सिमकोट । नेकपा एमालेको भात्री संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यसनियन (अनेरास्वबियु) ले हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल नागरीक उड्यान प्राधिकरणलाई ज्ञापन पत्र पेश गरेको छ ।
नेपाल नागरीक उड्यान प्राधिकरणको १२ बजे भन्दा पछि उडान भर्न नदिने निर्णय खारेजिको माग गर्दै आइतबार प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल मार्फत नेपाल नागरीक उड्यान प्राधिकरणलाई ज्ञापन पत्र पेश गरिएको हो । अनेरास्वबियुका केन्द्रिय सदस्य समेत रहेका हुम्ला जिल्ला इन्चार्ज छक्क लामाले जिल्ला प्राशासन कार्यलयमा गई प्रमुख जिल्ला अधिकारी मार्फत प्राधिकरणको ध्यानाकर्षण गराउन ज्ञापन पत्र पेश गरिएको इन्चार्ज लामाले बताउनु भएको छ ।
नागरीकउड्यान प्राधिकरणले देशभरका एक तर्फी रनवय भएका बिमानस्थलमा दिउसो १२ बजे भन्दा पछि कुनै पनि उडान नभर्ने निर्णयको बिरोध गर्दै तत्काल खोरज गर्न ज्ञापन पत्र पेश गरिएको हो ।
नागरीक उड्यान प्राधिकरणको उत्त नियमका कारण हिमाली जिल्लाका नागरीकले सास्थी खेपिरहनु परेको छ ।
अहिले पनि १२ बजे भन्दा अगाडी सिमकोटको मौसम नखुल्नाले बजारमा दैनिक उपभोग्य बस्तुको समेत अभाब हुन थालेको छ । जिल्ला अस्पतालले रिफर गरिएको बिरामी समेत थला परिरहेका छन । उत्त समस्याको मध्यनजर गर्दै अनेरास्वबियुले आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रेश बिज्ञप्ती पेश गरेको हो ।
उत्त बिज्ञाप्तीमा नेपाली विद्यार्थी आन्दोलनको नेतृत्व गरिरहेको देशकै सर्वाधिक शक्तिशालि र लोकप्रिय संगठन अनेरास्ववियु राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र रुपान्तरणको आन्दोलनमा अग्र मोर्चामा रहि शैक्षिक परिवर्तनको लाखौ लाख विद्यार्थीहरुका आस्था र धरोहर केन्द्र भएको जनाउँदै अनेरास्ववियु स्थापना काल देखिनै शैक्षिक बिकृति, विसंगति, शैक्षिक व्यापारिकरणको बिरुद्ध र नागरिक हक अधिकारका सवालमा आवाज बुलन्ध गर्दै क्रियाशिल रहेको जनाएको छ ।
केहि दिन अघि मात्र नागरिक उड्यान प्राधिकरणले दिनको १२ः०० बजे पछि हवाई उडान गर्न नपाईने निर्णय प्रति अनेरोस्वबिउले घोर आपत्ति जनाएको छ । देशको ७७ वटै जिल्ला मध्यको एक मात्र सडक सञ्जालले नजोडिएको जिल्ला हुम्ला यस जिल्लामा यातायातको माध्यम भनेको हवाई सेवा मार्फत हुने गरेको छ ।
हिमालि जिल्ला भएका कारणले विहान देखि १२ः०० बजे सम्म मौसम खुल्न समय लाग्ने भन्दै प्राधिकरणको ध्यानाकर्षण गराएको हो ।
यो समस्या प्रत्यक्ष नागरिकहरु संग जोडिएको समस्या भएकाले दुर्गमलाई झनै दुर्गम बनाउन खोजिएको बिज्ञाप्तीमा मार्फत आरोप लागाएको छ । अनेरास्वबिउले यो समस्यालाई तत्काल समाधान गर्न जिल्ला प्रशासन हुम्ला मार्फत नागरिक उड्यान प्राधिकरण लाई ध्यानाकर्षण गराएको छ ।
अनेरास्वबियुले जिल्ला प्राशासन कार्यलय संगै नेपाल नागरीक उड्यान प्राधिकरण हुम्ला शाखालाई समेत प्रेस बिज्ञप्ती बुझाएको छ ।
प्रेस बिज्ञप्ती