अदानचुली गाउँपालिकाको जिन्सी निरिक्षण प्रतिवेदन समितिले गाउँपालिकालाई प्रतिबेदन पेश गरेको छ ।
गाउँपालिकाका स्वास्थ्य संयाजक समेत रहेका समितिका संयोजक हंस महताराले आज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई जिन्सी प्रतिबेदन बुझाएको बताउनु भयो ।
गाउँपालिका भित्र रहेका गाउँपालिकाका अध्यक्ष,उपाध्यक्षको कार्यकक्ष सहित ६ वटै वडा र शाँखाहरुमा भएका बिभिन्न जिन्सी सामाग्रीहरुको निरिक्षण गरी सो अनुसारको प्रतिबेदन बुझाएको समितिका संयोजक हंस महताराले बताउनु भयो ।
गाउँपालिकाले अषाढ ३१ गते गरेको परपत्र अनुसार गाउँपालिकामा भएका सबै जिन्सी सामाग्रीहरुको निरिक्षण गरी गाउँपालिकामा बुझाउनको लागि स्वास्थ्य संयोजक हंस महताराको संयोजकत्वमा प्रशासन शाँखा प्रमुख अर्जुन शाह र रोजगार सेवा केन्द्रका प्राबिधिक जयराम छत्याल समितिका सदस्य रहने गरी ३ सदस्यीय जिन्सिी निरिक्षण प्रतिबेदन समिति गठन गरेको थियो । उक्त समितिले आज प्रतिबेदन गाउँपालिकामा पेश गरेको प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीले बताए ।
आज पेश गरीएको प्रतिबेदन अनुसार चालु आव भन्दा अगाडी खरीद गरीएका सामाग्रीहरुमा ल्यापटप २३ वटा,डेसटप १० वटा,घुम्ने कुर्ची १६ वटा,स्टील दराज ३२ वटा र उडेन दराज ५ वटा थिए भने उडेन बाकस १,पलास्टीक कुर्ची १ सय ७६,वाइफाई सेट ८ वटा,सोफासेट १५ वटा,टि टेबल २,स्क्यानर,प्रोजेक्टर र डिजिटल नोटीस बोर्ड १।१ वटा रहेका थिए । फोल्डीङ कुर्ची ५ वटा र पिन्टर २४ वटा रहेका थिए ।
भने चालु आर्थिक वर्षमा ल्यापटप १३ वटा,घुम्ने कुर्ची १६ वटा,दराज ७ वटा,हार्डडिक्स ४ वटा,१५ वटा मोबाइल र कि बोर्ड माउस ४ वटा खरीद गरीएको उल्लेख गरीएको छ ।
कुन शाँखा र वडामा के कती छ ?