अदानचुली गाउँपालिकाकाे उद्वम विकास शाखाले आज देखि ७ दिने उद्वमसिलता विकास तालिम सुरू भएकाे छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकाे आर्थिक सहयाेग तथा अदानचुलि गाउँपालिका उद्वम विकास शाखाकाे आयाेजनामा गरिबी निवारणका लागि लघु-उद्वम विकास कार्यक्रमकाे आज उद्घाटन उद्घाटन गरिएकाे शाँखा प्रमुख कालू भियालले जानकारी दिनु भएकाे छ ।
आज देखि सुरू भएकाे उक्त तालिममा ७ दिने उद्वमसिलता विकास तालिम र १ दिने लैंगिक समानता तथा सामाजिक समावेशीकरण तालिम सम्पन्न भए पश्चा अन्य ब्यबषायिक तालिम सुरू गर्ने शाखा प्रमुख भियालकाे भनाई छ ।
तालिम हरेक वर्ष दिई रहने तर सदुपयाेग नहुँने भएकाले अहि तालिममा छनाैट भएकालाई प्रतिवद्वता पत्र बनाउन बाध्य भएकाे बताउदै यश वर्ष प्रतिवद्वता पत्रमा हस्ताक्षर नगरे तालिम दिन नसकिने बताउनु भयाे ।
तालिम सफलताकाे शुभकामना दिने क्रममा २ नम्बरका वडा अध्यक्ष नन्द महताराले कुनै भत्ताकाे लाेभ लालचमा नपरि सीप सिकेर ब्यबषायिक बन्न आग्रह गर्नु भयाे ।
त्यस्तै गरि वडा नम्बर ६ का वडा अध्यक्ष बृखबहादुर बुढाले पनि तालिमकाे शुभकामना दिदै सिपलाई हेलचक्राई नगरी सिपनै हाम्राे महत्वपुर्ण धन भएकाे बताउनु भयाे ।
गाउँपालिकाका कार्यबाहक अध्यक्ष कमल बहादुर छत्यालले राेजगारि हुँने हाे भने अर्को वर्ष यसै समयमा तालिम लिएकै हुँनु पर्ने बताउँदै यदि ब्यबषाय सञ्चालन नगर्ने छुट कसैलाई पनि नरहेकाे बताउनु भयाे ।
कार्यक्रमका अध्यक्ष समेत रहेका गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीले सहभागिहरूकाे ईच्छा शक्ति र तत्परतालाई नै मुख्य आधार बनाएर गाउँपालिकाले सहयाेग गर्ने बताउनु भएकाेछ उनले मार्कशिट थन्याए जस्तै तालिमकाे प्रमाणा पत्र थन्क्याउन नमिल्ने बताउनु भयाे ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृतकाे अध्यक्षतामा तथा गाउँपालिकाका कार्यबाहक अध्यक्ष कमलबहादुर छत्यालकाे प्रमुख आतिथ्यमा सुरू भएकाे तालिमकाे उद्घाटन कार्यक्रमलाई वडा सदस्य राजेन्द्र बुढा,कार्यपालिकाका सदस्य छ्याउँकला राेकाया लगायतका बक्ताहरूले मन्तब्य राखेका थिए ।