अदानचुली गाउँपालिकाका जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेको जेठ ९ गते १ वर्ष पुरा भएको छ ।
अदानचुली गाउँपालिकाका अध्यष मोहनबिक्रम सिंहले १ वर्ष पुगेको अबसरमा १२ काम र १२ योजना सहितको प्रेष बिज्ञप्ती प्रकासित गर्नु भएको छ उहाँ आफु जिल्ला बाहिर भएकाले नास गुनासाहरुलाई उपयुक्त समयमा प्रष्ट पार्ने उल्लेख गर्दै आफुलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको छ ।
के के हुँन् त उनले गरेका १२ वटा काम ।
उहाँले गरेका १२ काममा गाउँपालिकाको आफ्नै एम्बुलेन्स सेवा सञ्चालन,इएपटी प्रणाली मार्फत भुक्तानी सुरु,वडा नम्बर ६ मा सडक सञ्चालनको लागि सुरु गरीएको उल्लेख गर्दै अरु सबै वडामा सडक सञ्चालन गरेको बताउनु भएको छ । यसैगरी फ्रो जी सेवा बिस्तार कार्य सुरु,काँखे प्रावी र जनकल्ण आधारभुत बिद्यालयमा भवन निर्माणको लागि बजेट ब्यबस्थापन,कैलाशपुरी,सल्लाघारी र हिमालचुलीमा अनुदान कोटाको ब्यबस्थापन र कैलाशपुरीलाई आर सि सि भवन निमार्णको लागि पहल गरीएको छ ।
गल्फागाड देखी ठाडाकाट्ना सम्म पक्की सडक निर्माणको सुचारु,लौठी कालागाड,पाम्स काँखे बारीगाउँ हुँदै कालागाड र लौठी हुँदै रिल्म बीगोठी सडकलाई तिब्रता दिएको उल्लेख गर्नु भएको छ ।
वडा नम्बर १,२ र ३ वडामा एक घर १ धारा ब्यबस्थापनको लागि नेपानीलाई आवश्यक बजेटको ब्यबस्थापन गरि निर्माण कार्य सूरु,आम जनसमुदायलाई लाभ पुर्याउने खालका बिभिन्न कार्यक्रमहरु सञ्चालन,खानेपानी सरसफाइ तथा स्वच्छता योजनाको गुरु योजना तयार गर्नुका साथै,संघ,प्रदेश र स्थानीय तहको समन्वयकारी भुमिका अन्त्रगत बिभिन्न कार्यक्रमहरु सञ्चालन सुरु गरेको र लक्षित वर्गका कार्यक्रमहरुमा बजेट ब्यबस्थापन र बिकासका पुर्वाधारलाई बिशेष प्राथामीकता दिएको उल्लेख गर्नु भएको छ ।
यस्तै अध्यक्ष सिंह द्धारा प्रकासीत बिज्ञप्तीमा दास्रौ वर्षका लागि १२ वटा योजनाहरु बनाएको भन्दै उक्त विज्ञप्तीमा उल्लेख गर्नु भएको छ ।
आगामी वर्षका लागि १२ योजना ।
आफ्नै प्रशासकिय भवनको सुचारु गर्ने,वल्र्ड बैंक परियोजना अन्त्रगतका विभिन्न कार्यहरु थालनी गर्ने,सबै वडाको सडकमा पहुँच सुनिस्चीतता गर्ने,१५ सैयाको अस्पताल निमार्ण कार्यमा जोड दिने उल्लेख गर्नु भएको छ ।
बिद्युतिय भुक्तानी प्रणाली र इन्टरनेट सेवालाई थप सुधार गर्ने,कुकुरफाल्ना र छहराखेत जलबिद्युतलाई थप सुधार गरी सबै वडामा बिद्युतको पहुँच पुर्याउने,बिकास पुर्वाधारहरुमा शिक्षा,स्वास्थ्य,खानेपानी,सडक,कृषि र विद्युतमा बिशेष प्राथामीकता दिने,स्थानीय तहको आफ्नै रोजगारी रणनिति तयार गरी रोजगारीका अबसरहरु प्रदान गर्ने पनि उल्लेख गर्नु भएको छ ।
यस्तै जनउत्तरदायी क्रमचारी ब्यबस्थापनर सेवा प्रबाहमा सुशासन कायम गर्ने,भ्रष्टाचार निवारणलाई बिशेष जोड दिने,आगामी बजेटमा प्रत्यक्ष लाभ पुग्ने खालका आयआर्जनलाई समेट्ने,स्थानीय उत्पादनलाई बजारीकरण गर्न थप पहल गर्ने पनि पनि उल्लेख गर्नु भएको छ ।