फेज नेपालले आफुले गरेको कामको अर्धबार्सिक सार्वजनिक सुनुवाइ गरेको छ ।
सर्केगाड गाउपालिका वडा नम्बर १ को देवल आधारभुत बिद्यालयको भबनमा फेज नेपालका सुपरभाइजर मिलन घिमिरेको संयोजकत्वमा तथा वडा सदस्य उब्जन मल्लको प्रमुख आथित्यमा आफु ६ महिना सम्म गरेका हेरक कार्यको अर्धबार्षिक सार्वजनिक सुनुवाई गरेको हो ।
फेज नेपालको आयोजनामा र अस्ट्रिया डेभलपमेन्ट एजेन्सि(ADA) को आर्थिक सहयोगमा नागरीकहरुको उपस्थितिमा सार्वजनिक सुनुवाई गरेको हो ।
संस्थाले अघिल्लो माघ देखि हालसम्म भए गरेका कामको बिबरण लगायत स्वास्थ्य,कृषी तथा बिभिन्न क्षेत्रमा गरेको कामको बिबरणहरु र २०७९ साल माघ देखि २०८० असार सम्म गरेको गतिबिधिको माध्यमबाट स्वास्थ्यमा जम्मा २ लाख ९९ हजार ५ सय सुपैयाको औषधिको लगानी गरेको छ ।
यस्तै संस्थाले गरेको कृषि तथा जिबिकोपार्जन कार्यक्रम अन्त्रगत २ लाख ८८ हजार ८ सय ५२ लगानि गरेको छ । संस्थाको स्वास्थ्य कार्यक्रमबाट सर्केगाड गाउँपालिक बाहेक अन्य जिल्ला वा अन्य गाउपालिकाबाट महिला १९५ र पुरुष १५४ गरि जम्मा ३४९ जनाले स्वास्थ्य सुबिधा लिएका छन् ।
सर्केगाड गाउपालिका वडा नम्बर १ को तुम्चमा ६ महिनामा महिला पुरुस गरि १ हजार १३ जना र जैर स्वास्थ्य चौकिमा ८ सय ६४ जनालाई निसुल्क रुपमा सेवा दिएको छ भने ३२ जना आकस्मिक सेवा,स्वास्थ्य संस्थामा सुत्केरी संख्या ११ र सो संस्थाबाट रिफर गरिएका बिरामि १ महिला र १ पुरुस रहेको संस्थाको प्रतिवेदनमा उल्लेख गरीएको छ ।
संस्थाका सर्केगाडमा बिगतका बर्ष देखिनै स्वास्थ्य तथा कृर्षि जिबिको पार्जन सम्बन्धि काम गर्दै आएको छ ।