मुख्यमन्त्री कार्यालयले कार्यविधि बिपरीत योजना छनौट गरेको छ यदी मुख्यमन्त्री कार्यालयले आफुखुसी योजनाहरु पठाउने गर्नुले स्थानीय सरकार नै अलमलमा परेको छ ।
अदानचुली गाउँपालिकाले मुख्यमन्त्री रोजगार कार्यालयलाई पठाएका योजनाहरु भन्दा नितान्त फरक योजनाहरु आए पछि श्रमीकहरु नै काम गर्नमा अलमल परेका छन् ।
अदानचुली गाउँपालिका वडा नम्बर १ को घम्क देखी तल्लो गाउँ घर जिउला सम्म सिचाई योजना पठाए पनि मुख्यमन्त्री कार्यालयले आफुखुसी सौणदेखी मानलेख बुइज्यानी पारीलेख सम्मको खानेपानी योजना पठाएको छ । यस्तै वडा नम्बर २ को ढल निकास आयोजना पठाए पनि मुख्यमन्त्री कार्यालयले ढाँण लाम्पाटा पहिरो नियन्त्रण योजना पठाए पछि नागरीकहरु अलमलमा पेका छन् ।
अदानचुली ३ को पनि गाउँपालिकाले कालेमाडौ गुइया खोला धरमशाला सम्मको सडक निमार्ण योजना पठाए पनि मुख्यमन्त्री कार्यालयले तातोपानी देखी मालझुल बाँसठाना पहिरो नियन्त्रण योजना पठाएको छ भने वडा नम्बर ६ को पनि कैलाशपुरी माध्यामीक बिद्यालय खेलमैदान तथा घेरबार पठाए पनि मुख्य मन्त्री कार्यालयले नाउला हुँदै रातोमाटा सम्मको सडक निमार्ण योजना पठाएको छ । गाउँपालिकाले पटक पटक योजना परिबर्तनको माग गर्दा पनि मुख्यमन्त्री कार्यालयले सुनुवाई नगरे पछि समस्या भएको छ ।
योजना छनौट गरी पठान पत्र पठाउँछ तर कार्यान्वयन आफुखुसी गर्छ मुख्यमन्त्रीको कार्यालय
हरेक वर्ष मुख्यमन्त्री रोजागर कार्यक्रमको लागि अषाढ महिनामै हरेक १ वडाबाट कम्तीमा ५ वटा योजनाहरु छनौट गराउन मन्त्रालयबाट पत्र पठाउँ छ तर कार्यान्वयन आफुखुसी गर्ने भएकाले योजना छनौट गर्न नसक्ने अबस्थामा गाउँपालिका छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मिति २०७९ साल सषाढ २९ गतेका दिन कर्णाली प्रदेशका सबै स्थानीय तहलाई २०७९ साल साउन मषान्त भित्र आयोजनाको स्वीकृतीका लागि मुख्यमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ब्यबस्थापन सुचना प्रणालीमा प्रविष्ट गरी कार्यपालिकाको निर्णय सहित आयोजना छनौट तथा सिफारीस गर्न पत्र पठायो तर स्थानीय तहले नियम पुर्वक पठाए पनि कार्यान्वयन भएन ।
यस्तो थियो आयोजना पठाउने पत्र
हुम्लाको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंहको अध्यक्षतामा २०७९ साल साउन १८ गते नै बैठक बसी हरेक वडामा पाँच पाँच वटा योजनाहरु छनौट गरी पठाएकोमा २ वटा वडाको योजनाहरु गाउँकार्यपालिकाले गरेको निर्णय अनुसार नै आए पनि अन्य ४ वटा वडाको योजना गाउँपालिकाले पठाएको योजनाहरुबाट नभई बाहिरबाट योजनाहरु आएका छन् । सो बैठकमा अदानचुली गाउँपालिकाका ६ वटा वडामा प्राथामीकताको आधारमा निम्न योजनाहर पठाएका थिए ।
वडा नम्बर १
१. घम्क देखी तल्लो गाउँघर जिउला सम्म सिचाई योजना ।
२.सौड देखी मानलेख,बुइज्यानी देखी पारीलेख सम्म खानेपानी
३.थापा गाउँबाट गैरा सम्म बाटो निमार्ण
