अदानचुली गाउँपालिकामा खुल्ला बहसमा सवाल जवाफ भएको छ । दोस्रो कार्यकालका लागी निर्वार्चीत जनप्रतीनिधिको एक वर्षको सिकाई र भावि योजना बारे बहस भएको छ । सम्बृद्ध पालिका बनाउन अनुगमन र न्यायले कसीलाए सम्बृद्ध सुरुवात हुनसक्ने अदानचुली दुईका जल भण्डारीले सुझाव दिए । भने अन्य सहभागीले लक्षित वर्ग,विपत र विकाको खोजी पनि गरे ।
आव ७९।८०को गाउँसभा पछि बढेको पालिकाको विवादमा सहभागीकोे जिज्ञसामा गाउपालिका उपाअध्यक्ष कर्ण रोकायाले व्यातिmगत स्वार्थको लडाई नभएर आफु कार्यपालिकालाई मान्नेता दिने पक्षमा रहे पनि अध्यक्षले एक्लैको सीकोले समस्या उब्जेको बताए । आफुहरुले पदभार ग्रहरणको दिनमा गरेको प्रतिबद्धता कार्यन्वयन हुनेमा ढुक्क हुन आग्रह गरे । पदभार समालेको दिन उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई रकम अभावमा छात्रवृद्धीको व्यावस्था गर्ने पहिलो निर्णय भएको थियो ।
निमित प्रमुख प्रसासकिय अधिकृत मेघनाथ शाहीले एक वर्षको अवधीमा पालिकामा बिकास बजेट खर्च प्रस्तुत गरे । सहभागीको प्राय जिज्ञसा अधिकृत शाहीले फर्काउनु पर्यो । ७९।८०को विनियोजीत बजेटमा ३१दशमलव२ प्रतिसत खर्च भएको उल्लेख गरे । अझै ५९ प्रतिसत खर्च गर्न बाँकीे छ ।
सम्झौता प्रकिया र काम बढाउन जरुरी भएको स्थानियको जिज्ञसामा अधिकृत शाहीले दस दिने सुचना जारी भएको अवगत गराउदै जनप्रतिनीधीको अथक प्रयास र प्रसासनको लगानीमा ९ करोढ ८२ लाख ८२ हजार ९सय ४४ रुपैयाँ फिरिज जान बाट रोकेको बताए ।उहाले भने अहिले सम्म राष्ट्र«पति रनिङसिल्ड प्रतियोगीतामा विनियोजीत एक लाख पेस्की दिईएको छ । सामाजिक सुरक्षाको सबै प्रक्रिया पुरा भएको छ ।
करार कर्मचारी दरखास्त आवानमा तुट्री देखियो तर भित्रभित्र कर्मचारी नियुतिmको चर्चा चल्यो । कर्मचारी नियुतm गर्ने अधिकार अधिकृतको रहेको दाविमा ४ नम्बर वडाका पुर्व वडा अध्यक्ष बिस्नु थापाले करार कर्मचारी नियुतmमा प्रधानमन्त्री जस्तो अधिकार अधीकृतको मात्र हो भन्ने प्रस्न गर्दा चसस्क भएका अधिकृत शाहीले पहिलेको सरकारले कानुन र बजबुझारत देखि कार्यपालिकाको बैठकको रजिष्टार समेत अहिले सम्म नभेटेको बताए । यदी भेटियको भए भए उतm कानुनमा टकेकेर जाने बाटाे नरहेकाे भनाइर् छ ।
आफुलाई दयाले कसैले अधिकार नदिएको बताउदै नेपालको २०७२को विविध भन्ने भाग ३०को धारा २८५अनुसार गठित सरकारी सेवा अन्तरगत र त्यस भित्र रहेका १७ देखि (भाग) १९ र (धारा) २१४ देखि २३० सम्मको दिएको अधिकारलाई प्रयोग गरेकोे २०७४को दफा ८४को (उपदफा)४ बमोजिमको अधिकृत रहेको कानुनी रुपमा जवाफ फर्काउन चुकेनन ।
सुत्केरी महिलाको प्रोसाहन स्वरुप पाउने गत वर्ष ६लाख रकम फिरीज गयो । त्यसगै अधिकृत शाहीले स्वास्थ्यसगँ समन्वय गरेर यतिबेला सुत्केरीकै हातमा भुतmानी दिने व्यावस्था रहेको बताए । गत वर्षका सुत्केरी महिलाले एक हप्तामा प्रोत्साहन लिन सक्ने निष्कर्समा जाने स्वास्थ्य सँयोजक हँस महताराको आसपासनले ठाउँ ओगट्यो । तर स्वास्थ्यको जग्गा व्यतिmले प्रयोग गरेको खुल्नपुग्यो भने स्वास्थ्य स्वयमसेविका आमा समुहबाट छनोटमा वडाको सिफारिस भएको जनस्वास्थ्य निरिछक नेत्र फडेराले जिकिर गरे ।
स्थानीयले शिक्षा साखा प्रमुखको हो भन्ने जिज्ञसामा नितीगत रुपमा मनदत्त ढकालनै भएको खुलासा भयको केही समयमै शिक्षा साखा प्रमुख ढकाललाई शिक्षाको प्रस्नको जवाफ खाज्नु पर्यो । पाठ्यपुस्तक ल्याउने विवादीतले टुङगो लाउन नसकेको जिज्ञसामा अधिकृत शाहीले पुरा किताब जस्को पुगेको छ विद्यालयले ल्याउन सक्ने बताए । शिक्षा साखा प्रमुख ढकालले स्थानीय पाठ्यपुस्तर कहिले तयारी हुन्छ ,भन्ने जिज्ञसामा र तलवको प्रसँगको जवाफ दिदै मोटामोटी खाका बनायको विचमै साखा प्रमुख फेरिदा र गठित समितीका सदस्यहरु बाहिर रहनुले असम्भव रहेको बताए । उहाले शिक्षाको बजेट हेर्ने सम्बन्धमा १०९जनाको सख्या देखाए ।
रेडियो श्रीनगरका स्टेसन म्यानेजर काली बहादुर थापाको अध्यक्षतामा र उपाअध्यक्ष कर्ण रोकायाको प्रमुख आथीत्यमा तथा वडा न २का वडाअध्यक्ष नन्द महतारा र निमीत प्रमुख प्रसासकिय अधिकृत मेघनाथ शाही वडाका कार्यबाहक अध्यक्ष नेपाली काग्रेस प्रदेस निर्वाचन क्षेत्र क का उपसभापति सेर ब बुढा नेकपा एमालेका गाउँकमीटीअध्यक्ष बुध भण्डारी,नेकपा माओबादी केन्द्र प्रदेस कमीटी सदस्य अनिता बुमी,नेकपा एकीकृत समाजवादी गाउँकमीटीका अध्यक्ष नवराज कार्की साथै साखा प्रमुखहरु र विद्यालयका प्रअहरु सुरक्षाकर्मी सञ्चारकर्मीको सहभागीता मात्र रहेन ,सवाल जवाफ राय समेत प्रकट गरेका छन । यीनी भनाई अभ्यासको रुपमा लिए सुझावको लिन सके सबृद्ध पालिकाका लागी सहयोग पुग्न सक्दछ ।
(फोटो फिचर)