सर्केगाड गाउँपालिकाको वडा नं. ४ साँया गाउँ साक्षर घोषणा गरिएको छ।
१५ देखि ६० वर्ष उमेर समूहका ९६ प्रतिशत गाउँपालिकाबासी साक्षर भएपछि साक्षर घोषणा गरिएको हो ।गाउँपालिकाले यसै वर्ष गरेको सर्वेक्षणमा सो उमेर समूहका ८ सय ५० जना नागरिक मध्ये ८ सय १६ जना साक्षरण जनसंख्या भेटिए वडालाइ साक्षर घोषणा गरीएको वडा अध्यक्ष धनबहादुर छत्यालले बताए ।
जिल्ला समन्वय समिति सदस्य सिंग सिंहले साक्षर वडा घोषणा गर्दै अब विस्तारै सबै वडा घोषणा गर्न गाउँपालिकालाइृ अाग्रह गर्नु भयो ।
गाउँपालिकाकै पहिलो साक्षर वडा घोषण भएकोमा आफू खुशी भएको बताउँदै उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति)ले अब चाडैं गाउँपालिका पुर्ण साक्षर घोषणा गरिने बताउनु भयो ।
वडा अध्यक्ष धन बहादुर छत्यालले साक्षर घोषणामा अमुल्य सहयोग गर्नमा भुमिका खेल्ने सबैलाइ धन्यवाद दिदै वडा सरकारबाट शिक्षा क्षेत्रमा के कस्तो गर्नु पर्ने हो समग्र बिकासको लागि रचनात्मक सल्लाह सुझावको अपेक्षा राख्नुभयो ।
गाउँपलिकाका शिक्षा शाखा प्रमुख बिर्जन शाहीले सर्वेक्षणमा ३४ जना मात्रै निरक्षर नागरिक भेटिएकाले साक्षरता अभियान सञ्चालनका लागि गरिएको सर्वेक्षणमा ९६ प्रतिशत नागरिक साक्षर देखिएपछि गाउँपालिकाले साक्षरोत्तर कार्यक्रम सञ्चालनका लागि वडापालिकालाई साक्षर घोषणा गरेको हो ।
नेपाल सरकारको मापदण्डअनुसार पूर्ण साक्षर स्थानीय तह हुँनका लागि कम्तिमा ९५ प्रतिशत नागरिक साक्षर हुनुपर्छ । शिक्षा शाखा प्रमुख शहिले अब गाउँपालिकाले साक्षरता कार्यक्रमलाई निरन्तरता दिनुका साथै साक्षर नागरिकका लागि जीवन उपयोगी सीप तालिम सञ्चालन गर्ने बताए । उनले शैक्षिकस्तर अनुसार नागरिकलाई गाउँपालिकाले विभिन्न कार्यक्रममा सहभागी गराउने बताउनु भयो ।
कार्यक्रममा सर्केगाड गाउँपालिकाका उपध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति), वडा अध्यक्ष धन बहादुर छत्याल, जनप्रतिनिधि सदस्य, जिल्ला समन्वय समिति सदस्य सिंग सिंह, नागरिक समाज, शिक्षक बुद्धिजीवी, संघ सस्था, राजनीति दलका प्रतिनिधि लगायत वडाबासिहरुको उपस्थितिमा साक्षरता वडा घोषणा गरीएको हो ।