अदानचुली गाउँपालिकाको कार्यालयमा झडप हुँदा प्रहरी जवान जिवन चपाई सहित ३ जना घाइते भएका छन् ।
घाइते भएका चपाइलाई गाउँपालिकाको गाडिमा थप उपचारको लागि नेपालगञ्ज लगिएको श्रीनगर प्रहरी चौकीले जनाएको छ ।
दिउसो मदिरा सेवन गरी गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा गई तोडफोडको प्रयास गर्ने दुई जना बिशाल फडेरा र भिषण थापालाई प्रहरीले पक्राउ गरे पछि बिबाद सृजना भएको हो ।
उनिहरुलाई किन पक्राउ गराएको भन्दै गाउँपलिकाका अध्यक्षसँग ३ नम्बर वडा अध्यक्ष र ४ नम्बरका वडा अध्यक्ष सहित छलफल गर्न गएको टोलीले गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा छलफल गरी रहेको अबस्थामा एक्कासी तोडफोड गरेको भन्ने खबर पाए लगत्तै प्रहरी चौकीको टोली सम्बन्धीत स्थलमा पुगेको थियो ।
प्रहरी चौकीको टोलीलाई सुरक्षा दिनुको साँटो कुनै पनि घटना भए पछि मात्र पुग्नै भन्दै ३ नम्बर वडा अध्यक्ष डिलबहादुर फडेरा सहितको टोलीले धम्काएको र उनिहरुले नै प्रहरीको टोलीलाई हातपात गरी प्रहरी जवान जिवन चपाईको भर्खरै मात्र अप्रेशन गरेको टाँकामा चोट लागेर गम्भीर घाइते बनाए पछि अहिले उनलाई थप उपचारको लागि तल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता राजन भटराइले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार गाउँपालिकामा ढुंगा हान्नेलाई नियन्त्रणमा लिन खोज्दा माथिबाट ढुंगा हानेर सहायक प्रहरी निरिक्षक कुमार गिरीको घाटी समातेर अन्य तिन प्रहरी जवान घाइते भएको बताउनु भएको छ । स्वयम् अध्यक्षलाई नै हातपातको प्रयास भए पछि स्थीती तनाबग्रस्त भएको र कार्यकक्षामा भएका कुर्ची टेबुल जस्ता सामाग्रीहरु समेत तोडफोड भएका छन् ।
यता नेपाली काँग्रेशका निर्वाचन क्षेत्र क का उपसभापती सेबहादुर बुढालाई पनि नाकमा रगत बगेको छ घटनामा संलग्नलाई अहिले प्रहरी चौकी श्रीनगरले नियन्त्रणमा लिइ सकेको पनि बताउनु भएको छ ।
गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा भएको तोडफोड के कती भयो भनेर श्रीनगर प्रहरी चौकीको टोलीले हेरेर फर्किएको सहायक प्रहरी निरिक्षक कुमार गिरीले बताउनु भएको छ ।