सिमकोट । हुम्लाका ठुला चार राजनीतिक दलले संयुत्त पत्रकार सम्मेलन गरेका छन । आईतबार सिमकोटमा अबस्थित मानसरोवर होटलमा (बिकाश र बिचारको राजनीति गरौ,प्रतिशोध र प्रतिरोध होईन,स्वस्थ प्रतिशप्रधा गरौ भन्ने मुल नाराकासाथ नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संयुत्त पत्रकार सम्मेलन गरेका हुन ।
आइतबार नोपाली कांग्रेस जिल्ला कार्य समिति कार्यवाहक सभापती कैलाश भण्डारीको अध्यक्षतामा,नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष डबल रावत,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सचिव धर्मराज बाहोरा,राप्रपा जिल्ला अध्यक्ष बिकाश महत संगै जिल्ला सदरमुकाम स्थित संचारकर्मीहरुको उपस्थितमा पत्रकार सम्मेलन गरिएको नेकपा एमाले जिल्ला कमिटि सचिव तिर्थराज बोहोराले बताए ।
जिल्लामा राजनीतिक संस्कार,सामाजिकिकरण बिकासी संस्कार र सुशासनको अभिबृद्धि गर्ने उदेश्यका साथ चार दल एकै ठाउँमा भएका हुन ।
निर्वाचनका बेला पार्टी फरक फरक ठाउँमा भए पनि समग्र जिल्लाको बिकास र शुसाशनका लागी सबै दल एकै ठाउँमा भई आफ्नो भुमिका निर्वाह गर्ने बताइएको छ ।
उत्त पत्रकार सम्मेलनबाट जिल्लाका स्थानिय तहबाट बिकाशमा बेथिति भई रहेकाले सबै क्षेत्रमा यस्तो अबलमबनको अन्त्य गर्न राजनीतिक सर्बदलिय संयन्त्रको आबाश्यक रहेको नेताहरुले बताए ।
सम्मेलनमा निकलिएको पत्र बितरण पछि बिभिन्न बिषयमा पत्रकारहरुले प्रश्न गरेका हुन । उत्त प्रश्न उठाइएका बिषयको जवाफ नेपाली कांग्रेस हुम्ला जिल्ला उपसभापति बसन्त रोकाया संगै सबै नेताहरुले आ आफ्नो तर्क दिएका हुन ।
जिल्लामा बिकासका लागी राजनितिक दलको टुलो भुमिका रहेकालेनै जिल्लाको बिकासका निम्ति सबै दलएकै ठाउँमा रहीआबाश्यक कदमी अगाडी बढाउन आबश्यक रहेको बेला यस्तो गरीएको हो ।
आधुनिक युगमा दलीय व्यवस्था लोकतन्त्रको सफलताका लागि आवश्यक छ । यसले सेवा सञ्चालनका साथै जनता र सरकार विच समन्वय कायम गर्छ । वर्तमानमा दलीय पद्धतिको समधन र विरोध समान रुपमा भएको पाईन्छ । यहाँको सामाजिक, आर्थिक, राजनीतिक एवं सांस्कृतिक संरचनालाई गतिशिल बनाउन राजनीतिक दल उपयोगी हुन्छन । वर्तमानमा बहुदलीय पद्धती प्रति जनचाहाना बढेको र यसले सबै विचारधाराहरुलाई समन्वय गरी समयानुकुल अगाडी वढ्न सक्ने क्षमता राख्दछ ।
हुम्ला सुन्दर र सम्भावनाले भरीपूर्ण जिल्ला हो । यहाँका राजनीतिक दलको क्षमता, गतिविधि र दुरदृष्टिको आधारमा जिल्लाको विकास, निकास र सु-शासनका साथै राष्ट्रिय राजनीतिमा प्रभाव पर्दछ । जनताको धारणा, विश्वास र मनोवृति के कस्तो बनाउने र वदल्ने कार्यमा प्रत्यक्ष अप्रत्यक्ष दलको भूमिका हुन्छ । समाज आधुनिकीकरणका साथै सहकार्य, सहअस्तित्व, सहमति र सहयोगी राजनीतिक संस्कार हुनुपर्छ ।
लोकतान्त्रिक शासन व्यवस्था र राजनीतिक परिवर्तनहरुमा दलहरुको महत्व छ । राजनीतिक व्यवस्थालाई कार्यरुप दिन र जनमानसमा राजनीतिक चेतना अभिवृद्धि गर्न राजनीतिक दलको त्यतिकै आवश्यकता छ । राजनीतिक संयन्त्रले यसलाई एक मत दिन्छ । विगतमा सर्वदलीय संयन्त्रको अभ्यास विकास, निकास, समन्वय र सहजताको लागि भएको पाईन्छ । वर्तमान अवस्थामा सर्वदलीय संयन्त्र के, किन, कहिले, कसलाई, कसरी भन्ने प्रश्नहरु छन। यसको उद्देश्य र औचित्य स्पष्ट पार्न जरुरी छ ।
२. उद्देश्यः
राजनीतिक संस्कार, सामाजिकीकरण, विकासी संस्कार र सुशासनको अभिवृद्धि गर्ने ।
३. औचित्य:
क) सहमति, समन्वय, सहकार्य, सहअस्तित्व र ससम्मानको राजनीतिक वातावरण सृर्जना गरी भातृत्व र सहिष्णुताको भावना विकास गर्न ।
ख) विकास र सुशासनबारे खवरदारी र पैरवी गर्न ।
ग) आफ्नो राम्रो, अर्काको नराम्रो भन्ने मनोभावना हटाई व्यक्तिगत कामकुरालाई राजनीतिकरण हुनवाट रोक्न ।
(घ) प्रतिशोध र प्रतिरोधको राजनीति नगरी प्रतिस्पधांको राजनीति गर्न ।
ड) दल र दलका नेताप्रति आएको वितृष्णा र भ्रम हटाउन ।
जिल्लाको शान्ति सुरक्षा र सेवा प्रवाहमा साथ दिन सरकार जनता विचको पुल बनी सहजीकरण गर्न
डरको होइन, भरको राजनैतिक वातावरण सृर्जना गरी मेलमिलापको नीतिलाई प्राथमिकता दिन
४. क्रियाकलापः
क महिनाको दुई पटक सर्वदलीय बैठक बस्ने ।
ख विकास, सुशासन र सेवा प्रवाह बारे छलफल, बहस र पैरवी गर्ने ।
ग) जनमानसमा राजनीतिक चेतना अभिवृद्धि गर्न र सकरात्मक धारणा विकास गर्न कार्यक्रमहरु गर्ने ।
घ) स्थानीय स्तरमा सर्वदलीय संयन्त्र बनाउने ।
ङ जिल्लाको समग्र विकास र निकासको लागि भेला, गोष्ठी, कार्यक्रम आयोजना गर्न सक्ने ।
५. निष्कर्ष:
समयानुकुल समाज परिवर्तन गर्न र दलिय भूमिका प्रभावकारी बनाउन आवश्यक छ । हुम्लाको विकास र जनताको सेवाको लागि कुशल नागरिक र असल राजनीतिक दल बनाउनु हाम्रो दायित्व हो । यसमा चुनौती र अवसर भए पनि साझा प्रयासवाट यो कार्य सम्भव छ । सुन्दर र समृद्धशाली हुम्ला निर्माण हाम्रो परिकल्पना र प्रतिवद्धता हो । तसर्थ, सर्वदलीय संयन्त्र वर्तमान आवश्यकता हो ।
पत्र