सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता र भि पि एन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सुरू भएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहिको अध्यक्षतामा तथा गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यमा सुरू भएको सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता र भि पि एन सम्बन्धि अभिमुखिकरण तथा दर्ता प्रणाली परिक्षण कार्यक्रम गाउँपालिकाका कार्यरत वडा सचिब र कम्प्युटर सहायकको लागि तालिम दिन लागेको शाँखा प्रमुख अशोक भण्डारीले जानकारी दिनु भएको छ उहाँका अनुसार तालिम ३ दिन सम्म चल्ने भएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले बिगत भन्दा बर्तमान अबस्थामा सहज भएको बताउँदै बिगतमा अघिल्लो सरकारका पालामा कम्प्युटर अप्रेटरले मात्र वडा वडा चलाएकोमा अहिले त ४ जना वडा सचिब भएकाले केही सहज भएको बताउनु भयो ।
उनले हिजो पनि सामाजीक सुरक्षा भत्ता लगायतका कामहरू बिगार्ने जनप्रतिनिधि नभई क्रमचारीहरूले नै बिगारेको बताउँदै उपाध्यक्ष रोकायाले अब त्यस्तो नगर्न निर्देशन दिनु भएको छ ।
उनले गाउँपालिकाका केहि वडाहरुले श्रीनगरमा सम्पर्क कार्यालय राखी नागरीकलाइ दुख दिएको प्रति दुख ब्यक्त गर्दै राखिएका सम्पर्क कार्यालय तत्काल सम्बन्धित वडामा राखेर कार्यालय सञ्चालन गरि वडाबाटै सेवा प्रदान गर्न आग्रह गर्न वडा अध्यक्षलाइृ पनि निर्देशन गर्नु भएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीले वडामा राखीएका कम्प्युटर अप्रेटर र कार्यालय सहयोगीलाई कति सकिन्छ ब्यबस्था गर्ने कुरा भैसकेको आसपासन दिनु भएको छ । उनिहरुलाई यस अघि गाउँपालिकाले करार क्रमचारी नभई अन्य ज्यालादारी तरीकाले राखेको प्रतिकृया दिएको थियो ।
वडा नम्बर ३ का वडा अध्यक्ष डिलबहादुर फडेराले राम्रो गर्नेलाई पुरष्कृत र नराम्रो गर्नेलाई दण्डित गर्न जरूरी रहेको बताउनु भयो साथै सामाजिक सुरक्षा भत्तामा भएका लापरबाहीहरू अब सच्याउनु पर्ने अबस्था औल्याउनु भएको छ ।
भने वडा नम्बर ५ का वडा अध्यक्ष कमलबहादुर छत्यालले यश अघि हामिले सञ्चालन गरेको घटना दर्ता अभिया मात्र अभियानको रूपमा मात्र सञ्चालन भएको उल्लेख गर्दै अबको तीन दिने तालिम पश्चात सबै काम वडाबाट हुँने बताउनु भयो, उने अर्को प्रसंघमा कि वडामा सहायक कम्प्युटर अप्रेटर राख्दै नराखौ यदि राख्ने हो भने न्युनतम्म मापदण्ड अनुसार तलबको ब्यबस्था गर्न सम्बन्धित निकायले ध्यान दिनु पर्ने बताउनु भयो ।
यस्तै ६ नम्बर वडाका वडा अध्यक्ष बृखबहादुर बुढाले प्रत्येक वडामा १।१ सचिब हुँन आवश्यक भएकाले अनिवार्य ब्यबस्था गर्न गाउँपालिकालाई आग्रह गर्नु भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य कमल नेपाली,छ्याउँकला रोकायाले पनि ३ दिने तालमि सफलताको शुभकामना दिनु भएको छ ।