यती बेला हुम्लामा अत्याधिक रुपमा चिसो बढे पछि बिद्याथीहरु खुला चौरमा घाम तापेर अध्ययन गरी रहेका छन् । हुम्लाको उत्तरी नाम्खा गाउँपलिकामा त झन् बिद्यार्थीहरुलाई अत्यन्तै कठिन भएको त्यहाँका बालबालीकाहरुले बताएका छन् ।
बिगत केही बर्ष अघि नयाँ शैक्षिक शत्र फागुनबाट सुरु हुँने हुम्लामा कोभिड १९ का कारण बैशाखबाट मात्र नयाँ शैक्षिक शत्र सुरु हुँन्छ यती बेला कुनै बिद्यालयहरुमा बार्षिक परिक्षाको तयारी भैरहेको छ भने कुनै बिद्यालयहरुमा अर्धबार्षिक परिक्षाको तयारी भैरहेको बिद्यालयका प्रधानाध्यापकहरुले बताएका छन् ।
हिउँद महिना सुरू भएसँगै बालबालिकाहरू चिसोले कक्षाकोठा भित्र बस्न नसक्ने भएपछि बाहिर खुलाचौरमा घाम ताप्दै पढ्न बाध्य देखिएका हुन ।चिसो अत्याधिक बढेपछि खुला चौरमा घाँम ताप्दै पढ्न बाध्य भएको खासरपानि आधारभुत विद्यालय मुचुमा कक्षा ८ अध्ययनरत सोनाम छिङडुन तामाङले बताइन ।
कक्षाकोठा भित्र चिसोले पढ्न सकिन बाहिर दिउस हावाहुरीले पनि सकस बनाएको तामाङले बताइन । चिसोले खोकी लाग्छ बाक्लो कपडा लगाउनुपर्छ कक्षा ८ मा अध्ययनरत पुजा रोकायाको पनि गुनासो उस्तै छ । दिउँसो १ बजेदेखि हावाहुरीले चिसो हुन्छ पढाइ भन्दा जाडो पनि चिन्ता हुन्छ उनले भनिन ।
कक्षाकोठा भित्र बालबालिका राख्न सकिन चिसो सारै सकस हुने गरेको खासरपानी आधारभुत विद्यालय मुचुका प्रधानाध्यापक हर्कबहादुर बोहराले जानकारी दिए ।
बालबालिकालाई पढाउन सकस छ तपाईंलाई पनि थाहा भयो होला कस्तो हावाहुरीले चल्छ उनीलाइ सकस छ प्रअ बोहराले भने । हिउँद सुरूभएपछि बालबालिकालाई गाहो हुन्छ ४५ जना बालबालिका छन चिसोले विद्यालय आउन छोडन थालेका उनले बताउनु भयो ।
यता जिल्लाको तल्लो क्षेत्रका बिद्यालयहरुमा पनि त्यस्तै समस्या देखीएको छ बिद्यार्थीहरु चिसोमा बस्न नसक्ने भन्दै काप्न थाले पछि खुला चौरमा अध्ययन गराउँन बाध्य भएको बताएका छन् , दिउसो २ बजे तिरै घाम अस्ताउछन्,चिसोले भित्र बस्नै सकिदैन त्यसैले पनि खुला चौरमा बढाउन बाध्य छौ ।