हुम्लाको सल्लीसल्ला बजारमा टेलिकम टावरले काम नगर्दा व्यावसायिहरुले समस्या झेलि रहेका छन ।
चंखेली र सर्केगाड गाउँपालिका बिच बजारकाे रुपमा चिनिने उक्त क्षेत्रमा यस्ताे समस्या भएकाे पाईएकाे छ । दुई पालिकाकाे बिचकाे बजार रहे पनि सर्केगाडकाे क्षेत्र हो ।
त्यहाँकाे एक ठाउँ बाट मात्र सादा माेबाईलमा टावर आउने हुँदा लाइन लागेर फाेन गर्नु परेकाे सल्लीसल्लामा व्यावसाय गर्दै आउनु भएका लक्ष्मण फडेराको भनाइ छ।
सडक सञ्जाल जाेडिए सँगै सल्लीसल्लामा विभिन्न ठाउँका नागरिक हाेटेल,पसलकाे व्यावसाय गर्दै आएका छन । सर्केगाड,चंखेली अन्तरगतका बस्तीहरुका नागरिक ग्राहक बनेर पुग्ने गरेका छन । दैनिकी सामान,लत्ताकपडा, खाद्यन्न सामाग्री लगायतकाे सेवा लिन त्यँहा नागरिक पुग्ने गरेका छन ।
कर्णाली करिडोर सडक खण्डको यातायात सञ्चालनमा आएको पनि अन्तिम बिन्दु भएकाले सोही ठाउँ बाटै बाजुरा,काेलिकाेट हुँदै सुर्खेतकाे लागि यातायात सञ्चालन हुने हुँदा यात्रुकाे रुपमा पनि नागरिकको नजरमा सल्लीसल्ला केन्द्रीत हुन्छ ।
तर बाहिरबाट सहजै सम्पर्क गर्न कठिनाई भएकाे यात्रुकाे गुनासाे रहेकाे यातायात व्यावसायिक सघका अध्यक्ष गणेश शाहीले बताए । उहाँका अनुसार सल्लीसल्ला बेलिब्रिज पुलकाे सबै सामान आएकाे छ भने कर्णाली वारपार देबाल तयार भएकाे छ । पुल बने लगतै सल्लीसल्लाबाट सिदै सर्केगाड भएर जिल्ला तिर जान सकिने भएकाे बताउनु भएकाे छ ।
तर सरकारको नजरमा नरेर हो या आवश्यकता महशुस नभएर हो थाहा छैन बजार ठुलो छ पछिल्लो समय हुम्लाकै ब्यापारिक केन्द्र बनेको भए पनि फो गर्नको लागि लाइन बसेर पालो कुर्नै पर्ने अवस्था रहेका ब्यवषायीहरुको गुनासो छ ।