बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा चितवनबाट चुनाव लडेका महेन्द्र पाण्डे हुम्लाको अदानचुलीमा आएर खबरदारी अभियान सुरु गरेका छन् ।
उनि भर्दरै मात्र चितवननबाट आफ्नो स्थायी घर भएका पाण्डे केहि दिन अघिमा हुम्ला पुगेका हँन् । उनि हुम्लामा पुगेलगत्तै उनले अदानचुलीमा अन्यौललमा रहेको क्रमचारीहरुको विज्ञापन सुत्केरी प्रोत्साहन भत्ता लगायत अन्य थुप्रै विषयहरुको उठान गर्दै खबरदारी अभियान सञ्चालन सुरु गरेका छन् ।
अदानचुली गाउँपालिकाले ११ गतेका दिन बिभिन्न पदहरु गरी ५२ सिटको लागि दरखास्त आवाहान गरेकोमा बुधबार अन्तिम दिननको साँझ सम्म २ सय ५४ जनाले फारम भरेका थिए ।
फारम भरेका २ सय ५४ जना मध्ये सबै भन्दा धेरै ९ जना माग गरेको कार्यालय सहयोगी तर्फ करिब ६३ जनाले फारम भरेका छन् भने २जना गाउपालिकाका लागि गरेको कम्प्युटर अप्रेटरमा २१ जनाले फारम भरेका थिए ,यस्तै ६ वडाका लागी मात्र २३ जनाले फारम भरेका हुन ।
जसमा अदानचुली १ मा २ जना,अदानचुली २ मा ५ जना,अदानचुली ३ मा ८ जना,अदानचुली ४ मा २ जना,अदानचुली ५ मा ४ जना र अदानचुली ६ मा २ जनाले फारम भरेका छन । यस्तै कृर्षि तर्फ १८ जना सिभिल ईन्जिनियरमा १जना,सिफल आबरसियरमा ४ जना,सिभिल असिस्टेन सव ओबरसियरमा ३० जना,भेटनरी तर्फ ३४ जना,अनमिमा २२ जना,अहेबमा ३२ जना र २ पदका लागि माग गरीएको स्वीपरमा ६ जनाको दरखास्त परेकोमा अहिले सम्म यसकव् कुनै सुनुवाइ नभएको भन्दै अदानचुली गाउँपालिकाका युवाहरुले २ पटक गाउँपालिकामा ज्ञापन पत्र बुझाइ सकेका छन् ।
उनले उक्त विज्ञापन गरे अनुसारका पदहरुको परिक्षा प्रणाली मार्फत क्रमचारीहरुको भनौ गरौ होइन भने विज्ञापन बापत असुली गरेको रकम तत्काल फिर्ता गरौ र जिल्ला दररेट समितिले निर्धारण गरेको श्रमीकहरुको ज्याला उपलब्ध गराउँ भन्दै आज अदानचुली गाउँपालिकाको कार्यालयमा नारा जुलुस समेत गरेका छन् ।
सो सम्बन्धमा अदानचुली गाउँपालिकाका कार्यबाहक अध्यक्ष कमल बहादुर छत्याल र निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीले मागहरु स्वभाबीक भएकाले सके जतीका मागहरु बिस्तारै पुरा गर्ने बचन दिनु भएको पनि बताउनु भएको छ ।