४.भित्त खोला कैडेनी झाड देखी तुम्च कर्णाली करिडोर सम्म खानेपानी
५.घाट देखी कल्खे सम्म सडक मर्मत ।
वडा नम्बर २
१.ढलनिकास आयोजना अदानचुली २
२.थलोहाल्ना देखी २ नम्बर वडा कार्यालय हुँदै पुद्धुकोट सम्म बाटो निमार्ण
३.खेलमैदान घेरबार निर्माण,
४.खलसेरा पहिरो नियन्त्रण,
५.तुम्च खानेपानी निमार्ण ।
वडा नम्बर ३
१.फडेरा रोकाया गाउँ खडेन्ची पि सि सि निमार्ण
२. फडेरागाउँ बालबिकास भवन निमार्ण,
३. रोकायागाउँ बालबिकास भवन निमार्ण,
४.नदु माडौ देखी खोला गाडा सम्म पद मार्ग निमार्ण,
५.कालेमाँडौ देखी गुपा खोला सम्म खडेन्ची मार्ग निमार्ण ।
वडा नम्बर ४
१.लौठीगाउँ बस्ती ढल निकास एवं पहिरो नियन्त्रण,
२.रिल्म तिमिले कफाडी सिचाई,
३.अँदार खोला देखी काला ढुंगा सिचाई
४.लौठीगाउँ खेलकुद मैदान निमार्ण ।
५.हिल्सा मन्दीर देखीमाउवेरी सडक निमार्ण ।
वडा नम्बर ५
१. भवानी भैरब आधारभुत स्वास्थ्य केन्द्र भवन निर्माण
२.कालापानी देखी खोलासँडा सम्म सडक निर्माण,
३.लफाली देखी राउते बारीगाउँ सम्म सडक निर्माण,
४.सैनपाटा देखी कुकुर विना सम्म ग्रामिण सडक निमार्ण,
५.बारीगाउँ देखी डाँडागाउँ सम्म ग्रामिण सडक निर्माण ।
वडा नम्बर ६
१. कैलाशपुरी निमाबी फिल्ड निर्माण एवं घेरवार
२.भैरवनाथ बालबिकास फिल्ड निर्माण,
३. सर्किदेब प्रा बी फिल्ड निर्माण एवं घेरवार,
४.चोखे चौर फिल्ड निर्माण,
५.स्याङ्दाङङ्ग देक्गि भैसी मेला हुँदै आमखोला सम्मको बाटो निर्माण योजना
यस्तो छ गाउँकार्यपालिकाले गरेको निर्णय अनुसारका आयोजनाको विबरण
माथि उल्लेखीत योजनाहरु वडा समितिले पास गरी गाउँ कार्यपालिकाले अनुमोदन गरे पनि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कर्णाली प्रदेशले आफुखुसी योजनाहरु पठाएको छ ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले २०।२० लाखका १ वडामा १ योजनाको बजेट सिलिङ पठाएको थियो जस अनुसार निम्म याजनाहरु थिए ।
१ सौण देखी कोइलेख सम्म खानेपानी निमार्ण योजना अदानचुली १,
२.ढाड लाम्पाटा पहिरो नियन्त्रण अदानचुली २
३.तातोपानी देखी मालझुल बाँसठाना सम्म पहिरो नियन्त्रण अदानचुली ३
४.अँधेरी खोला देखी काला ढुङ्गा सिचाई अदानचुली ३
५.सैनपाटा देखी भवानी मन्दिर सम्म कच्ची सडक निर्माण अदानचुली ५
६. नाउला हुँदै रातामाटा सम्म सडक निर्माण अदानचुली ६
यस्तो छ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पठाएको बजेट सिलिङ्
माथि उल्लेखीत ६ वटा योजनाहरु मध्ये अदानचुली १ ले प्राथामीकीकरणको आधारमा घम्क देखी तल्लो गाउँघर जिउला सम्म सिचाई योजना पर्नु पर्नेमा दोस्रो नम्मबरमा रहेको सौड देखी मानलेख,बुइज्यानी देखी पारीलेख सम्म खानेपानी योजना बजेट सिलिङमा पठायो तर पनि यो योजना भने वडाले छनौट गरी पठाएको ५ वटा योजना भित्रकै पर्यो भने वडा नम्बर १ को वडा समितिले छनौट गरी पठाएको ५ वटा योजना भन्दा नितान्त फरक ढाड लाम्पाटा पहिरो नियन्त्रण भनेर पठाएको छ ।
