हुम्लाकाे सर्केगाड गाउँपालिकाले पाँच वर्षे आवधिक याेजनाकाे पहिलाे खाका हस्तान्तरण भएकाे छ ।
पालिकाकाे पार्श्वचित्र तथा आवधिक याेजना तर्जुमा पहिलाे खाका तय भएकाे छ । नेपाल र एसियाली अनुसन्धान केन्द्र (CNAS) परामर्शदाता डाक्टर रत्नमणी नेपालले गाउँपालिका अध्यक्ष ठान बहादुर राेकाया लाई हस्तान्तरण गर्नु भएकाे हाे ।
"कृषि ,पर्याटन,वन र पहुँचयुक्त पुर्वधार,,, शिक्षा स्वास्थ्य र समावेशी दिगाे विकास समुन्नत सर्केगाडकाे आधार"भन्ने मुल नारा समेटेकाे छ ।
पालिका र परामर्शदाता : नेपाल र एसियाली अनुसन्धान केन्द्र (CNAS) बिच पुस १८ गते भएकाे समझाैता अनुसार पहिलाे खाका तयारी पश्चात् एक कार्यक्रमका माझ पालिका सभाहलमा हस्तान्तरण भएकाे प्रमुख प्रसासकिय अधिकृत नर रावतले बताए ।
उहाँका अनुसार तीन चरणमा पाँच वर्षे आवधिक बुझिने छ भने भुगाेल,तथ्यांक विश्लेषक मार्फत पालिकाकाे बस्तु स्थिति अवलाेकन पछि साेही आवधिमा साना,मझाैला र बृहत् याेजना तथा शिक्षा स्वास्थ्यकाे विकास सम्बन्धि रणनीति तय हुने भएकाे छ ।
हस्तान्तरण कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष ठान बहादुर राेकायाले पाँच वर्षे कार्यकालमा विकासका याेजना बनाउने भन्ने आवधिक याेजनाले साेच,लक्ष्य,ओैचित्य पूरा गर्न परामर्शकाे साहारा रहेकाे बताउनु भयाे । उहाँले हामी अहिले कहाँ छाै भाेली के गर्ने भनेर भावि आवधिक याेजनामा जुट्न आवाहान गर्नु भयाे ।
कार्यक्रममा उपाध्यक्ष चन्द्रसिङ कार्कि, आठ वटै वडाका वडा अध्यक्ष ,शाखा प्रमुखहरु ,राजनितिकदलका प्रतिनिधि ,सरकारी तथा गैर सरकारी निकायका पदाधिकारीहरुकाे उपस्थित रहेकाे थियाे ।