मष्टादेब प्रथामिक बिद्यालययमा डेस्क—बेन्च नहुँदा एक बेन्चमा ८ जना बसेर अध्यन गर्न बाध्य भएका छन ।
हुम्लाको अदानचुली गउँपालिका वडा नम्बर २ मा रहेको उक्त विद्यालय ३ बर्ष अघि नयाँ ठाउँमा सारिएकोले बिद्यालयका बिद्यार्थी फर्निचरले धान्न नसक्ने गरी बस्दै आएका छन । सहज रूपमा शिक्षा प्राप्त गर्नु संवैधानिक अधिकार भए पनि यस विद्यालयका विद्यार्थी बेन्चमा बस्न पाए पनि केहि बिद्यँर्थी भने कक्षा कोठाभित्रको धुलाम्मे भुइँमा बसेर अध्ययन गर्न बाध्य हुँदै आएका छन ।
विद्यालयले कक्षा कोठामा डेस्क बेन्चको व्यवस्था गर्न नसकेपछि विद्यार्थीले भुइँमा बसेर अध्ययन गर्नुपरेको हो । कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयमा कक्षा १ का स—साना विद्यार्थी बालबालिका जीर्ण बेन्चमा बसेर अध्ययन गर्दै आए पनि बालविकासका सबै बिद्यार्थी भुईमा बस्दै आएका छन । बाँकी कक्षा २ देखि कक्षा ५ सम्मका सबै विद्यार्थी एक बेन्चमा ८ जना बसेर अध्ययन गरिरहेको शिक्षक पर बहादुर बुढाले जानकारी दिनुभएको छ ।
भुईँमा बसेर अध्ययन गर्नुपर्ने भएपछि विद्यार्थीको कपडासमेत चाँडै फोहर हुने गरेका छन । बिद्यालयले फर्निचरका लागि वडा, गाउँपालिका र अन्य शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायसँग डेस्क बेन्चका लागि आग्रह गर्दा हालसम्म कुनै पनि निकायबाट माग सम्बोधन हुन नसकेको शिक्षक बुढाले बताउनु भएको छ । ३ बर्ष अघि अदानचुली २ कै घोडे ढुंमा रहेको बिद्यालय गैरामा सारिनु अघिबाटै बिद्यालयमा फर्निचरको अभाब थियो ।
बिद्यालय सारेर कक्षा कोठा मात्र थुप्रै निर्माण भएपनि विद्यालयलाई आवश्यक डेस्क,बेन्चको समस्याले पठनपाठनमा समेत असर पारेको विद्यालयले जनाएको छ । उक्त बिद्यालय कक्षा ५ सम्म अध्ययन गरीने भए पनि यस अघिनै ८ वटा कोठा रहेका छन् भने अहिले फेरी २ कोठा बनीरहेका छन् केही दिनमा निमार्ण सम्पन्न हुँने भएको उपभोक्ता समितिले जनाएको छ ।
यता बिद्यार्थीअनुसार डेस्क बेन्च थोरै तर भबन भने १ कक्षालाई २ कोठा भाग पर्ने देखीन्छ । यस क्षेत्रको मष्टादेब मात्र नभएर अधिकांस बिद्यालयमा यस्तो समस्या देखीएको बिभिन्न विद्यदालयहरुले बताउँदै आएका छन् ।
बिद्यालयका शिक्षक र स्थानीयहरुले पनि कक्षा कोठा थप्नु भन्दा फर्निचरको ब्यबस्था गरिदिए हुँने हो तर सरकारले फर्निचरमा भन्दा कक्षा कोठा थपिदिएको प्रतिकृया दिए ।