यता अदानचुली ३ को पनि नितान्त फरक तातोपानी देखी मालझुल बाँसठाना सम्म पहिरो नियन्त्रण भनेर कुनै ब्यक्तिको योजनाको नाम लेखेर पठायो । त्यस्तै अदानचुली ६ को पनि वडाले छनौट गरेको बाहेकको योजना नाउला हुँदै रातिमाटा सम्म सडक योजना पठाएको छ ।
अदानचुली ४ र ५ मा भने प्राथामीकताको आधारमा १ नम्बरको योजनामा बजेट हाल्नु पर्नेमा ३।४ नम्बरको योजना पठाएको छ । अदानचुली ४ मा अँधेरी देखी कालढुङ्गा सिचाई र वडा नम्बर ५ मा ४ नम्बरमा रहेको सैनपाटा देखी भवानी मन्दिर सम्म कच्ची सडक निर्माण योजना पठाएको छ ।
यस अघि गाउँपालिकाले जुन योजना पठायो सोही योजनाहरु आउने भएकोले कुनै समस्या हुँदैन थियो तर पनि यति बेला सबै स्रमीकहरुले वडाले छानेर पठाएको योजनाहरुमा काम गरी सेका छन् अहिले अन्तीममा आएर अन्य योजना र बजेट सिलिङ पठाउदा काम गर्ने स्रमीक मात्र नभएर गाउँपालिका नै अलमलमा छ ।
आयोजना हेरफेरको लागि गाउँपालिकाले पत्र पठायो तर कार्यान्वयन भएन ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आयोजनाको नाम र बजेट सिलिङ् पठाए लगत्तै श्रमीकहरुले काम गरीसकेको अबस्थामा आयोजना हेरफेरको लागि मिति २०७९ साल माघ १३ गतेका दिन मुख्यमन्त्री रोजगार कार्यक्रम मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बिरेन्द्रनगर सुर्खेतलाई पत्र पठायो । उक्त पत्र सँगै कार्यपालिकाको आयोजना सिफारिस माइनुट,वडा नम्र ६ को बिमती पत्र र तहाँ कार्यालयबाट छनौट गरिएका आयोजनाहरुको बिबरण पठाएको थियो ।
यस्तो थियो आयोजना हेरफेरको पत्र
अदानचुली गाउँपालिकाले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजना हेरफेरको लागि पठाएको पत्रको जबाफ ४ महिना पछि अर्थात २०८० साल जेठ ७ गते पुर्वाधार विकास कार्यालय सिमकोट हुम्लालाई संसोधन सादर्भिक छ की छैन भनेर पत्रको मितिले ५ दिन भित्र जानकारी पठाउन निदेशानुसारको पत्र पठायो ।
यस्तो थियो मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पठाएको संसोधन सादर्भिकताको पत्र
सोही पत्रको आधारमा अदानचुली गाउँपलिकाले तत्काल ३ दिन भित्र वडा नम्बर १,२,३ र ६ को योजना विविध कारण बस कार्यान्वयन गर्न नसकिने भएकाले आयोजना संसोधन गराइ दिन हुँन सिफारीस पुर्वाधार बिकास कार्यालय मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाएको लगत्तै मिति २०८० साल जेठ १७ गतेका दिन पुर्वाधार विकास कार्यालयले पनि अदानचुली गाउँपालिका वडा नम्बर १,२,३ र ६ को योजना संसोधन गर्न सान्दर्भिक रहेकोले तत्काल संसोधन गराइ दिन पत्र पठाएको पनि यसको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले कुनै सुनुवाई गरेन ।
यस्तो थियो संसोधन सादर्भिकताको पत्र
मेलनै रिपलाइ गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
