आर्थिक वर्ष सकिनै लाग्दा गाउँपालिकाले अनुगमनलाई तिब्रता दिएको छ ।
कुनै पनि योजनाहरुको अन्तीम भुक्तानी लिनु अघि गरिने मुल्याकन समितिले हिजो आज निरन्तर रुपमा योजनाहरु अनुगमन गरिरहेको छ । आज बुधबार पनि गाउँपालिकाका उपाध्यक्ष समेत रहेका उनुगमन समितिका संयोजक कर्ण राकायाको नेतृत्वमा वडा नम्बर ५ मा भएको सुपाखेत प्राथामीक बिद्यालय र काँखे प्राबि सहित अन्य योजनाहरुको अनुगमन गरेको छ ।
अनुगमन टोली योजनाहरुको अनुगमन मात्र नभएर समग्र बिद्यालयको भौतिक तथा शैक्षिक अबस्थाको समेत अनुगमन गरेको उपाध्यक्ष रोकायाले बताउनु भएको छ । पछिल्लो समय अख्तिीयार दुरुपयोग अनुसन्धान आयोगले समेत कडाई गरेको अबस्थामा गाउँपालिकाले पनि कर्डाका साथ अनुगमन गरेर मात्र भुक्तानी दिने भएकाले स्वयम् आफै अनुगमनमा आएको निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीको भनाइ छ ।
उनका अनुसार अनुगमन समितिले अनुगमन गरे पनि कुनै मुद्धा मामिला परे आफुलाई समस्या हुँने भएकाले सकबर सबै नभए बृहत्त खालका योजनामा आफै पुगेर हेरेर मात्र भुक्तानी गर्ने बताउँदै आज दुई वडा द्यिालय अनुगमन गरेर वडा नम्बर ६ मा रहेका मन्दीर बाटोघाटोहरु पनि अनुगमन गरेकोे बताउनु भयो ।
अनुगमनका क्रममा बुधबार अनुगमन गरिएका तिनै बिद्यालयको अबस्था राम्रो देखीएको बताउनु भएको तर बिद्यालयमा भने दरबन्दीको अबस्था सबै ठाउँ उस्तै रहेको बताउनु भएको छ यसै गरी सल्लाघारी माध्यामीक बिद्यालयको पनि अनुगमन गरिएको बताउनु भएको छ ।
सुपाखेत प्राथमीक बिद्यालय र काँखे प्राबीमा २७ लाख ५० हजारका राष्टपति शैक्षिक सुधार कार्यक्रम मार्फत बिद्यालयको भबन बनिरहेका छन् । भने सल्लाघारी माध्यामिक बिद्यालयमा ट्वाइलेट बनीरहेका छन् ।
अनुगमनमा अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया,निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाही,वडा नम्बर ५ का वडा अध्यक्ष कमल बहादुर छत्याल,इन्जीनीएर दलसिंह बिष्ट र सञ्चारक्रमीको समेत उपस्थिती रहेको थियो ।