अदानचुली गाउँपालिकले आर्थिक बर्ष २०८०।०८१ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक बर्षका लागि अनुमानीत २५ करोड ७० लाख ८४ हजार ६ सय ७६ रुपैयाँको अनुमानित आय ब्याय प्रस्तुत गरेको छ ।
गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंहले आर्थिक बर्ष २०८०।०८१ को निति तथा कार्यक्तम प्रस्तुत गर्दै १३ वटा क्षेत्रलाई प्राथमिकता दिएर निति तथा कार्यक्रम ल्याएको छ । पहिलो प्राथमिकता पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन रोजगारी र कृषि लगायतका क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष सिंहले प्रादेशिक स्थानीय सडक सुधार आयोजना अन्तर्गत गल्फागाड श्रीनगर हुदै कालगाड सम्मको १४ किलोमिटर सडक कालो पत्रे गर्ने, स्तर उन्नती गर्ने गरी बिश्व बंैक सँग समन्वय गरि कार्यक्रम लागु गर्ने बताए ।
करिब ६ वर्ष सम्म भाडामा रहँदै आएको गाउँपालिकाको कार्यालय यस वर्षबाट भवन निमार्णको थालनी गर्ने भएको छ भने वडा कार्यलय र १५ सैयाको अस्पताल निमार्ण कार्य सुरु गरीने उक्त निति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।
गाउँपालिकामा खेलकुदको समस्यालाई मध्येनज गरी रंगशालाको निर्माणको थालनी गरीने छ भने गाउँपालिका भित्र सबैलाई रोजगारी दिई गरीबि न्युनिकरण गर्नको लागि कोही भोकै पर्दैन, कोही भोकै मर्दैन जस्ता महत्वकांक्षि योजनालाई पनि अघि सारिएको छ ।
यस अघि नितिमा ल्याइएका तथा कार्यान्वयन गर्न नसकिएका तथा केही सुरु गरिएको सम्पुर्ण कार्यक्रमहरु,एक घर एक बगैचा,एक घर एक धारा जस्ता कुरालाई निरन्त्रता दिएको छ । भने एक घर एक धारा सरसफाई लागौ सार भन्ने मुल नारालाई अंगिकार गरी यसै आर्थिक बर्ष भित्र सम्पन्न गर्ने निति लिएको छ ।
गाउँपालिकाले निति तथा कार्यममा गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाले आगामि आर्थिक वर्षको अनुमानीत बजेट प्रश्तुत गर्दै पालिका भित्र रहेका विभिन्न खेतियोग्य जमिनमा सिंचाइको लागी सिंचाई, नहर, पोखरी, प्लाष्टिक पोखरी तथा लिफ्ट सिचाइ निर्माण गर्ने कार्यक्रम राखीएको छ ।
गाउँपालिका भित्रका सडकलाई स्तरोन्ती गर्दै सडकको पहुँचमा नजोडिएका सडकको पहुँच पुराउने , वडा नम्बर ५ को ठाडा काट्ना जोड्ने कच्ची ग्रामिण सडक निर्माण,वडा नम्बर ६ को पाल्स लमई सडक बिस्तार गर्ने भएको छ ।
युवा लक्ष सिप र दक्षतामा आधारित कार्यक्रम उद्यमशिलता तालिम निजि तथा सामुहिक लगानी गरि उत्पादनमा आधरित अनुदानको ब्याबस्थ गर्ने भएको छ । भने गाउँपालिकामा कृषक दर्ता कार्यक्रम अगाडि पढाई परिचय पत्र बितरण गरी सोको आधारमा पालिकामा लाग्ने करको छुट गर्ने र एक गाउँ एक कृषि प्राबिधिकको अबधरणा ल्याउने निति लिएको छ ।
गाउँपालिकामा रहेको बाँझो जमिनमा तरकारी खाद्यन्न बाली र पशुपंक्षि पालन गरेमा प्रति रोपनिका दरले कार्यबिधि अनुसार अनुदान दिइनेछ खाद्यय पोषण सुधार गर्न एक घर एक करेसाबारी कार्यक्रमलाई निरन्तरता दिएको छ । कृषकको उत्पादनलाई बजारीकरण गर्न कृषि उपज संकलन केन्द्र स्थापना गर्ने ,एक वडा एक फलफुल बगैँचा स्थापनाको कार्यक्रम अगाडी बढाउने ,ओखर,स्याउ,केरा,सुन्ताला तथा कागतिको बगैँचा तयार गरी पकेट कार्यक्रम आत्मनिर्भर बनाई नाफा परियोजना र अल्प उत्पादनलाई बृद्धि गर्ने तथा रैथाने बालीको उत्पादन तथा संरक्षणका लागि कृषकलाई रैथाने बाली उत्पादन गर्न जोड दिने,मौरी पालनलाई थप ब्यावसायिकरण गर्न कृषकलाई अनुदान उपलब्ध गराईन र कृषि प्रर्दशन कार्यक्रम गरी कृिष उत्पादन वढाउन जोड दिने निति लिइएको छ ।
गाउँपालिकामा रहेका साना दुई ओटा जलबिद्युत आयोजनालाई दिगो र भरपर्दो बनाउन उपाभोक्ता समिति तथा संञ्चालक समिति संग समन्वय गरी स्थायित्व कायम गर्ने पनि उक्त प्रस्तुत निति तथा कार्यक्रममा उल्लेख गरीएको छ भने सुचना सञ्चारमा भने खासै स्पस्ट निति उल्लेख गरीएको छैन । रेडियो श्रीनगर एफ र बाजुराको बुढी नन्दा एफ एम मार्फत सार्बजनीक सुनुवाइको ब्यबस्था गरीने छ । भने फ्रो जि टावर निमार्ण देखी सबैलाई इन्टरनेटको पहुँच गराइने छ ।
छाउपडि छुवाछुत,बाल बिबाह,बहु बिबाह रोक्नका लागि बिभिन्न अभियान संञ्चालन गर्ने जस्ता केही जनचेतामुलक कार्यक्रम गर्ने,स्थानीय पाठ्यक्रम लागु गर्ने,करार शिक्षकको ब्यबस्था गरी शिक्षक अभाब हुँन नदिने जस्ता निति लिएको छ ।
यस्तो छ निति तथा कार्यक्रम