हुम्ला । क्षतीको बिवरण हेर्न सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुबेदी सहितको टोली हेल्रिक्पटर मार्फत रिप जाने भनिएता पनि अन्ततः सेनानी दिनेश खड्काकाे टाेली स्थलगत अनुगमनमा गएकाे छ ।
स्थलमार्गबाट गएको टोली पहिरोले बाटो मै रोके पछि बाढी पहिरो प्रभावित क्षेत्रमा सेनानी दिनेश खड्काको नेतृत्वमा पत्रकारमहसंघका अध्यक्ष राजन रावत, सर्केगाड गाउपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत नर रावत र ससस्त्र प्रहरीका डिएसपी कुन्जन स्थलमार्गबाट गएको टोली पहिरोले बाटो मै रोके पछि बाढी पहिरो प्रभावित क्षेत्रमा सेनानी दिनेश खड्काको नेतृत्वमा पत्रकारमहसंघका अध्यक्ष राजन रावत, सर्केगाड गाउपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत नर रावत र ससस्त्र प्रहरीका डिएसपी कुन्जन प्रताप मल्लसहित ४ जनाको माउण्टेन एयरको हेलीकप्टरबाट हवाई अनुगमन गरेर फर्किएको छ ।
शुक्रबार रातिको ठूलो वर्षासँगै माथिबाट आएको पहिरोले मानबियक्षति नभए पनि पुल-पुलेसा, खेतबारी, बिजुली, सडक, खानेपानी र घट्ट र अन्नबालीको ठुलो क्षति भएको पत्रकार महसंघ हुम्लाका अध्यक्ष राजन रावतले बताएका छन् । मल्लसहित ४ जनाको माउण्टेन एयरको हेलीकप्टरबाट हवाई अनुगमन गरेर फर्किएको छ ।
शुक्रबार रातिको ठूलो वर्षासँगै माथिबाट आएको पहिरोले मानबियक्षति नभए पनि पुल-पुलेसा, खेतबारी, बिजुली, सडक, खानेपानी र घट्ट र अन्नबालीको ठुलो क्षति भएको पत्रकार महसंघ हुम्लाका अध्यक्ष राजन रावतले बताएका छन् ।
शुत्रबार रातीको बर्षाले जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउंपालिका वडा नम्बर २ को रिपमा ठुलो क्षेती भएको भन्दै अपरान्ह ५ बजे सिमकोटबाट हेलिक्पटर मार्फत उत्त क्षेत्र गएको हो । उत्त टोलीमा नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावत लगायतको टोली रहेको बुझिएको छ ।
उक्त क्षेत्रमा करिब ३ सय घरदुरी रहेको सिंगो गाउँनै जोखिममा रहेको वडा अध्यक्ष सिद्ध कार्कीले बताउनु भएको छ । उत्त गाउँको वरीपरी पहिरो गए पछि खानेपानि बत्ती लगायत ठप्प भएका हुन ।
उत्त बिषयलाई लिएर जिल्ला सदरमुकाम स्थित रिप गाउँ निवासीले क्षतीको अनुगमन गरी पिडितलाई उद्धार गर्न भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन ।
निरन्तरको अविल बर्षातको कारणले सर्केगाड गाँउपालिका वडा नम्बर २ स्थित रिप गाँउमा बाढी र पहिरोले ठुलो मात्रामा बालीनालीको विनास तथा क्षति पुर्याई जनजिवन लाई अस्त व्यस्त तुल्याएको छ ।
करिब ३०० घरपरिवार रहेको रिप गाँउ पहिरोको उच्च जोखिममा रहेको भनि राज्यले विभिन्न समयमा उक्त ठाँउमा घटेका घटनका आधारमा उच्च पहिरो जोखिम क्षेत्रको रुपमा घोषणा गरेको सर्वविदितै रहेको उत्त ज्ञापन पत्रमा भनिएको छ ।
१२ गते रातीको अविरल बर्षातले उत्त गाउँको पान्लोटी, जिल्लु चौकी र लेख आसपासको भुभाग बाट पहिरो खसी कुडिल्ला देखि घाट सम्मको करिव ५० हजार हेक्टर कृषि क्षेत्र र नाउलाखोला, कालझाड खोला लगायत आवास क्षेत्रमा व्यापक क्षेति भएको हो ।
