सिमकोट । आजबाट जिल्ला प्रहरी कार्यालय, हुम्लाले जिल्लावासीको घरघरमा स्टिकर टाँस्ने अभियान सुचारु गरेको छ ।
प्रहरी र नागरिकबीच प्रत्यक्ष सम्बन्ध कायम गर्न र सूचनाको पहुँचलाई सहज रुपमा प्रत्याभुती गर्न यो अभियान प्रहरीले आइतबारबाट स्टिीकर टाँस अभियान सुरु गरेको हो ।
प्रहरीले जिल्लाको सदरकुकाम समेत रहेको सिमकोट गाउँपालिकाको वडा नम्बर ५ को काठेचुली चोकका पदमबहादुर रावतको घरबाट स्टिीकर टाँसेर स्टिीकर टाँस अभियानको सुरुवात गरेको छ ।
आईतबार बिहानबाट सु गरेको अभियान जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माको हातबाट स्टिीकर टास्ने अभियान सुरु गरेका हो ।
स्टिीकर अभियान टास्ने क्रममा प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले सुरक्षित कणर्ाली विशेष अभियान, २०८० अभियान अन्तर्गत हुम्लामा यो कार्यक्रम सुरु गरिएको बताउनु भयो ।
यस अभियानबाट कुनै पनि नागरिकले प्रहरीसँग प्रत्यक्ष रूपमा सम्पर्क गर्ने विश्वास प्रहरीले गरेकोे छ ।
आज बाट टाँसिएको उत्त स्टिकरमा प्रहरीको टोल फ्री नम्बर, सूचना अधिकारीको नम्बर र जिल्ला प्रहरी कार्यालयको फोन नम्बर राखिएको छ ।
आ देखी नागरिकले कुनै घटना भए सिधा यी नम्बरमा सम्पर्क गरेर प्रहरीलाई जानकारी दिन सक्ने भएका छन ।
प्रहरी नायब उपरिक्षक भट्टराईले छोटो समयमा नागरिकबाट प्रहरीले घटनाको जानकारी पाउँदा समयमै प्रहरी घटनास्थल तर्फ पुग सहयोग पुग्ने बतानु भएको छ ।
उत्त अभियानमा जिल्ला समन्पय समिति प्रमुख शिबराज शर्मा,सिमकोट गाउँपालिका अध्यक्ष बिजय भण्डारी,प्रमुख जिल्ला अधिकारी श्रनाथ पौडेल,जिल्ला स्थित संञ्चारकर्मीको समेत उपस्थि रहेको थियो ।