हुम्लाको सर्केगाड गाउपालिकामा खानेपानी सरसफाई तथा स्वच्छताको लागि कचहरी कार्यक्रम भएको छ ।
कर्णाली प्रदेसका हिमाली क्षेत्रमा उत्थानसिल समुदाय निर्माण परियोजना अन्तरगत मिषन इष्टको प्राबिधिक सहयोग तथा महिला कल्याण सेवाले सर्केगाड गाउँपालिकाका जनप्रतिनिधिहरु सहित सरोकारवाला निकायहरुलाई राखेर सामुहीक कचहरी गरेको संस्थाका कार्यक्रम ब्यबस्थापक ज्ञानेन्द्र प्रसाद पन्तले बताउनु भयो ।
सर्केगाड गाउँपलिकाका कार्यबाहक अध्यक्ष समेत रहेका वडा न ५ का वडा अध्यक्ष दलबहादुर सिंहको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति सदस्य सिङ्ग सिंहको प्रमुख आथित्यमा सम्पन्न उक्त कचहरीमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु,शाँखा प्रमुख बाल क्लव,बिद्यालयका प्रधानाध्यापक तथा बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरु, सुरक्षा निकाय नागरिक समाज महिला सञ्जालका पदाधिकारीहरुको उपस्थिती रहेको बताए ।
महिला कल्याण सेवाको आयोजना र सर्केगाड गाउँपालिको समन्वयमा, डानिडाको आर्थिक सहयोग, मिसन ईष्ट नेपालको सहयोगमा सञ्चालीत उक्त कचहरी कार्यक्रमको उदेश्य भनेकैे विपत,खानेपानी,सरसफाइ स्वच्छतामा काम गर्ने गरेको बताए । यहाँ सिकेका कुराहरु आफ्नो समूह समुदाय गाउँटोल र कार्यरत कार्यलयमा फोकस गर्ने अपेक्षा राखेर यस किसिमको कार्यक्रम गरिएको ब्यबस्थापक पन्थीको भनाइ छ ।
खानेपानी सरसफाई र स्वच्छताको बारेमा जानकारी दिदै सुस्वा परियोजना वास नेपाल सर्केगाडका प्रमुख निल बिक्रम शाहीले सर्केगाडमा RVWRMP द्वारा खुला दिशा मुक्त घोषणा गरिए पनि यतिवेला फोहोरमैला बढिरहेको प्रति चिन्ता ब्यक्त गर्नु भयो ।
उक्त सस्थाले सर्केगाड लाई २०७३ सालमा खुला दिशा मुक्त घोषणा गरेको थियो । ७५३ वटै स्थानियलाई २०३० सम्म पुर्ण सरसफाई कार्यक्रम तय गर्ने सरकारको लक्ष्य रहेको छ । यसैगरी सम्पूर्ण नेपालीले स्वच्छ पानी पिउन पाउनु पर्ने र सफा सौचालयको प्रयोग गर्न पाउनु पर्ने भनियको छ तर यस क्षेत्रमा प्रयोग विहिन रहेको पनि उहाँले बताए । २०७३ को मार्गदर्सन अनुसार पुर्ण सरसफाईका सुचकमा समेत प्रकाश पार्नु भएको छ । व्यतिगत देखि सामुहिकरुपमा सरसफाई र बालमैत्री,अपांग मैत्री उपभोग सामाग्रीको उपलब्धता जरुरत रहने पनि झल्किने गरेको छ । सहजिकरण लगतै विधालय स्तर,समुदाय र वडा स्तरको तिन समुहमा विभाजन गरेर समस्याको खोजि पछि सम्बन्धित निकायले समाधान गर्ने प्रतिबद्धता समेत जनाएका छन ।
समुहगत छलफल
कचहरीमा बोल्दै सर्केगाडका कार्यबाहक अध्यक्ष दल बहादुर सिंहले १,२ विधालय बाहेक सबै विधालयमा खानेपानीको धारा निर्माण हुने दावि गरे । उहाँले भन्नु भयो सर्केगाडमा ३२ वटा बिधालय छन भने बजारमा सरसफाईको कमी देखि समुदायमा जनचेतना अभाव छ सबैको हातेमालो बाट समाधान हुने तर्फ जिकिर गर्नु भयो ।
वडा न ४ का वडा अध्यक्ष धन बहादुर छत्यालले पालिका जहाज भएको बताउदै चालकहरु सहि मार्गमा ईङकित हुनु पर्ने बताए । वडा अध्यक्ष छत्यालले जनताका समस्या के हुन कसरी सुसासनको अनुभुति गराउने भन्ने समस्या केलाउन जरुरी रहेको दावि गर्नु भयो ।
शुक्रबार भएको कचहरी कार्यक्रम बाट तिनै समुहले पानी श्रोत परिक्षण गर्न,प्रयाप्त मात्रामा पानीको व्यावस्था गर्न, ढलनिकास र चेतनामुलक कार्यक्रम गर्न अनुमान लागत सहित कार्ययोजना बनाएर कार्यक्रम समापन भएको छ । सहभागी समुहले कचहरीमा बनेका कार्ययोजना कार्यन्वयनमा जाने अपेक्षा गरेका छन ।