अदानचुली गाउपालिकामा उमेर नपुगी बिवाह गरेका बालक र बालीका आआप्नै घर फर्काईएको छ । आआप्नै घर फर्काईएकोमा अदानचुली गाउपालिका वडा नम्बर २ की १४ बर्षिया बालीका बसु सुनार र वडा नम्बर ३ का १६ बर्षिय बालक लालु भियाल (लखनराज) रहेका छन । उनीहरुको उमेर नपुगी भएको बिवाहमा बालक र बालिका दुबै पक्षलेको घर फर्काउने सहमतीमा कसुर बाट चुकाईएको छ ।
उनिहरुले मंगलबार राती भागी बिवाह गरे पछि बालीकाकी आमाले गल्फागाड प्रहरी चौकी श्रीनगरमा निवेदन दिए पछि प्रहरी चौकीको रोहबरमा आ आप्नै घर फर्काईएको प्रहरी सहायक निरिक्षक कुमार गिरीले जानकारी दिए । उहाका अनुसार अदानचुलीमा पहिलो पटक प्रहरीचौकीमा यस्तो निवेदन आएकोे हो । उहाले भन्नु भयो निवेदन अनुसार छलफल गर्दा दुबै पक्ष सहमतीको चाजोपाजोमा गएसगै माथि पठाउन जरुरी नरहेको बुझियो ।
यसरी नै बालबिवाह बहुबिवाह विभिन्न हिँसाको सिकार बाट माथि उठ्न पिडीत पक्षले निकाय पुग्न आँट गरे त्यस्ता खालका घटनाहरु कमी हुने अनुमान गर्नु भयो । यस क्षेत्रमा बालविबाह भएको पाईए पनि सोको उजुरी नपर्दा केही हुदैन भन्ने गलत सन्देस गएको छ । भने सामाजिक परम्परामा रहेर कानुनसंवद नहुदा ढाकछोप हुने गरेको छ । कसैको उजुर विना निकाय अपुरो रहने हुदा त्यस्ता घटना देखिन्छन तर प्रमाणीत गर्न गराउन नखोज्दा बिकृती बढ्ने गरेको छ । यदी उजुर परेको खण्डमा बालबिवाहको कसुरमा जो कोही व्यक्तिलाई तीन वर्ष सम्म कैद र तीस हजार सम्म जरिवाना हुने कानूनी व्यवस्था गरिएको छ ।
विवाह गर्ने उमेर विवाह गर्ने व्यक्तिको (महिला र पुरुष दुवैको) बीस वर्ष हदम्याद हो भने बाल बिवाह भएको थाहा पाएको मितिले ३ महिना सम्म बाल विवाहको उजुर दिन सक्ने व्यवस्था रहेको छ । उनिहरुको मन मिलेर मंगलबार राती बिवाह गरेको भए पनि उमेर नपुगी भागी बिवाह गरेका हुन । नेपालको कानुन अनुसार बाल विवाह“ भन्नाले कुनै पनि राष्ट्रको कानुनमा विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँने हुनाले यसक्षेत्रका लागी पहिलो सन्देस गएको छ । विभिन्न देशमा विवाह गर्न योग्य उमेर भनेर आ आफ्नै कानुनी रूपमा निर्धारित उमेर तोकिएको छ ।
नेपालको कानुन अनुसार बालबालिका दुबैको लागि २० वर्ष पुगिसके पछि विवाह गर्न उपयुक्त उमेर भनि तोकिएको छ । यसैमा उनिहरु मध्य दुबै जनाको उमेर नपुगेकोले बिवाह गर्न प्रहरी चौकीले रोक लगाएको हो । सरकारको मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार बाल विवाह गर्दा हुने कानुनी सजाय उमेर २० वर्ष नपुगी कसैले विवाह गरे वा गराएमा विवाह स्वतः बदर हुने ब्याबस्था गरिएको छ ।
बालबालिका सम्वन्धि ऐन २०७५ को उपदफा ६६ (२) अनुसार बालबालिकासँग विवाह गर्नु गराउनु बालबालिका विरुद्धको कसुर मानेको छ । र दफा ६७ अनुसार त्यस्तो कसुर गरेको ठहरेका व्यक्तिहरुले दश (१०) बर्षसम्म बालबालिकासँग सम्बन्धित सार्वजनिक तथा निजि क्षेत्रमा काम गर्न, मनोनित हुन, वा निर्वाचित हुन नपाउने समेत. बयाबस्था गरेको छ । मनोसामाजिक सहयोग चाहिएमा नेपाल सरकारको बाल हेल्पलाइन (दश नौ आठ) १०९८ वा नेपाल प्रहरीको नं. १०० मा फोन गर्न समेत अनुरोध गरिएको छ ।
बालिकाकी अामाले चौकीमा बाल बिवाहकाे निवेदन दिए पनि उनिहरु दुबै जनाको उमेर नपुगेको हसनाले दुबै जना आ आफ्नो घरमा बस्ने तर उमेर पुग्यो भने उनिहरुले चाहे बिवाह गर्न सक्ने गरी मिला पत्र भएको बालिकाका बुवा दत्त सुनारले बताए । भने बालकका आमा नानीमाया भियालले आफु र छोरी पक्ष कसैले बिवाह नगरी दिएको र उनिहरु आफैले बिवाह गरेकोले दुबै जनाको उमेर नपुगेको हुनाले आ आप्नो घर फर्काउने सहमतमा मिलापत्र भएको बताईन् ।
विशेष गरी बालिका र महिलाको सन्र्दभमा बाल विवाह ले एउटा मात्रै अधिकारको उल्लंघन नगरी उनीहरूको जीवनचक्रमा थुप्रै अधिकार उलँघनको सृजना गरी थप हिंसाको कुचक्रमा पर्ने अवस्था रहन्छ । बाल विवाहको कारण बैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउदा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु देखिने, लैंगिक हिंसा,यौनजन्य हिंसा, बालश्रम, वेचविखन जस्ता थप हिंसाहरूले वालिका र महिलाहरू थप प्रताडित हुन पुग्दछन । कालान्तरमा समाज विकास प्रकृयामा महिलाहरूको भुमिका र सहभागितालाई न्यून बनाई सभ्य, सुंसस्कृत एवं समतामूलक समाज निर्माण गर्न बाल विवाह बाधक तत्व बन्न गुगेको छ ।