आर्थिक रुपान्त्रण द्धारा महिला शसक्तीकरण भन्ने मुल नाराका साथ हुम्लाको सर्केगाड ४ मा सार्बजनीक सुनुवाइ कार्यक्रम भएको छ ।
स्थानियतह द्वारा महिला उद्यमीलाई सहायता भन्ने विषयकमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । सर्केगाड गाउँपालिका वडा न ४ का वडा अध्यक्ष धन बहादुर छत्यालको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति सदस्य सिङ्ग सिंहको प्रमुख आतिथ्यमा र वडा सदस्यहरु,बालक्लव,विव्यस, नागरिक समाज वडाका पाँच वटै महिला समुहहरुको सहभागीतामा सार्वजनिक सुनुवाई भएको हो ।
महिला कल्याण सेवाको आयोजना र सर्केगाड गाउँपालिका वडा न ४ को समन्वयमा तथा डानिडाको आर्थिक सहयोग, मिसन ईष्ट नेपालको प्राविधिक सहयोगमा सार्वजनिक सुनुवाई भएको महिला कल्याण सेवा सर्केगाडको कार्यक्रम व्यवस्थापक ज्ञानेन्द्र प्रसाद पन्तले बताए । उनले भने उधम गर्न चाहाना भएका महिलाहरुलाई स्थानियतहले पुर्याउने सहायताले उदारणीय बन्न सक्ने अपेक्षा रहेको छ, केही गर्ने चाहाना हुँदाहुँदै पनि सहायता नपायर खुम्चिनु पर्ने बाध्यता हटाएर उद्यममा जोडिनको लागि सार्वजनिक सुनुवाई गर्नु उचित बताउनु भयो ।
चुलोचौको र बच्चा जन्माउन सिमित नभएर विभिन्न सँस्था, स्थानियतहमा कसरी समन्वय बढाएर उद्यमी बन्न सकिन्छ भन्ने उदेश्यले यो कार्यक्रमको मुल उद्देश्य रहेको बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समितीका सदस्य सिङ्ग सिंहले पहिले जस्तो जिविसको जिम्मामा बजेट नभएकाले यतीबेला र्कषिका लागि आफूहरुबाट हुने सहयोगमा कुनै कन्जुस्याई नहुने बताउनु भयो ।
सहभागी कृषकहरुले कुटानी पिसानीको मिल देखि खेतीयोग्य तिलको समस्या जस्ताको तेस्तै रहेको जिज्ञासा राखेका थिए भने कृषि गर्न खानेपानीको मुल समस्या रहेको ओैल्यायका हुँन् । मूल्य शृङ्खला,बजारीकरण, स्थानिय उत्पादनमा वडाले गर्ने पहल,पशु तथा बाली बिमा,माटो परिक्षण,उन्नत जातको बिउ बिजनको व्यवस्थापन लगायत भण्डारणको व्यवस्थापनको पहल गर्न अनुरोध गरे ।
वडा नम्बर ४ का वडाका अध्यक्ष छत्यालले सहभागीहरुले राखेका समस्या जायज भएको र ति समस्या समाधान गर्न वडाले गर्नु पर्ने काम कर्तव्यमा दृढ रहेको दावि गरे । उनले स्थानिय तहले गर्नु पर्ने कार्यहरुको पाईलामा रहेको महिला कल्याण लाई अझै थप कार्यमा समन्वय गर्न अनुरोध गर्नु भयो ।
उठेका समस्या समाधानका लागि आजको प्रतिबद्धता भन्दा पछि नहटेर काम गर्ने भनाई राख्नु भएको छ ।