अदानचुली गाउँपालिकाले पटक पटक योजना संसोधनको लागि मेल गर्दा पनि कुनै प्रतिकृया दिएन त्यती मात्र होई स्वयम् वडाका वडा अध्यक्षहरु पनि मुख्यमन्त्रीको कार्यालयमा गएरै पत्र बुझाए पनि कार्यान्वयन भएन पुरानै योजनाहरुमा काम गर्न निर्देशन दियो ।
यसरी मेल पठाइएको थियो मुख्यमन्त्रीको कार्यालयमा ।
मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७७ ले मुख्यमन्त्री रोजगार कार्यक्रमबाट सञ्चालीत हरेक आयोजनाहरुको प्रगति बिबरण हरेक महिना पठाउन भनिएको छ । सोही अनुसार अदानचुली गाउँपालिकाले मिति २०८० साल जेठ २० गते यस महिनाको प्रगति बिबरण पठायो अँझ पनि पुरानै योजनामा काम गर्न निर्देश दियो ।
गाउँपालिकाले पठाएको प्रगति बिवरणमा गाउँपालिकाले पठाएका योजनाहरुमा काम गराई सकेकाले सोही अनुसार पठायो जसमा वडा नम्बर १ कल्खेको घम्क देखी महतारा गाउँ घरज्युला सम्म नहर निमार्णमा ३० प्रतिशत काम भैसकेको देखाएको छ ।
ढल निकास तथा बाटो निमार्ण योजना अदानचुली २ को ३० प्रतिशत,कालेमाडौ देखी धरमशाला सम्मको सडक निर्माण अदानचुली ३ मा ४० प्रतिशत,अँधेरी देखी कालाढुङ्गा सिचाइृ अदानचुली ४ मा ८० प्रतिशत,सैनपाटा देखी भवानी मन्दीर सम्म कच्ची सडक अदानचुली ५ मा ३० प्रतिशत र कैलाशपुरी माध्यामीक बिद्यालयको फिल्ड निर्माण अदानचुली ६ मा ३० प्रतिशत काम सम्पन्न भैसकेको बिबरण पठाए पनि सुनुवाई नभएको रोजगार संयोजक बिरबहादुर थापाको भनाइ छ ।
यस्तो थियो प्रगति बिबरणको पत्र
मुख्यमन्त्रीको कार्यालय नै कार्यविधि बिपरित का गर्छ
स्वीकृत मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७७ पहिलो संसोधन मिति २०७७ साल कार्तिक ८ गते भएको थियो । उक्त कार्यविधिको परिच्छेद ३ को ४(३) मा स्पस्ट सँग भनिएको छ कि उपदफ २ बमोजिम भेलाबाट बढी बेरोजगार भएका गाउँ बस्ती समेटिने गरी बढीमा ५ वटा योजनाहरु अनुमानित लागत सहित प्राथामिकताक्रम तोकी सिफारीस गर्नु पर्नेछ । सोही अनुसार अदानचुली गाउँपालिकाले छनौट गरेर पठायो तर सोही अनुसार योजना नआउनु यो कार्यबिधि बिपरित हो ।
सोही कार्यविधिकै परिच्छेद ६ को ६(७) मा प्राथामिकताक्रम सहितको सुचि सम्बन्धीत वडा कार्यालयले सम्बन्धीत स्थानीय तहमा र सम्बन्धीत स्थानीय तहले सम्बन्धीत जिल्ला स्थित सामाजीक बिकास कार्यालय मार्फत दफ(५) अनुसारको सिफारीस समिति समक्ष पेश गर्नु पर्ने छ ।
उपदफा ९ मा वडा भेलाबाट सिफारीस भएर आएका जम्मा ५ वटा योजना मध्येबाट सिफारीस समितिले उपयुक्त ३ वटा योजनाहरु छनौट गरेर निर्देशक समितिमा पठाउनु पर्ने छ भनिएको छ तर पनि सिफारीस समितिले ५ वटै योजना पठाए पनि मुख्य मन्त्रीको कार्यालय प्राथामिकताक्रममा ३ भन्दा पछिका योजनाहरु भनसानको आधारमा वा सुर्खेतमा बसोबास गर्ने वा नेताहरुको अघि पछिका ब्यक्तिहरुको योजनाहरु समाबेश हुँनुले स्पस्ट के थाहा हुँन्छ भने मुख्यमन्त्रीको कार्यालय नै कार्यबिधि बिपरीत काम गर्छ ।
