सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर राेकायाले कृषि उत्पादन बजारीकरणमा पालिकाले भुमिका खेल्ने बताउनु भएकाे छ ।
महिला कल्याण सेवा सर्केगाडले सञ्चालन गरेकाे एक कार्यक्रममा बाेल्दै यस्ताे बताउनु भयाे ।माैसमी कृषि उत्पादन खेर गएकाे बताएका अध्यक्ष राेकायाले भण्डारण आवश्यक रहेकाे ओैँल्याएका छन । कृषि उत्पादन बजार सम्म जाेड्न विभिन्न समस्याले प्रचार प्रसार हुन नसकेकाे उल्लेख गर्दै पालिका भण्डारण नियमन निकायसँग समन्वय गर्न तयार रहेकाे दावि गरे ।
मूल्य निरधारणका लागि पालिकाले बैठक आवान गर्ने,बजार अनुगमन गर्ने र श्रमिककाे लगानी हेरेर निरधारण गर्ने आसपासन दिनु भएकाे छ । तर जिल्ला दररेडमा टेकेर निर्धारण गर्नु पर्ने अवगत गराउनु भयाे । महिला उद्यमी लाई अनुदान उत्पादन र बजारीकरण सँग जाेड्न थप गृहकार्य बाकी रहेकाे अध्यक्ष राेकायाकाे भनाई छ ।
कृषि अनुदानमा वास्तविक किसान सम्म सेवा प्रवाह हुन सकेकाे छैन । भने माटाे परिक्षण गर्न पनि आवश्यक रहेकाे छ । आर्थिक रुपान्तरणद्वारा महिला सशक्तीकरण परियाेजना अन्तरगत महिला उद्यमीहरुका लागि अनुदान तथा अन्य सहायतार्थ गाउँपालिकासँग समन्वय सम्बन्धि कार्यक्रम भएकाे महिला कल्याण सेवाका कार्यक्रम व्यावस्थापक ज्ञानेन्द्र प्रसाद पन्तले जानकारी दिनुभयाे ।
महिला कल्याण सेवाकाे आयाेजनामा तथा cku काे आर्थिक सहयाेग,मिसन ईष्ट नेपालकाे प्राविधिक सहयाेगमा र सर्केगाड गाउँपालिकाकाे समन्वयमा कार्यक्रम भएकाे सर्केगाडमा रहनु भएका हाम्रा सहकर्मि युवराज भण्डारीले खबर पठाउनु भएकाे छ ।
गाउपालिका अध्यक्ष ठान बहादुर राेकायाकाे अध्यक्षतामा तथा वडा अध्यक्ष ,कार्यपालिका सदस्य , बजार व्यावसायिक नागरिक समाज,सञ्चारकर्मि,सुरक्षा निकायकाे सहभागिता रहेकाे थियाे ।