सर्केगाडमा भएकाे प्रथम कर्णाली करिडोर म्याराथनमा जुम्लाका शेर बहादुर अधिकारी प्रथम भएका छन ।
अधिकारीले सल्लीसल्ला देखि सर्केगाड सम्मकाे नाै किलाेमिटरकाे दुरी ३७ मिनेट ४८ सेकन्डमा पार गर्नु भएकाे थियाे । भने दाेस्राे स्थान हासिल गर्ने जुम्लाकै प्रकाश कठायतले ३७ मिनेट ४९ सेकेन्डमा पार गर्नु भयाे ।
प्रथम र द्वितीयमा कर्णाली खेलकुद क्लव जुम्लामा आबद्ध रहेका दुई जनाले हाँसिल गरेका छन ।
प्रथम हुँनुहुने अधिकारी हिमा गाउँपालिका ६ जुम्ला का स्थानिय रहेका छन भने दुईतिय स्थानका कठायत कनकासुन्दरी गाउँपालिका १ जुम्लाका रहेका छन् ।
प्रथम र द्वितीय स्थान हासिल गर्न सफल दुबै जनाले आफुहरुलाई नेपाल आर्मीमा आबद्ध भन्ने सुनेकाेकाे भए पनि उनले भने खुलाउन चाहेनन् तर आफुहरु खेलकुद क्लवमा आबद्ध रहेकाे बताउनु भयाे ।
आईतवार प्रकासित आर्मीकाे लिखितमा नाम निकाल्न सफल भएकाे प्रतिक्रिया दिएका छन ।प्रथम हुने अधिकारी १० नम्बर जर्सिका हुन भने दुईतिय कठायत ९ नम्बर जर्सिका धावक हुन । २ नम्बर जर्सिका सर्जन रावलले तृतीय स्थान हासिल गरे । उहाँ सर्केगाड ४ का स्थानिय हुन ।
याे समाचार तयार पारुन्लेल सम्म पुरस्कार रासी प्रदान गरियकाे छैन । क्रमस २५ हजार १५ हजार र ५ हजार रासी सहित मेडल प्रमाणपत्र प्राप्त गर्ने छन ।
राेयल गैरीसायाँ युवा क्लवकाे आयाेजनामा तथा गाउपालिकाकाे मुख्य प्रायाेजनमा उक्त म्याराथन भएकाे क्लवका अध्यक्ष अनुपराज शाहीले बताउनु भयाे । उहाका अनुसार २४ जनाले नाम दर्ता गराए पनि २० जनाले सहभागीता भएका हुँन् । उक्त कलवकै आयाेजनामा देउडा खेल र भलिबलको प्रतियोगिता हुदैछ । सबै खेलकुद सम्पन्न पछि पुरस्कार वितरण हुनेछ ।