कार्यबिधिले स्थानीय तहलाई मुख्यमन्त्री रोजगार कार्यक्रम अन्त्रगत कार्यान्वयन हुँने आयोजनाहरुको छनौट वडा समितिबाट चालु आ व को फागुन मषान्त भित्र,छनौट तथा सिफारीस समितिले चालु आ व को चैत्र मषान्त र निर्देशक समितिले चालु आ व को बैशाख मषान्त भित्र अन्तिम छनौट गरि सक्नु पर्ने भनिएको छ स्थानीय तहले सोही अनुसार पठाउँछन् तर मुख्यमन्त्रीको कार्यालयले यसलाई लत्याएर आफुखुसी अन्तीममा जेठ मषान्त सम्म आयोजना र बजेट सिलङ् पठाउनु पनि कार्यबिधि बिपरित हो ।
कार्यबिधि यस्तो छ ।
यस के भन्छन् त स्थानीय नागरीकहरु
गाउँपालिकाले छनौट गरी पठाएको आयोजनामा १३ दिन सम्म का गरी सकेकी हुम्ला अदानचुली ३ की गोरीकला पार्की अत्यन्तै चिन्तीत सँगै आक्रोश पनि छन् । उनि भन्छन् धेरै पटक काम रोकीने र फेरी काम सुरु गर्ने गराउनाले आफुहरुलाई आसंका छ हामी कोही कसैको ब्यक्तिगत योजना भन्दा पनि सामुहीक बिकासको काम गर्न चाहन्थ्यौ तर पनि अहिले १३।१३ दिन काम गरी सकेको अबस्थामा अर्कोयोजनामा काम गर्ने भने पछि आफुलाई कानमा हाने जस्तै भएको छ ।
हामीले १३।१३ दिन सम्म काम गरी सकेको छौ हामीलाई अरु केही चाहिएन काम गराउनेले १३ दिनको ज्याला दिनु पर्यो ।
यस्तै अदानचुली २ का नवराज बुढा ढल निकास तथा बाटो निमार्ण समितिका अध्यक्ष हुँन् उने २ दिन मात्र काम गराएका थिए काम रोक ? भन्ने निर्देशन आयो किन हो भनेर सोध्दै जाँदा आफुले काम गराएको र वडा तथा गाउँपालिकाले छनौट गरेको भन्दा नितान्त फरक योजना कुनै एक जनाको ब्यक्तिको आयोजना मुख्यमन्त्रीको कार्यालयले पठाएको रहेछ त्यही ठाउँमा काम गर्नु पर्यो हैन भने तिमिहरुले गरेको कामको पैसा पाउँदैनौ भन्ने कुरा आए पनि काम रोक्यौ धेरै दिन पछि फेरी काम गर जे होला त्यही गरौला समय सकिन लाग्यो भने पछि फेरी पुरानै योजनामा काम सुरु गरेका छौँ तर पैसो पाउने नपाउने एकिन छै ।
आफुहरुले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यवीधि २०७७ अनुसार योजनाहरु छनौट गरी पठाए पनि मुख्यमन्त्री कार्यालयले आफुखुसी योजनाहरु पठाउँदा आफुहरुलाई समस्या भएको रोजगार सेवा केन्द्रको भनाइ छ गकार्यविधि अनुसार २०७९ साल सान १८ गते गाउँ कार्यपालिकाको बैठकले अनुमोदन गरेका योजनाहरु भन्दा फरक योजनाहर मुखय मन्त्री कार्यालयले पठाउँछ भन्ने हामीलाई थाहा भएन आफुहरुले छनौट गरेका योजनाहरुमा काम गर्न लगायौ रोजगार सेवा केन्द्रका प्रमुख बिर बहादुर थापाको भनाइ छ ।
मुख्यमन्त्री कार्यालयले कार्यविधि बिपरीत योजना छनौट गरेको छ यदी मुख्यमन्त्री कार्यालयले आफुखुसी योजनाहरु पठाउने हो भने स्थानीय सरकारलाई योजना माग किन गर्ने ? आफुलाई जुन जुन मन पर्छ त्यही योजनामा काम गर भनेर समयमै जानकारी किन गराएन ? यदी हामीले पठाएको योजनाको नाम संसोधन गरी आएन भने को कसले यस किसिमको बेइमानी गरेको हो पत्ता लगाउने कानुनी प्रकृया द्धारा भए पनि श्रमीकको ज्याला उपलब्ध गराउने गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया सुधारले बताए । उनले भने यसको जवाफदेही मुख्यमन्त्रीको कार्यालय नै हुँनु पर्छ ।
