पुर्ण खोप सर्केगाड गाउँपालिकाले नियमित लगाउदै आएकोले हाल सम्पुर्ण वडामा लगाउने उमेर समुहका बालबालिकालाई लगाएकाले पुर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको सोही गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले बताए ।
उक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रोकायाले अब चाडैं पालिकाद्वारा सर्केगाडमा अँखा, पाठेघर र अपाङ्ग सम्बन्धि मोटिभेस्नल स्वास्थ शिबिर संचालन गर्ने बताउनु भयो।
स्वास्थ्य क्षेत्रमा सर्केगाड गाउँपालिकाले ठुलो फड्को मारेको र जिल्ला समन्वय समिति हुम्लाको सदैब सहयोग र समर्थन रहने जिल्ला समन्वय समिति हुम्लाका उप प्रमुख दलु फडेराले प्रतिवद्धता जनाउनु भयो ।
समयमै खोप लागाइ सत्य तथ्य डाटा संकलन उपलब्ध गरायोकोमा सर्केगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख किरण बुढाथोकीले सम्पुर्ण स्वास्थ्यकर्मिलाइ धन्यवाद दिनु भयो।
उक्त कार्यक्रममा सर्केगाड गाउँपालिका परिवार, जिल्ला समन्वय समितीका उपअध्यक्ष, जिल्ला स्वास्थ्य फ्यासिलेटर, विभिन्न राजनितीकदलका प्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरु, सुरक्षाकर्मी, संचारकर्मी लगायत स्वास्थ्यकर्मीहरुको बाग्लो उपस्थिति भएका छन् । उपस्थित सम्पुर्ण प्रतिनिधिहरुले पुर्ण सफलताको शुभकामन दिनु भयो।
सर्केगाड बजार हुँदै पालिका सभाहल सम्म पुर्ण खोप सुनिश्चित गाउँपालिका र्याली कार्यक्रमको आयोजना गर्दै गाउँपालिकाको सभा हलमा बृहत घोषणा कार्यक्रम सम्पन्न गरेको छ।
(फोटो फिचर)