मुगु जिल्लाको सोरु गाउँपालिकामा उपाध्यक्षकप आजबाट सुरु भएको छ ।
सोरु गाउँपालिकाको केन्द्र नजिकै रहेको पोग्री भन्ने ठाउँमा खुला फुटबल प्रतियोगिताको आयोजना गरी आजबाट सुर भएको सोरु गाउँपालिकाले जनाएको छ पहिलो पटक प्रथम उपाध्यक्ष गोल्डकपको आयोजना गरेको सोरु गाउँपालिकाले ‘खेलकुद क्षेत्रमा सोरुको अभियान, क्षमतावान खेलाडीको वास्तविक पहिचान’ भन्ने मूल नाराका साथ शनिवार प्रतिनिधि सभाका सदस्य एवं नेपाली काँग्रेश जिल्ला कार्य समितिका सभापती ऐनबहादुर शाहीले उद्धभाटन गर्नु भएको सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले बताउनु भयो ।
विविध साँस्कृतिक कार्यक्रमसहित उद्धघाटन गरिएको उक्त फुटबल प्रतियोगितामा जिल्लाभरका खेलाडीहरु सहित अन्य जिल्ला हुम्ला जुमलाका समेत सहभागी भएका छन् । आजबाट सुरु भएको उक्त खेलमा १७ वटा टिमहरु सहभागी भएका छन् । सुमुहहरुमा खेलाडीहरु अन्य मिसाइए पछि अधिकांस टिमहरु मुगु जिल्लाभरका युवाक्लबहरु नै दर्ता भएको आयोजक कमिटिले जनाएको छ मुगु जिल्लाको छायानाथ रारा नगरपालीकाका ६ वटा टिमहरु दर्ता भएका छन् ।
फुली फुटबल क्लब,कार्कीबाडा फुटबल क्लब,पिना फुटबल क्लब,रेडपाण्डा युवा क्लब,ए वान फुटबल क्लब र भामबाट स्पोर्ट क्लब सहभागी भएका छन् । यता सोरु गाउँपालिकाका विजय देब यवा क्लब,सोरु फुटबल क्लब,चौरेली युवा क्लब,सोरु ३ भिइ,कच्चे फुटबल क्लब,सरकारी क्रमचारी फुटबल क्लब,सोरुकोट फुटबल क्लब,फुलबारी युवा क्लब,नेर फुटबल क्लब र शिबदेब फुटबल क्लब गरी १० वटा समुह सहभागी भएका छन् भने उता मुगु जिल्लाकै खत्याड गाउँपालिकाबाट टाइगर स्पोर्ट क्लब गरी जम्म १७ वटा समुह सहभागी भएको जनाइएको छ ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । जसअन्तर्गत प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११, द्वितीय पुरस्कार ६६ हजार ६ सय ६६ र तृतीय पुरस्कार ३३ हजार ३ सय ३३ राखिएको छ । गोल्डकप कार्यक्रमको उद्घाटन विशेष साँस्कृतिक कार्यक्रमसहितस्थानीय कलाकौशलको प्रदर्शनी समेत गरी शनिवार उद्धघाटन गरीएको छ । जसमा गाउँपलिकाका अध्यक्ष,उपाध्यक्ष सहित सम्पुर्ण जनप्रतिनिधिहरु,राजनितिक दलका प्रमुख एबं प्रतिनिधिहरु र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सहित सम्पुर्ण क्रमचारीहरुको उपस्थिती रहेको थियो ।
आइतबार बिहानबाट सुरु भएको फुटबलमा ३ वटा खेल खेलाइएको छ ३ वटा खेल मध्ये टाइगर स्र्पोट क्लब खत्याड र कार्कीबाडा फुटबल क्लब छायानाथ बिच भएको प्रतिस्प्रधामा टाईगर स्र्पोट क्लब बिजयी भएको छ यस्तै ए वान फुटबल क्लब छायानाथ र पिना फुटबल क्लब बिच प्रतिस्प्रधा हुँने भए पनि पिना फुटबल क्लब खेलमा सहभागी नै नभए पछि ए वान फुटबल क्लब स्वतहः बिजयी भएको छ यता फुबारी फुटबल क्लब लिब्रु र सोरु फुटबल क्लब बिच भएको प्रतिस्प्रधामा १ गोलले सोरु फुटबल बिजयी भएको खेलमैदानबाट उब्जन बुढाले बताए ।