पाटी एकता कायम राख्न शिक्षक संघ सर्लेकेगाले नेपाली काङ्ग्रेसँग अन्त्रकृया गरेको छ । नेपाल शिक्षक संघ सर्केगाडले शिक्षककाे मर्यादित पेसा,विधार्थी जीवनाेपयाेगी शिक्षा भन्ने नाराका साथ मुल पाटी नेपाली काँग्रेशसँग अन्तरक्रिया गरेको हाे ।
काङ्ग्रेस माहाधिवेसनकाे गुट उपगुट र निर्वाचनका गतिविधि अहिले पनि हाबी भएकाे चिन्तनमा रहेकाे शिक्षक संघले मध्यस्थकाे भुमिका निर्वाह गर्दै एउटै कार्यक्रमबाट एकै आवाज बाेल्न र एकै ठाउँमा उभिएर पार्टी सुदृढ तर्फ लाग्न आवाज उठाएकाे छ ।
पाँच वर्षमा हाधिवेशन एक पटक हुने हुँदा लाेकतान्त्रीक पद्धतिबाट चयन भएकाे नेतृत्वले बाँकी चार वर्षकाे समय धार उपधार रहित बनाएर काङ्ग्रेसकाे राजनिती बाट जनमुखि बनाेस् भन्ने आसयले तिक्तता मेटाउन नेपाल शिक्षक संगठन गाउँपालिका र निर्वाचन क्षेत्र स्तरीय पाटीका नेताहरुलाइ बाेलाएर अन्त्रकृया गरेको हो ।
कार्यक्रममा धार उपधार मेटाउन,विधालय मर्चकाे सृजना गर्न तथा दरबन्दी मिलान सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएकाे नेपाल शिक्षक महासंघ अध्यक्ष दिवारकर छत्यालले भनाइ छ। निर्वाचन क्षेत्र नं क का काङ्ग्रेस सभापति मानदेव शाहीले ठुलाे घरकाे कुरामा भाईकाे मनमुटावमा अरुले स्वार्थ लुट्ने हुँदा यस्ता किसिमका कार्यक्रम निरन्तर हुँन उचित रहेकाे बताउनु भयो उनले प्रदेस पार्टीकाे अबकाे भविष्य के छ भन्ने प्रस्नकाे जवाफ फर्काउदै तल्लाे क्षेत्रका तिनवटा गाउँपालिका स्थानीय सरकारकाे नेतृत्व काङ्ग्रेसले गरेकाे र ७४ भन्दा अहिलेको अवस्था झन् राम्राे भएकाे दावि गर्नु भयो ।
उहाले काङ्ग्रेस आबद्ध भात्रीसंघले बलियाे बनाउन गठित कार्यक्रममा लाग्न आवाहान गर्दै निर्वाचनमा स्वतन्त्रकाे पक्षमा देखिएका प्रस्तापक र समर्थकलाई मात्र पार्टीले कार्बाही गर्ने भनेकाे प्रस्ट पार्दै उनिहरुलाई पनि कार्बाही फिर्ता हुँन थालेकाे बताउनु भयो । स्वातन्त्रबाट निर्वाचित चँखेली गाउँपालिका अध्यक्ष प्यारी लाल शाही पार्टीमा आबद्व भईसकेकाे बताउदै थप गृहकार्य गर्दै मँगल बहादुर शाही ,लाेकेन्द्र भण्डारी ,तिलक शाही,नैन सिंह,सुर्य बहादुर शाहीकाे नाम लिदै सभापति शाहीले पार्टीमा आबद्ध हुँन समन्वय जारि रहेकाेले चिन्ता नगर्न नेपाल शिक्षक संघ र पाटी कार्यकर्तालाइ आसपासन समेत दिनु भयाे।
शिक्षकहरुले सुविधाकाे आँचमा उठाएकाे जिज्ञासाकाे जवाफ दिदै स्थानिय सरकारकाे नेतृत्व समालीरहेका पालिका अध्यक्ष ठान बहादुर राेकायाले गुणस्तरीय शिक्षा अवलम्बन गर्न वार्षिक असी लाख विनियोजित भएकाे र शिक्षा शाँखाकाे वस्तु स्थितीकाे तथ्यांकअनुसार सेवा प्रदान भएकाे जिकिर गरे । अब स्थानीय पाठ्यक्रम प्रारम्भ गर्न गृहकार्य भएकाे उल्लेख गर्दै दरबन्दी मिलानमा समेत हेरफेर हुनसक्ने संकेत गर्नु भयाे । उनले पार्टी सुदृढीकरणकाे पहिलाे शक्ति भात्रीसंघ रहेकाे बताउँदै अबकाे जिम्मेवारी युवा तथा नेविसंघ, शिक्षक संघकाे काँधमा आएकाे छ विगतका दिनकाे समीक्षा गरेर संगठन विस्तार गर्नु पर्नेमा सबै आ आफ्नो ठाउँबाट एकजुट हुँन आग्रह गर्नु भयो ।
अब्त्रकृया कार्यक्रममा सर्केगाड गाउँ कार्यसमितिका सभापति धनराज शाहीले भ्यागुताकाे व्याङग्य प्रहार गर्दै पानीमा गाह्राे भए जमिनमा र जमिनमा गाह्राे भए पानीमा जाने कामले बिगारेकाले सिजनकाे साईनाेले राजनितीक प्रविधि नबिगार्न नेताहरुलाइ सुझाब दिनु भयो । उनले धार मेटाउन आ आफु विच आत्मआलाेचना गरेर बढ्नु परे आफुहरु तयार रहेकाे दावि गरेका सभापति शाहीले गलतमा सचिन कन्जुसाई गर्न नहुने बताए ।
यसैगरी विजय भए पछि सम्मान गर्ने पराजित भए कार्बाही गर्ने प्रबिधि गलत भएकाे शिक्षक संघ पालिका अध्यक्ष काली बहादुर महताराकाे भनाई छ । टिकाटिपणी र यता र उता कुरा पुगाउनुले संघगठन र पार्टी कम्जाेर हुन पुगेकाेले धार उपधार हटाउन काङ्ग्रेस आवद्ध सम्पुर्ण भात्रीसंघ मध्यस्थकर्ताकाे भुमिकामा रहन जरुरत रहेकाे बताए । नेपाल शिक्षक संघ सर्केगाड गाउँकार्यसिमति अध्यक्ष काली बहादुर महताराकाे सभापतित्वमा र नेपाली काङ्ग्रेस क नं निर्वाचन क्षेत्र न कका सभापति मानदेव शाहीकाे प्रमुख आथितिथ्यमा तथा सर्केगाडका सत्ता प्रमुख ठान बहादुर राेकाया , सर्केगाडका पार्टी सभापति धनराज शाही शिक्षक संघका शुभचिन्तक लगायत आस्थावान साखा प्रमुखहरुकाे उपस्थित भएकाे थियाे ।