अदानचुली गाउँपालिकाले स्थानीय दर रेट निर्धारण गरेको छ । अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनबिक्रम सिंहको अध्यक्षतामा बसेको बैठकले स्थानीय दर रेट निर्धारण गरीएको निमित्त प्रमुख प्रशासकिय अधिकृत समेत रहेका स्थानीय दर रेट समितिका संयोजक मेघनाथ शाहीले बताउनु भयो ।
यस अघि जिल्ला निर्धारण समितिले दक्ष श्रमीकहरुको १६५० निर्धारण गरेकोमा आगामी आर्थिक वर्षको लागि अदानचुली गाउँपालिकाले प्रतिदिन १३ सय रुपैया निर्धारण गरेको छ यसैगरी साधारण श्रमीकको प्रतिदिन ८ सय निर्धारण गरेको छ । यसै गरी आज बसेको उक्त बैठकले स्थानीय निर्माण सामाग्री र अन्य सामाग्रीहरुको पनि निर्धारण गरेको छ ।
आराले च्यातेको २ इन्ची भन्दा बाक्लो साइजको काठको भ्याट र रोयल्टी बाहेकको सल्लाको ६५ सय र देबदारको ७ हजार बनाएको छ । त्यो भन्दा पातलो काठलाई रु १।१ हजार बढाको छ । भने दैनिक दिन प्रयोग हुँने रातो माटो र सेतो माटो प्रति केजी क्रमसःरु १०।१५ निर्धारण गरीएको छ ।
यस्तै डोकाको २ सय ५० देखी ५ सय,खारेको ४ सय देखी ७ सय सम्म,सुपाको ४ सय ५० देखी ७ सय सम्म,छाप्रीको १ सय २० देखी ३ सय सम्म र गोठे मलको प्रति डोका ८० निर्धारण गरीएको छ ।
गाउँपालिकाको परामर्श तथा इन्जीनियरीङ् सेवाको लागि २ डि नक्सा तयार तथा डिजाइनको लागि २ सय २० र ३ डि लाई ३ सय राखीएको छ । तरकारीबालीमा रायो,सुइसाग,काक्रा,फर्सि जस्ता दैनिक आवश्यक पर्ने तरकारीको पनि निर्धारण गरीएको छ भने ढुवानीको दर रेट सेमत निर्धारण गरीएको छ ।
उक्त दर रेट निर्धारणमा गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया,३ नम्बरका वडा अध्यक्ष डिल बहादुर फडेरा,४ नम्बरका वडा अध्यक्ष मनरिषि माण्डे बाहेक अन्य वडा अध्यक्षहरु र क्रमचारीहरुले हस्ताक्षर गरेका छन् ।
पुरा हेर्न तल जानुहोस्