सुस्वा परियाेजना द्वारा सर्केगाडमा पालिका स्तरीय विद्यालय तीन तारा अवधारणा सम्बन्धि तालिम भएकाे छ ।
गाउँपालिकाका सबै बिधालयका प्रधानाध्यापक, प्रतिनिधिहरुकाे सहभागीतामा पालिकाकाे सभाहलमा दुईदिन सम्म तालिम सञ्चालन भएकाे सुस्वा परियाेजना सर्केगाड ईकाई प्रमुख निल बिक्रम शाहीले बताउनु भयाे ।
बिद्यालयलाई तारामा घाेषित गर्न ताेकियकाे सुचक पुरा भएकाे आधारमा एक तारा दुई तारमा परिणत हुन्छ तर तीन तारा अवधारणामा पर्न दश सुचक पूरा गर्नु पर्ने बताउनु भयाे । उहाका अनुसार खानेपानी,साैचालय,सफा र हरियाली वातावरण, खानाको स्वच्छता,स्वच्छता सुविधा,स्वच्छता शिक्षा,महिनावारी स्वच्छता व्यावस्थापन, सँस्थागत व्यावस्थापन र दिगाेपना,विपत जाेखिम व्यावस्थापन र अनुगमन तथा जवाफदेहिताका दस सुचक पूरा गर्नु पर्दछ ।
सर्केगाड गाउँपालिकाका सबैकाे लागि दिगाे खानेपानी तथा सरसफाई स्वच्छता परियाेजना वास ईकाईकाे आयाेजनामा बिद्यालय तीन तारा अवधारणा तालिम भएकाे थियाे। बिद्यालय परिवेसकाे व्यबवस्था देखि समस्याका विषयमा उठेका सवालमा प्राय बिद्यालय उस्तै समस्या देखा परेका हुन ।
तारामा परिणतका लागि ताेकिएकाे सुचकमा पर्न शिक्षकहरुले सुस्वा परियाेजनाकाे अपेक्षा गरेका छन् ।खानेपानी,सरसफा तथा स्वच्छता र बालमैत्री धारा साैचालय देखि व्यवस्थापन लगायतमा समस्या रहेकाे शिक्षकहरुले समस्या ओैँल्यायका छन । तर लिप्नेमा अवस्थित लाली गुराँस मावि भने यस अघि नै नमुना विधालय बन्न सफल भएकाे छ ।
नमुना घाेषित बिद्यालयको अनुभवबाट अन्य बिद्यालयहरुले समन्वय गरेर जाने तालिममा सहभागी शिक्षकहरुकाे भनाई रहेकाे छ । सर्केगाड ५ का वडा अध्यक्ष एव कार्यवाहक अध्यक्ष दल बहादुर सिंहकाे अध्यक्षता तथा निमित प्रमुख प्रसासकिय अधिकृत छत्त बहादुर शाहीकाे प्रमुख आतिथ्यमा साेमबार र मँगलबारमा तीन तारा अवधारणा सम्बन्धि दुई दिने तालिम भएकाे छ ।