हुम्ला । आर्थिक वर्ष २०७९।०८० को स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय बार्षिक प्रगति समिक्षा गाष्ठी सुरु भएको छ । सिमकोट गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुको एक वर्षको अवधिमा भए गरेका प्रगति तथा प्रतिवेदनको समिक्षा कार्यक्रम सन्चालन भएको हो ।
सिमकोट गाउँपाकिला स्वास्थ्य शाखाको आयोजामा दुईदिन आज र भोलिसम्म सन्चालन हुने उक्त कार्यक्रमहरुको प्रगति समिक्षा सुरु भएको शाखाका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले बताउनु भएको छ ।
उहाँका अनुसार आर्थिक वर्ष सम्पन्न भए लगतै एक वर्षभरिको कुन स्वास्थय संस्थाको प्रगति, उपलव्धी के कति छ भन्दै गोष्ठि सन्चालन गरिएको हो । सिमकोट गाउँपालिका भित्र रहेका जम्मा १२ वटा स्वास्थ्य संस्थामा आज पहिलो दिन आठवटा स्वास्थ्य संस्थाहरुको प्रगति तथा उपलव्धी विवरण प्रस्तुत गरिएको थियो ।
जसमा प्रस्तुत गरिएका संस्था मध्ये अधिकांसमा नेट इन्टरनेट, खाने पानी, सौचालय, सोलार र केही आषधिको अभाव हुनुका साथै भौतिक संरचानाको समेत अभाव भएको समिक्षा गोष्ठिमा जानकारी भएको थियो ।
जसमा केही संस्थाको भने उल्लेखनीय प्रगति विवरण प्रस्तुत भएको भए पनि कुनैको भने पर्याप्त विवरण संकलन नगरेको पाईएको छ ।
सिमकोट गाउँपालिका उपाध्यक्ष सुशिला रोकायाको अध्यक्षतामा सन्चालन भएको समिक्षा गाष्ठिमा सिमकोट गाउँपालिका भित्रका आठवटै वडाका वडाध्यक्ष, स्वास्थ्यकर्मी रसन्चारकर्मीहरुको सहभागिता रहेको थियो । भोलि चारवटा स्वास्थ्य संस्थाको समिक्षा हुदै सम्पन्न गरिने भएको संयोजक भण्डारीको भनाई रहेको छ ।
समिक्ष गाृष्ठीमा स्वास्थ्य संस्थाले शाखालाई नियमित पठाउनुपर्ने रिपोर्टिङ, गरिएका सिर्जनात्मक कार्य, भोगिएका समस्या र त्यसको समाधानका लागि चालिएका कदमबारे पनि प्रत्येक स्वास्थ्य संस्थाले आफ्नो प्रस्तुतीमा उल्लेख गरेका छन।
समीक्षा कार्यक्रममा प्रस्तुत गरेका स्वास्थ्य संस्थालाई सुझाव पनि दिइएको छ। गाउँपालिकामा बाह्र वटा स्वास्थ्य संस्था रहेकामा पहिलो दिन आठ वटा समीक्षा कार्यक्रम गरिएको छ।
जसमा दोजाम आधारभूत स्वास्थ्य सेवा केन्द्र, कुम्लिक सामुदायिक स्वास्थ्य एकाइ, बरगाउँ स्वास्थ्य चौकी, बुराउने सामुदायिक स्वास्थ्य केन्द्र, हिल्दुम सामुदायिक स्वास्थ्य एकाइ, माथिल्लो गाउँ आधारभूत स्वास्थ्य केन्द्र, खोल्सी सामुदायिक स्वास्थ्य एकाइ र स्याँडा स्वास्थ्य चौकी छन्।
गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले शुक्रवार चार वटा स्वास्थ्य संस्था, स्वास्थ्य सेवा कार्यालय, सहयोगी निकाय र गाउँपालिकाले आफ्नो प्रस्तुति गर्ने बताए। उनले भएका कामको जानकारीका साथै स्वास्थ्य सेवा प्रभावकारी बनाउन समीक्षा कार्यक्रम प्रभावकारी रहेको बताएका छन।