प्रथम कर्णाली करिडोर म्याराथन जेट १५ गते हुने भएको छ । हुम्लाको प्रख्यात सलिस्ला बजारबाट सुरु हुने यो म्याराथन सर्केगाड केन्द्रमै पुगेर समापन हुनेछ ।
रोयल गैरी संय युवा क्लबको आयोजना र तेस्रो ध्रुव संरक्षण, द रुफोड फाउन्डेसन र कर्णाली फुडल्यान्डको प्रायोजकमा हुन लागेको म्याराथनमा सर्केगाड गाउँपालिकाका सबै स्थानीय तहहरु र विभिन्न संघ संस्थाहरुले सहकार्य गर्नेछन्।
म्याराथनको रुट सलिसल्ला बजारबाट शुरु भई कल्प्या, न्यासीबाट थाह हुँदै झापुकुनमा रहेको रोयल गैरी संयको आफ्नै खेलमैदानमा पुगेर समापन हुनेछ । करिब ७ किलोमीटर रहेको यस दौडमा आन्तरिक पर्यटक र सर्वसाधारणको व्यापक सहभागिता हुने अपेक्षा छ । उक्त म्याराथनमा महिला, पुरुष सबैले सहभागिता हुन पाउने छन् ।
‘प्रथम कर्णाली करिडोर म्याराथनले तल्लो हुम्लाको खेलकुदको सम्भावनालाई त उजागर गर्ने नै छ’–म्याराथनका अध्यक्ष अनुपराज शाहिले भने,‘ गणतंत्र दिवसको दिन सुन्दर सर्केगाड केन्द्रबाट भाइचारा र विश्वशान्तिको सन्देश पनि दिनेछ । ‘प्रथम कर्णाली करिडोर म्याराथनले खेलकुदसँगै आन्तरिक र बाह्य पर्यटनलाई अभिवृद्धि गर्ने अपेक्षा छ । "जैविक विविधता संरक्षण र पर्यापर्यटनका लागि खेलकुद" भन्ने मुल नाराका साथ उक्त प्रथम कर्णाली कोरीडोर म्याराथन २०८० को ब्यापक रुपमा उद्घाटन गरिने छ।
विशेषगरी कर्णाली कोरीडोरलाई मृत्यु मार्गका रुपमा हेरिनु यो नजायज कुरा हो । यो त स्वर्ग मार्ग हो । यहाँ सबैथोक छ। मात्र राज्यले देख्न सकेको छैन, चिच्यावोट आवाजलाई सुन्न सकेको छैन, पहिचान गर्न सकेको छैन तेसैले अर्को नारा पनि समाबेस गरेका छौं। "कर्णाली कोरीडोरलाई मृत्यु मार्ग हैन स्वर्ग मार्ग बनाऔं" प्रथम कर्णाली कोरीडोर म्याराथन २०८० अध्यक्ष शाहीले बताए । पुन उनले थपे म्याराथनले हुम्लाको समग्र विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
प्रथम कर्णाली कोरीडोर म्याराथन २०८० ले स्थानीय खेलाडीहरु उत्पादनमा विशेष जोड दिनेछ । खेलाडीहरुलाई म्याराथनमा भाग लिदां कुनै पनि शुल्क लाग्ने छैन । प्रत्येक स्थानीय तहलाई सिफारिसको लागि संख्या भने तोकिनेछ ।
म्याराथनमा पहिलो हुने खेलाडीले रु २५ हजारसहित ट्र्फी मेडल र प्रमाण पत्र पाउनेछ । त्यस्तै दोस्रोले रु १५ हजार मेडल र प्रमाण पत्र, तेस्रोले रु ५ हजार र मेडल र प्रमाण पत्र पाउने छन् ।उक्त म्याराथनमा कार्यक्रम सर्केगाड गाउँपालिकाको समन्वय र मिडिया पाटनरका रुपमा हुम्ला फोटोग्राफी पेज रहेने छ।