हुम्ला । तिन दिन देखी प्रसव व्यथा लागेर थलिएकी हुम्लाको ताँजाकोट ३ कि मल्लकोे आज हेलिकप्टरबाट उद्धार गरेर थप उपचारका लागि सुर्खेत लगिएको छ ।
ताँजाकोट गाउँपालिका ३ रामा गाउँकी १९ वर्षीया मनपुरा मल्ललाई ३ दिन देखी सुत्केरी व्यथा लागेर थलिएपछि थप उपचारका लागि सुर्खेत लगिएको हो ।
मल्ललाई ब्याथा लागे देखि स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्दा पनि सुत्केरी हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको स्वास्थ्य शााख प्रमुख धनराज ढकालले जानकारी दिनुभएको छ ।
“स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत कालागाउँ लगिएको हो । सुत्केरी व्यथा लागेको तिन दिनसम्म पनि सुत्केरी हुन नसकेका कारणले सुर्खेत रिफर गरिएको जिल्ला अपस्ताल हुम्लाका सिनिअर अनमि सरिता बोहोराले बताउनु भएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिने सरकारको ब्याबस्था अनुसार उद्धार गरिएको हो । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यविधि अनुसार हवाई उद्धार भइरहेको छ ।
कार्यविधिमा धेरै दिन प्रसव व्यथा लागेको, बच्चा जन्माउन कठिनाइ भएको, गर्भमै बच्चाको मुत्यु भएको, गर्भवती अवस्थामा अत्यधिक शरीर सुन्निएको, सुत्केरीपश्चात् अत्यधिक रक्तस्राव भएको, रक्तअल्पता भएको, स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवतीलाई हवाई उद्धार गर्ने गरिएको छ ।
हमालको उद्धारका लागि ताजाँकोट गाउँपालिका स्वास्थ्य शाखा,जिल्ला अस्पताल हुम्ला र जिल्ला प्रसासन कार्यलयले पहल गरेको हो ।
आज उद्धार गरिएकी हमालको स्वास्थ्य अबस्था अहिले भने सामान्य रहेको र थप औषधी पनि गर्नु नपर्ने कुनै पनि अप्रेसन गर्न नपर्ने भएको सिनिअर अनमि बोहाराले बताउनु भयो ।
बिरामी महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।