सिमकोट । नेपाल नागरिक उड्यान प्राधिकरण केन्द्रले गरेको निर्णयले हुम्लामा खाद्यान्नको अभाव हुने संकेत देखिएको छ । गत दुई हप्तादेनि प्राधिकरणले देशका एउटा साइटबाट मात्रै हवाई उडान गर्ने विमान स्थलका लागि दिउसो साढे १२ वजेदेखि पछि हवाई उडानमा रोक लगाएपछि जिल्लामा खाद्यान्न ढुवानीमा समस्या हुने भएको हो ।
जिल्ला बाहिर नेपालगन्ज र सुर्खेतबाट हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्वर ४ को दुल्लु कुनासम्म आएको खाद्यान्न समेत ढुवानीमा प्रभाव परेको नेपाल खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाका कार्यालय प्रमुख कृष्ण प्रसाद अधिकारीले बताउनु भएको छ ।
प्रमुख अधिकारीका अनुसार सदरमुकाम सिमकोट शाखाका लागि सर्केगाडमा ढुवानी भएको १ हजार ५ सय क्वीन्टल खाद्यान्न हाल दुल्लु कुनामे थन्कीएको छ । साढे १२ वजेदेखि कुनै पनि हवाई उडानको अनुमति नभएपछि सदरमुकाम सिमकोटबाट उडान भर्दै आएका दुईवटा हेलिकप्टर समेत थन्कीएका छन् ।
सो ठाउँमा यतिखेर ९ सय क्वीन्टल जिरा स्टिम र ६ सय क्वीन्टल सोना मन्सुली चामल थन्कीएको छ । माउण्टेन र फिस्टेल हेलिकप्टरले दैनिकदिन कम्तीमा पनि २५ पटक भन्दा बढि ढुवानी गर्ने गरेका थिए । तर यतिवेला एउटाले दुई पटक भन्दा बढी खाद्यान्न ढवानी गर्न नसकेको प्रमुख अधिकारीको भनाई रहेको छ ।
हेलिकप्टरले एक पटकमा ६ क्वीन्टल खाद्यान्न ढुवानी गर्दै आएको छ ।
विहान भरि मौषम खरावी हुने र साढ १२ वजेपछि माषम खुले पनि उडान अनुमति बन्द हुने भएका कारण हुम्लका स्थानीय नागरिक पत्यक्ष रुपमा मारमा परेका छन् । जसका कारण भदौ १ गतेदेखि विक्रि वितरण हुने भनिएको खाद्यान्न समेत अर्को सुचना जारी नहुँदासम्मका लागि स्थगित भएको शाखा प्रमुख अधिकारीले जानकारी दिनु भयो । सममै खाद्यान्न ढुवानी नभएकै कारण स्थानीय नागरिक खाद्यान्न पाउनबाट बन्चित हुने भएका छन् ।
प्राधिकरणले गरेको निर्णयले हुम्लाको सदरमुकाम सिमकोटमा समेत दैनिक उपभोग्य बस्तुको अभाव भएको छ । भएको सामग्रिको पनि दोव्वर मुल्यमा विक्रि हुने गरेको छ । उक्त सामग्रिको मुल्य दोव्वर हुँदा यहाँका उपभोक्ता समेत ठगिदै गएको र समयै उपलव्ध नहुँदा मारमा परेका छन् ।
यसै गरि जिल्ला बाहिर झर्ने र आउने यात्रु समेत प्रभावित हुदै गएका छन् । गाउँबाट आएको एक हप्ता भन्दा बढि भई सक्दा पनि यात्रुले सहजै रुपमा जिल्ला बाहिर झर्न पाएका छैनन् । हिमाली जिल्ला हुम्ला भौगालिक हिसावले विकट मानिदै आएको छ । यहाँ नत राष्ट्रिय सडक सञ्जालले छोएको छ नत समयमै हवाई उडानको अनुमति छ ।
जसका कारण हुम्लाका विरामीहरु पनि सुविधा सम्पन्न अस्पताल नपुग्दै ज्यान गुमाउनु पर्ने बाध्यता छ । सो विषयमा हालसम्म पनि कोही कसैले सुनुवाई नगरेको स्थानीयले गुनासो गरेका छन् ।