मुख्यमन्त्री तथा मन्त्रीषदको कार्यालय कर्णाली प्रदेश भने यसबारे ठाडो जवाफ दिन्छ । यो मुख्यमन्त्रीको काबु भित्रको योजना भएकाले आफुहरुलाई खासै जानकारी हुँदैन यस अघिनै केही योजनाहरुको त संसोधन भयो अब योजना संसोधन गर्न पनि संभब नभएकाले गाउँपालिकाले काम गर्न लगाएका योजनाहरु गाउँपालिकाकै दायित्वबाट पुर्ति गर्नु पर्ने मनत्रालयका सचिब आनन्द सारुको छ ।
काम गरे पनि समयमा ज्याला पाउँदैनन् श्रमीकले ।
यहाँका अधिकांस नागरीकहरुले विभिन्न आयोजनाहरुमा दिनको करिब ८ घण्टा सम्म काम गरे पनि ज्याला भने कसैले पनि समयमा दिने नगरेको बताएका छन् । काम गराउने तर ज्याला ६ महिना देखी १ र्वा सम्म नदिने गरेको अदानचुली ३ की लशु रोकायाले बताएकी छन् उनका अनुसार कम ज्याला दिनेलाई जिम्मेवार निकायले अनुगमन नगरेका कारण पनि आफूहरु कम ज्यालामा श्रम बेच्न परेको अवस्था छ ।
यता अदानचुली १ का वर्ष महताराका अनुसार आफु एक योजना(पसाने सिचाई आयोजना) को काम गरेको करिब ५ वर्ष भन्दा धेरै भयो अहिले सम्म पैसा पाएको छैन, रकम सबै निकास भैसकेको छ तर मैले ज्याला नपाएको गुनासो गछर्न् ।
जिल्ला दररेटको पनि आधा भन्दा कम ज्याला दिन्छन् यहाँका उपभोक्ता समितिहरु ।
जिल्लाका महिला पुरुषको तुलनामा कम ज्याला पाएर प्रताडित छन् भने पुरुष श्रमिकले पनि जिल्लाको रेट अनुसारको ज्याला पाएका छैनन् । गाउँमा सञ्चालन हुने योजनामा उपभोक्ता समिति, ठेकदारको मनपरी अनुसार निर्धारण भएको रेटमा आफूहरुले दुई सय देखि ६ सयसम्म पारिश्रमिक पाउने गरेको खार्पुनाथ गाउँपालिका २ कारंगाका हस्तविर शाहीको भनाइ छ ।
यस्तै यो समस्या अदानचुलीको मात्रै होइन, जिल्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकामै पनि श्रमिक महिलाहरुले प्रापत गर्ने ज्यालामा विभेद छ । सरकारी योजनाको काममा आउने कूल रकमका बारेमा जानकारी नदिने, केहि बोलेमा आफूहरुलाई धम्क्याउने गरेका कारण पनि ज्यालामा आफूहरुमाथि विभेद हुने गरेको सिमकोट गाउँपालिका २ ठेहेकी सिलदेवी परियारको भनाइ छ ।
राज्यका सबै निकायबाट आउने विकासे योजनाका उपभोक्ता विकास गर्नका लागि भन्दा विकास खानका लागि उद्धत भएकाले पनि श्रमिकले पाउने ज्यालामा समस्या भएको निष्कर्ष स्थानीय तहका पदाधिकारीले निकलेका छन् । उपभोक्ता समिति र ठेकदारले आप्mनो विकासे योजना सञ्चालन गर्ने नियको पालना नगर्ने र उनिहरुलाई कानूनी दायरामा ल्याउन जिम्मेवारी निकायले पनि चासो नदिएका कारण थप समस्या भएको अदानचुली गाउँपालिकाका उपाध्यक्ष तथा न्ययिक समितिका संयोजक कर्ण रोकाया (सुधार)ले बताए ।
यस्तो छ जिल्ला दर रेट