हुम्लाको मध्य भागमा रहेको सर्केगाड गाउँपालिकाको केन्द्रमै बृहत संरचनासहितको क्याम्पस बन्ने भएकाे छ।
वि सं २०६० सालमा स्थापना भएको हिमज्योति बहुमुखी क्याम्पस तत्कालीन अबस्थामा क्याम्पसको पठन पाठन लगायत अन्य क्रियाकलापहरु हिमज्योती माबि संगको सहकार्यमा हुँदै आइरहेको थियो।
८९८० वर्गमिटर क्षेत्रफलमा फैलिएको यो क्याम्पस बजारबाट टाढा र सुन्दर, शान्त वातावरण हाल निर्माणाधीन अवस्थामा छ।
विगतका दुखहरु र मिहेनतको पृष्ठभूमिबाट ठुलो पाठ सिकेको र दिगो विकासको संरचनामा सुविधायुक्त भवन, गुणस्तरीय शिक्षा र शान्त वातावरणमा क्याम्पसको जग बसालेको सोही क्याम्पसका क्याम्पस प्रमुख नेत्र हमालले बताउनु भयो ।
समग्र क्याम्पसको विकासका लागि हुम्लाका पूर्व सामाजिक मन्त्री तथा संसद दल रावलले प्रदेश सांसद कोषबाट ७५ लाख रुपैयाँ विनियोजन गरी उक्त रकमबाट हाल २२५ वटा ग्याबिन तार सहित ९०/४५ को खेल मैदानको धमाधम काम भैरहेको र सोही रकमबाट क्याम्पसलाई चाहिने कम्प्यूटर प्रोजेक्टर सिसी क्यामेरा जस्ता सूचना प्राविधिकका सबै सामग्रीहरु र अन्य दराज, सोफा, टेबल लगायतका फर्निचर व्यवस्थापनका सामग्रीहरू खरिद गरि क्याम्पसमा पुगिसकेको सोहि क्याम्पसका सूचना तथा प्रशासकीय अधिकृत श्री बहादुर शाहीले बताउनु भयो ।
उनले तत्काल क्याम्पसको एउटा भवन बनिसकेको र क्याम्पसलाई नै धान्न सक्ने १२ वटा सोलार प्यानल सहितको विद्युतीय उपकरणहरू खरिद गरिसकेको बताए। हाल हिमज्योति बहुमुखी सामुदायिक क्याम्पसमा करिब २३८ जना विद्यार्थीहरु रहेका छन्।
मानविकी र व्यवस्थापन गरि दुई वटा संकायमा अध्ययन भैरहेकाे र शिक्षक कर्मचारीहरूको पारिश्रमिकको व्यवस्था सर्केगाड गाउँपालिका र विश्व विद्यालय अनुदानबाट व्यवस्थापन हुँदै आइरहेको छ।
उक्त्त क्याम्पसबाट पढेका विद्यार्थीहरु हाल नेपाल सरकारको विभिन्न पोष्टहरुमा अग्रसर छन्। अबको केही महिनाबाट नियमित कक्षाको सञ्चालन गर्ने र समग्र शिक्षा क्षेत्रको बिकासको लागि यहाँको समुदाय, सरकारी तथा गैरसरकारी संघसंस्था, बौद्धिक वर्ग, सरोकारवाला, चिन्तन र चासो भएका व्यक्ति विशेष एकजुट भई सहकार्य, सहमति र सहअस्तित्वको भावनाका साथ साझा मुद्दाको उठान गरेमा निकट भविष्यमै उक्त क्याम्पस एउटा नमुना क्याम्पस रुपमा सु-परिचित हुने क्याम्पस प्रमुख नेत्र हमालले बताउनु भयो ।