त्यस्तै जिलु देखि कुडिल्ला हुदै घरजिउला सम्मको करिब ३ हजार हेक्टर घडेरी जमिनमा क्षति पुगेको छ । त्यस्तै रिपगाडको खोलाको पुल, रिपगाड़ खोला जलविद्युत, लिप्ने खोला पुल पुर्णरुपमा क्षति भई आवातजावतमा व्यापक समस्या आएको देखिन्छ । त्यस्तै खानेपानी, सञ्चार, शिक्षामा पुर्ण अवरोध सृजना भई जनजिवन समेत प्रभावित भएको छ ।
बाढी र पहिरोको भयका कारण पुरै गाँउबासी हरु त्रसदी पुर्ण जिवन व्यतित गर्नु परिरहेको छ । उक्त बाढी र पहिरो नियमित रुपमा गइरहेको हुदाँ संघ, प्रदेश र स्थानीय तहका सरकारहरु लाई हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत राहत, क्षतिपुर्ति र उद्दारका कार्यहरू अविलम्ब रूपमा संचालन गरी पिडितहरुको घाउमा मलमपट्टी लगाउन माग गर्दै प्रजिअ श्रीनाथ पौडेल समक्षा ज्ञापन पत्र पेश गरेका हुन ।
उत्त क्षेत्र जोखिम भएको खबर प्राप्त भए लगत्तै सबै ठाउँबाट सुरक्षाकर्मीको टोली उत्त क्षेत्रमा प्रस्थान गरेका छन । प्रहरी निरीक्षक राजन भट्टराईको नेतृत्वमा ३० जनाको प्रहरी, लप्टन पवन पन्तको नेतृत्वमा २५ जना र ससस्त्र प्रहरी निरिक्षक पप्पु यादबको नेतृत्वमा १५ जना सशस्त्र प्रहरी गरि ७० जना बिहान सदरमुकाम सिमकोटबाट पहिरोको अनुगमन र पीडितहरुको उद्धारमा गएको जिल्ला प्रहरी कार्यलय हुम्लाले जनाएको छ ।
उत्त क्षेतीको बिबरण हेर्नका लागि कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री सहितको टोली आउने भने पनि सहायक जिल्ला अधिकारी अमृत प्रसाद सुबेदी नेतृत्वको टोली सिमकोटबाट हेलिक्पटरमा उत्त क्षेत्र तिर गएको बुझिएको छ ।
जिल्लाभर क्षती
बर्षाका कारण जिल्लामा ठुलो क्षती भएको छ । मनसुनी वायु प्राणालीले जिल्लामा प्रबेश गरे संगै सुरु भएको बर्षाका कारण जिल्लाका अधिकांश ठाउमा क्षती भएको हो । जिल्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ गोप्काको ठुलामा बाढी आउदा फलामे पुल सहित परम्परागत शैलिका ३ वटा पानी घट्ट समेत बगाएको छ ।
उत्त स्थानमा २ महिना अगाडी मात्र कन्जरबेशन डेप्लोमेण्ट एसोसिएसनले निर्माण गरेको फलामे पुल समेत बगाएको स्थानिय धर्मराज बुढाले जानकारी दिनु भएको छ । उहाका अनुसार उत्त क्षेत्रबाट सर्केगाड ७ र ८ राहदेउ रोडिकोट जाने मुल बाटो समेत ठप्प भएको हो ।
मध्य क्षेत्रको सर्केगाड गाउँपवालिका वडा नम्बर ८ को राहदेउ, ३ को उनापानीमा तातोपानि क्षेत्रको काठे पुल समेत बगाएको छ भने अन्य स्थानमा पनि ठुलो क्षती भएको पाइएको छ । शुक्रबार रातिको ठूलो वर्षासँगै माथिबाट आएको पहिरोले पुल–पुलेसा, खेतबारी, बिजुली, घर, सडक, खानेपानी र घट्टहरुमा क्षति पु¥याएको स्थानीयले बताएका हुन ।
उत्त क्षेत्रको राहदेउमा पुल–पुलेसा, घट्ट, काठेपुल र खेतबारी संगै लगाइएको बाली समेत बगाएकोे छ ।
यस्तै जिल्लाको तल्लो क्षेत्र अदानचुली गाउँपालिकाको वडा नम्बर २ स्थितखलसेरा बस्ति पनि पहिरोको उच्च जोखिममा रहेको पाइएको छ ।
उत्त क्षेत्रमा मसिनो माटो भएकाले धेरै बर्षा जमिन भासिने गरेको स्थानिय हरुले बताएका छन ।
जिल्लाको दक्षिणी क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिको पनि धेरै स्थानमा पहिरो गएको पाइएको छ । उत्त स्थानका खोलामा पानिको बहाब उच्च भए पछि थप समस्या भएको स्थानिय जैबिर बोगटीले जानकारी दिनुभएको छ ।