निर्माण सुरु भएको करिब ४ वर्षमा हुम्लाको अदानचुली १ दोमुख र मुगुको सोरु गाउँपालिका जोड्ने झुलङ्गे पुल निर्माण भए लगत्तै उद्धघाटन गरिएको छ ।
२०७६ साल असार २९ गते देखी निमार्ण कार्य सुरु भई हाल सम्पन्न भएको दोमुख झुलङ्गे पुलको बिहिबार अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाले रिबन काटेर उद्धघाटन गर्नु भएको हो ।
यस अघि पुल निर्माण नहुँदा नागरिकहरु तुइनको भएरमा जिवन दाउमा राखेर तर्नु पर्ने बाध्यता थियो अब नागरीकहरुलाई कुल देवता सम्झेर तुईन तर्नु पर्ने बाध्याता हराएको र तुइन तर्नु पर्ने बाध्याता सधैका लागी हटेको सोरु ३ भिईका ऐना कार्कीको भनाइ छ उनले आफु महिला मान्छेलाई तुईन तर्न निकै असहज थियो अहिले पुल बन्दा धेरै सहज भएको छ ।
अदानचुली गाउापालिकाको समन्वय तथा हिमालयन कन्जरभेसन एण्ड डेभमेन्ट एसोसियनको करिब ९३ लाखको लागतमा लगातार ४ वर्ष लगाएर निमार्ण कार्य सम्पन्न भएको उपभोक्त्ता समितिका अध्यक्ष नर थापाले बताए ।
पुल निर्माण भए पछि मुगुका कालै,सिड्डि खनाया,धैन र भिईका नागरीकलाई सहजभई घर आगानमा सडक पुगेको महशुस भएको छ उपभोत्त समिति उपाध्यक्ष समेत रहनु भएका सोरु ३ भिईका रामु काकीले बताए । उनले अब पुल निर्माण हुँदा कर्णाली करीडोरबाट आयात बिभिन्न दैनिक उपभोग्य बस्तु लगायतका अन्य सामाग्री आयात गर्न र आफुहरुलाई कुनै पनि सहरी क्षेत्रको यात्रा गर्न सहज भएको प्रतिकृया दिए ।
यतीबेला हुम्ला जिल्लाका १० वटा पुल मध्ये ढिलै भए पनि नमुना पुल बनेको छ । जिल्लाका धेरै पुलको स्टमेट आफुले गरेको र सोही पुल पनि आफैले हेर्ने भएकाले जिल्लाका १० पुल मध्यको उत्कृष्ट पुलको नजरमा आफुले राखेको पुल निर्माणमा खटीएका प्राविधिक बिश्नुलाल जैसीले बताउनु भयो ।
दौमुखमा पुल निर्माण हुँदा सहज वातावरण भयो तर कहिलै काही नजिकताले झै झगडा उत्पन्न गराउछ तर यसका लागि दुबै जिल्लाका नागरीकलाई यसो नगर्न आग्रह गर्दै कर्णाली संघम स्थल भएकाले पर्यटकीय क्षेत्रमा व्यवस्थीत गर्न सानो मन्दिर बनाएर धर्मशाला निर्माण गर्न कार्यपालिकामा छलफल गरी कार्यन्वयन गर्ने अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाकाे भनाइ रहेको छ ।
उनले आफुले यस क्षेत्रमा पर्यटकिय क्षेत्रलाई खान र बस्नको सम्पुर्ण ब्याबस्था सहितको एउटा धर्मशालाको निर्माण गर्न कार्यपालिकामा आवाज उठाउने बताउनु भयो ।
पुल उद्धघाटन कार्यक्रममा अदानचुली १ का वडा अध्यक्ष अके महतारा,कार्यपालिका सदस्य भैकती लुवार,स्वास्थ्य शाखा संयोजक हंस महतारा,हेल्थ असिष्टेन सन्तोष बुमी लगायत उपभोत्ता समिति अध्यक्ष नर थापा,उपाध्यक्ष रामु कार्की लगायत स्थानियहरुको उपस्थितमा पुलको उद्धघाटन गरिएको छ ।
फोटो फिचर