कवाडीमा रहेको टेलीफोन टावरले काम गर्न छोडपछि स्थानीय सेवाग्राहीलाई समस्या भएको छ ।
ताँजाकोट गाउँपालिका वडा नम्वर १ स्थित कवडी वजारमा विगत लामो समयदेखि नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो । टेलीफोन टावरले काम गर्न छोडेपछि सो क्षेत्रका स्थानयि डाँडा काडाँ धाउन बाध्य भएका छन ।
कवाडी बजारका व्यापारी फोन सम्पर्क गर्न पसल अगाडि मोबाइल डोरीले बाधेर झुन्ड्यार फोन गर्न बाध्यता भएको छ । बजारको आसपासका ठाउँमा मोबाइलमा टावर आउने भएपनि राम्रोसँग नसुन्ने हुँदा फोन गर्ने समस्या भएको हो ।
कवाडी बजारका स्थानीय व्यापारीहरु टेलिफोन टावर बिहिन भएपछि टावर समस्या पर्दा एक अर्कामा कुराकानी गर्न समेत सकस भएको छ । कवाडी बजार क्षेत्रमा २ सय सम्म होटेल पसल गरेर स्थानीय व्यापारी देखि जिल्ला बाहिरका मान्छेहरु व्यवसाय गरेर बसेका छ्न । उनलाई आफ्नो घर तथा छिमेकीलाई फोन सम्पर्क गर्न पनि मुस्किल हुने गरेको छ ।
बजार आसपासका क्षेत्रमा टेलिफोन टावर राम्रोसँग नाउने हुँदा फोनको समस्या एकदमै गाह्रो अवस्थामा रहेका छ । विशेषगरी कवाडी बजारमा रहेकोे व्यापारी सहित स्थानीयलाई राहत भन्दा पनि टेलिफोन टावर निर्माण गरी सञ्चालन ल्याए धेरै राम्रो हुने व्यवसाय गर्दै आएका हरी बहादुर कार्कीले बताउनुभयो । बजारबाट हिडेर फोन गर्न टाढा गएर फोन सम्पर्क गर्नु बाध्यता रहेकोे छ । सबै भन्दा स्थानीय सरकारले टेलिफोन टावरको विषय छिटो पहल गरिदिएको भय व्यापारीलाई राम्रो हुने व्यापारी कार्कीको भनाई छ ।
टेलिफोन टावरको समस्या हुँदा व्यवसायी पसल बाहिर राखेर फोनमा कुराकानी हुने गरेको छ । घर तथा पसल भित्र मोबाइल राखे भने मोबाइल सेटमा टावर नआउने हुँदा मोबाईल घर बाहिर राखेर फोन गर्नुपर्ने समस्या रहेकोे छ । आफूले चाहेर मात्र फोन सम्पर्क हुने बाहिर कतै ठाउँबाट फोन सम्पर्क गर्न खोज्दा नलाग्ने गरेको दयनीय अवस्था रहेकोे छ ।
उक्त क्षेत्रको पुलपारी बाजुरा क्षेत्रमा दुर्गम तिर पर्ने भएकाले त्यहाँका क्रमचारीहरु दुर्गम भत्ता पाउँदैनन् भने हुम्लाको क्षेत्र अर्थात पुलवारीकाले दुर्गम भत्ता पाउने गर्दछन् उनिहरुमा भने फोन नेटवर्कमा समानता छ किनकी दुबै क्षेत्रमा नेटवर्कले काम पनि गर्दैन त्यहाँ नेताहरुले पनि पहल गर्दैनन् ।
बाजुरा क्षेत्रमा हीमाली गाउँपालिकाका बासिन्दाहरु छन् भने हुम्लाको ताँजाकोट गाउँपालिकाका नागरीकहरु बजार ब्यबषय गरीरहेका छन् ।