सर्केगाड गाउँपालिका साक्षर घोषणा भएको छ ।
आठ वटै वडा साक्षर घोषणा भएसगै आज पालिका साक्षर घोषणा गरेको छ । वडाको समस्टिगत फाराम २०७९।०८० अनुसार पालिकाको ९५.७४ साक्षरता प्रतिशत रहेको छ ।
पालिकामा १५ देखि ६० वर्ष उमेरको साक्षर जनसंख्या ७ हजार १ सय २४ रहेको पालिकाको साक्षर संकलन तथ्यांकमा उल्लेख रहेको छ । भने सोही उमेरको ३ सय १४ निरक्षर जनसंख्या रहेको उल्लेख गरेको छ ।
यस्तै ८ सय १० जना ६० वर्ष माथिको जनसंख्या रहेको छ । यता १३ हजार ४ सय ७६ वडाको कुल जनसख्या रहेको छ । पालिकामा जन्मे देखि १५ वर्ष भित्र उमेरको कुल जनसंख्या ५ हजार २ सय २८ रहेको छ भने १५ देखि ६० वर्ष उमेरका कुल जनसंख्या ७ हजार ४ सय ३८ रहेको छ ।
शिक्षा तथा खेलकुद साखा प्रमुख बिर्जन शाहीको अध्यक्षतामा तथा वडा न ५ का वडा अध्यक्ष एव गाउँपालिका कार्यबाहक अध्यक्ष दल बहादुर सिंहको प्रमुख आथित्यमा गाउँपालिका अगाडि खुल्ला कार्यक्रम भएको हो।
सबै वडाका वडा अध्यक्ष, राजनितीक दलका प्रमुख एव प्रतिनिधि ,नागरिक संजाल,महिला समूह साखा प्रमुख,सरकारी तथा गैर सरकारी कार्यलयका प्रमुख एवं प्रतिनिध र पालिका अन्तरगतका ३२ वटै विधालयका प्रधानाध्यापक तथा विर्धार्थीहरुको उपश्कथीती रहेको थियो । विद्यार्थीहरुले विभिन्न कलात्मक प्रतियोगिता समेत गरेका थिए ।
साक्षर घोषणा कार्यक्रमका माझ विभिन्न विधालयका विधार्थीले नित्य,देउडा र नाटकले मनोरञ्जन दिएका हुन । पालिकाका सम्पुुर्ण विधालय ८ वटै वडा र सारक्षर कार्यक्रममा सहज पुर्याउने गैर सरकारीसंस्था लाई प्रशंसा पत्र प्रदान गरेको छ ।