जिल्लाभर भाइरल ज्वरोका बिरामीहरु बढे पछि हुम्लाको ताँजाकोट गाउँपालिकाले सोमबार देखी गाउँ गाउँमा स्वास्थ्यक्रमी पठाएको छ ।
गाउँपालिकाकाे नीति अनुसार हरेक महिना नागरपककाे घरदैलोमा गएर सेवा दिने भएकाले र सँगसँगै गर्मीयाम बढेसँगै बिरामीका संख्यामा दिनानु दिन बढ्ने गरेको खबर आए पछि स्वास्थ्य शाँखालाई तत्काल गाउँ गाउँमा गएर उपचार गर्ने निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताए ।
गाउँपालिकाको निति अनुसार स्वास्थ्य शाँखाले सोमबार देखी घरदैलोमा बिरामीहरुको उपचार गर्दै स्वास्थ्य तथा सरसफलाई अभियान संञ्चालन गरेको स्वास्थ्य शाँखा प्रमुख धनराज ढकालको भनाइ छ । उहाँका अनुसार आफ्नै नेतृत्वमा सम्पुर्ण स्वास्थ्यक्रमी सहित कृषि ,शिक्षा, पशु सेवा शाखा लगायत गाउँपालिकाको संयुत्त टोलीले गाउँपालिकाको वडा नम्बर ५ बाट अभियान संञ्चालन गरेको बताउनु भयो ।
सोमबारबाट सुरु भएको उक्त अभियानले टोलमा भएका बिरामी र स्वास्थ्य संस्थामा जान नसक्ने बिरामीलाई उपचार सेवा,कृषकहरुलाई मौसमी तथा बेमौसी बिउ बिजन बितरण,गाउँमा भएका पशु बस्तुको उपचार,शिक्षा क्षेत्रमा बालबालिका तथा अबिभावकमा भएको कमजोरी लगायतका कुरालाई प्रथमिकतामा राखी अभियान संञ्चालन गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र स्याङकुको भनाइ छ ।
सोमबारदेखी १० दिने सम्म लगातार चल्ने उक्त अभियानले गाउँ टोलमा देखिएका यावत समस्याको समाधान गर्ने बताउनु भयो । उक्त अभियान अन्त्रगत सोमबार मात्र वडा नम्बर ५ पाँदाका १ सय १५ बिरामीहरुलाई उपचार गरेको छ ।
पालिका लगायतका सबै क्षेत्रमा मौसमी रुघा खोकी बेरामीको संख्या उच्च देखिए संगै यो सेवा संञ्चालन गरिएको छ । उत्त स्वास्थ्य तथा सरसफाई अभियानले वडामा बिरामीको अबस्था के छ,कसरी सेवा प्रवाह गरी रहेका छन,स्वास्थ्य सेवा समयमा पाए पाएनन,स्वास्थ्य बिमा कतिको संञ्चालन भएको छ भनेर सोको पनि अनुगमन गर्ने भएको छ ।
अभियानबाटै वडामा भएका नागरीकहरुले शौचालय प्रयोग गरेका छैनकी छैनन् खानेपानीको अबस्था के कस्तो छ,आफ्नो टोल भित्रका आगन तथा सार्वजनिक स्थल सरफाई भएको छ वा छैन भनी अनुगमन गरी सोको प्रतिबेदन गाउँपालिकालाई बुझाई सोही अनुसार योजना निमार्ण गरीने स्वास्थ्य संयोजक ढकालले बताउनु भयो ।
बर्षा यामको समयमा खाने पानि लगायतका खानेकुराबाट पनि धेरै किसीमका रोग सर्न सक्ने भन्दै गाउँ टोल सरसफाई गर्न समेत नागरीकहरुलाई जानकारी गरिएको छ ।